तोलामा तीन सयले घट्यो सुनको मूल्य
बिहीबार, साउन ३, २०८१
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला डेढ लाख नजिक
बुधबार, साउन २, २०८१
बुधबार नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार प्रतितोलामा दुुई हजार रुपैयाँले बढेर उच्च रेकर्ड कायम गरेको हो ।
पेट्रोल डिजेल र मट्टितेलको मूल्य बढ्यो
मंगलबार, साउन १, २०८१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगम सञ्चालन समितिको सोमबारको बैठकले नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।
लुम्बिनी प्रदेश सरकारको खर्च ६६ प्रतिशत मात्र
मंगलबार, साउन १, २०८१
चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले ६६ दशमलव १४ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारले चालु आवमा चालुतर्फ १७ अर्ब २२ करोड २७ लाख ९९ हजार विनियोजन गरेकोमा १० अर्ब ७४ करोड २७ लाख ९३ हजार तीन सय ५५ खर्च भएको छ ।
नविलको ‘द नविल ढुक्क घर कर्जा’ योजना
शनिबार, असार २९, २०८१
नविल बैंकले आफ्ना ग्राहकहरुका लागि नयाँ योजना ल्याएको छ । बैंकले ‘द नविल ढुक्क घर कर्जा’ योजना ल्याएको हो ।
४१ औँ वर्ष प्रवेशको अवसरमा बैंकले योजना सार्वजनिक गरेको छ ।
नेप्से दोहोरो अंकले बढ्यो
सोमबार, असार २४, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । यो साता कारोबारको पहिलो दिन आइतबार २१ दशमलव २७ प्रतिशतले नेप्से बढेको हो ।
सुनको मूल्य बढ्यो
बुधबार, असार १९, २०८१
सुुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा ४ सय रूपैयाँ र चाँदी तोलामा २० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग
मंगलबार, असार १८, २०८१
पूर्वखोला गाउँपालिका–६ हेक्लाङका अग्निपीडित छ परिवारलाई प्रवासी नेपालीले सहयोग गरेका छन् । हङकङमा रहेका नेपालीले हङकङ मगर सङ्घ र पाल्पा श्रीनगर समाजले रु दुई लाख ३० हजार नगद सङ्कलन गरेर पीडितलाई प्रदान गरेका हुन् ।
इन्धनको मूल्य बढ्यो
सोमबार, असार १७, २०८१
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोल लिटरमा २ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ बढाइएको हो ।
नेप्से १४ दशमलव ८३ अंकले घट्यो
आइतबार, असार १६, २०८१
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक १४ दशमलव ८३ अंकले घटेरर बन्द भएको हो ।
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित
बुधबार, असार १२, २०८१
लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बुधबारको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।
ब्लड बैंक सञ्चालनका लागि पाल्पाली समाज पोखराको २ लाख २९ हजार सहयोग
मंगलबार, असार ११, २०८१
पाल्पामा ब्लड बैंक सञ्चालनका लागि पाल्पाली समाज पोखराले २ लाख २९ हजार सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र स्थापनार्थ ‘हाम्रो ब्लड बैंक हामी बनाउछौं’ भन्ने महाअभियानलाई सफल बनाउन समाजले सो रकम सहयोग गरेको हो ।
बुटवल उपमहानगरपालिकाले ल्यायो २ अर्ब ९९ करोडको बजेट
सोमबार, असार १०, २०८१
बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा आगामी आर्थिक वर्षको लागि उक्त रकमको बजेट ल्याएकी हुन् ।


