Shittalpati
मायादेवी मन्दिरमा एक करोड बढी भेटी संकलन
मायादेवी मन्दिरमा एक करोड बढी भेटी संकलन बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा दानबापत एक करोड बढी भेटी संकलन भएको छ । मन्दिरमा राखिएका दानपेटिकाबाट एक करोड छ लाख ४० हजार भेटी संकलन भएको हो  ।
सहकारी अभियानमा सुशासन र सुदृढीकरणलाई आत्मसाथ गरौं ः  अध्यक्ष ढकाल
सहकारी अभियानमा सुशासन र सुदृढीकरणलाई आत्मसाथ गरौं ः अध्यक्ष ढकाल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी अभियानमा सुशासन र सुदृढीकरणलाई आत्मसाथ गर्नु पर्ने बताएका छन्  ।
नौ कम्पनीसँग स्पष्टीकरण माग
नौ कम्पनीसँग स्पष्टीकरण माग सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै विभिन्न नौवटा निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।
आगलागी पीडितलाई पाल्पा ग्याँस डिलर्स संघको पहलमा सहयोग
आगलागी पीडितलाई पाल्पा ग्याँस डिलर्स संघको पहलमा सहयोग तानसेनका एक आगलागी पीडितलाई पाल्पा ग्याँस डिलर्स संघको पहलमा आर्थिक सहयोग जुटेको छ ।  तानसेनको बर्तुङ्गमा होटल व्यवसायी गर्दै आएका दुर्गाबहादुर श्रेष्ठलाई संघको पहलमा आरती ग्यास उद्योग प्रालिले आर्थिक सहयोग गरेको हो ।
सिजी सिमेन्ट उद्योग र स्थानीयबीच टकराव बढ्दै
सिजी सिमेन्ट उद्योग र स्थानीयबीच टकराव बढ्दै केहि समययता पाल्पामा सञ्चालित सिजी सिमेन्ट उद्योग र स्थानीय बिच विवाद बढ्दै गएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–२ सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगले स्थानीयका सामान्य माग सम्बोधन नगरी जबर्जस्ती ढंगले काम गर्न खोजेपछि उद्योग र स्थानीयबीचको टकराव बढ्दै गएको हो ।
बालकुमारी घटना : मृतकका परिवारलाई दश लाख राहत
बालकुमारी घटना : मृतकका परिवारलाई दश लाख राहत ललितपुरको बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई युवकका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले घटनामा मृत्यु भएका दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई प्रति परिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेश सरकारको बजेट ९ प्रतिशत मात्रै खर्च
लुम्बिनी प्रदेश सरकारको बजेट ९ प्रतिशत मात्रै खर्च लुम्बिनी प्रदेश सरकारको हालको बजेट खर्चको अवस्थालाई हेर्दा सन्तोषजनक देखिदैन । चालु आर्थिक वर्षको ४ महिनाको अवस्थालाई हेर्दा यहाँको बजेट खर्चको अवस्था निराशजनक देखिएको हो ।
तम्घासमा खाद्यको शाखा कार्यालय
तम्घासमा खाद्यको शाखा कार्यालय गुल्मीको सदरमुकाम तम्घासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय  सञ्चालनमा ल्याइएको छ । मुल्य अनुसारको गुणस्तरीय खाद्यान्न उपयोगको सुनिश्चितताका लागि जिल्लाको रेसुङ्गा नगरपालिकास्थित तम्घासमा  खाद्यको शाखा सञ्चालनमा ल्याइएको हो ।
यामाहाको नयाँ मोडेल बजारमा
यामाहाको नयाँ मोडेल बजारमा नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले यामाहाको नयाँ मोडेलको स्कुटर रे जेडआर १२५ एफआई  स्ट्रिट र्‍याली हाइब्रिड नेपाली बजारमा ल्याएको छ । कम्पनीले ‘मेट कपर’ र ‘स्पार्कल ग्रिन’ रङहरूमा ‘मोटरसाइकल–स्कुटर’ इभोलुसनको अवधारणासँग मेल खाने नयाँ मोडेल बजारमा ल्याएको हो ।
सिजी सिमेन्ट उद्योगको प्रदूषणले स्थानीय मर्कामा
सिजी सिमेन्ट उद्योगको प्रदूषणले स्थानीय मर्कामा पहाड रित्याउँदै दैनिक हजारौ टन चुनढुङ्गा र क्लिङ्कर खपत गर्ने जिल्लाको रैनादेवी छहरा गाउँपालिका–२ सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगले न स्थानीयलाई रोजगारीमा महत्व दिएको छ न त उद्योगका कारणले पर्ने वातावरणीय प्रभावका बारेमा केहि सम्बोधन नै गरेको छ ।
बैवाहिक वर्ष गाँठमा गरिने खर्चबाट असहायलाई न्यानो कपडा
बैवाहिक वर्ष गाँठमा गरिने खर्चबाट असहायलाई न्यानो कपडा तानसेनमा एक जोडीले आफ्नो बैवाहिक वर्ष गाँठमा गरिने खर्चबाट असहायलाई न्यानो कपडा सहयोग गरेका छन् । लायन्स  क्लब  अफ  रानीमहल क्लब पाल्पाका  कोषाध्यक्ष  विष्णु पौडेल  र सर्मीला पौडेलले आफ्नो बैवाहिक वर्ष गाँठमा गरिने फजुल खर्च कटाए तानसेनस्थित निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रमका असहायका लागि न्यानो कपडा सहयोग...
पाल्पाको सिजी सिमेन्ट उद्योगमा स्थानीयले लगाए ताला, शनिबारदेखि काम ठप्प
पाल्पाको सिजी सिमेन्ट उद्योगमा स्थानीयले लगाए ताला, शनिबारदेखि काम ठप्प जिल्लाको रैनादेवी छहरा गाउँपालिका–२ सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगमा ताला लागेको छ । उद्योगले धूलोधूवा गराएको, तीब्र गतिमा टिपर चलाएको, जथाभावी फोहोर गरेको, वातावरणीय प्रदुषण बढाएको भन्दै स्थानीयले शनिबारदेखि उद्योगमा ताला लगाएका हुन् ।
Weather Update