Shittalpati
पाल्पामा मतदान अधिकृतलाई तालिम
पाल्पामा मतदान अधिकृतलाई तालिम मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा जगेडा कर्मचारीहरुलाई तालिम प्रदान गरी मतदान केन्द्रमा पठाउने तयारी गरेको छ । जिल्लाका १० वटै पालिकामा खटिने कर्मचारीलाई तालिम प्रदान गरेर केन्द्रमा पठाउने तयारी भएको हो ।
पाल्पामा चुनाव अवधिभर मदिरा बिक्री वितरणमा रोक
पाल्पामा चुनाव अवधिभर मदिरा बिक्री वितरणमा रोक जिल्ला प्रशासन कार्यालय पाल्पाले शुक्रबारदेखि लागु हुनेगरी जिल्लाभर पूर्णरूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी यहाँ मदिरा बिक्री वितरणमा रोक लगाइएको हो ।
‘मतदान केन्द्र अपाङ्गमैत्री बनाउनुपर्ने माग’
‘मतदान केन्द्र अपाङ्गमैत्री बनाउनुपर्ने माग’ मतदान केन्द्रहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका मतदाताहरूलाई निकै समस्या हुने गरेको छ । विगतका मतदानहरूमा पनि निकै समस्या भोग्नुपरेको भन्दै आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा मतदान केन्द्रहरू अपाङ्गमैत्री हुनुपर्ने राप्ती बहिरा सङ्घ दाङका अध्यक्ष अजय शर्माले बताए । टेबलहरू अग्ला हुँदा होचा व्यक्तिहरूले मदतान गर्न नै गाह्रो हुने...
निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह प्रेस काउन्सिल नेपालका सदस्य केशव शरण लामिछानेले निर्वाचन आचारसंहिता भित्र रहेर समाचार प्रकाशन र प्रसारण गर्न आग्रह गरेका छन् ।
होलीलाई मर्यादित बनाउन गुल्मी प्रशासनको आग्रह
होलीलाई मर्यादित बनाउन गुल्मी प्रशासनको आग्रह जिल्ला प्रशासन कार्यालय गुल्मीले होली (फागुपूर्णिमा) लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित रङग नदल्न आग्रह गरेका छन् ।
विश्व गैरसरकारी संस्था दिवस मनाइँदै
विश्व गैरसरकारी संस्था दिवस मनाइँदै विश्व गैरसरकारी संस्था दिवस आज विश्वभर मनाइँदै छ । गैरसरकारी संघसंस्थालाई समाज विकासमा थप हौसला दिन संयुक्त राष्ट्रसंघ (यूएनओ)ले  हरेक वर्षको २७ फेब्रुअरीमा यो दिवस मनाउने गरेको हो ।
कृषि उत्पादन बढाउन बगनासकालीमा कृषि मेला 
कृषि उत्पादन बढाउन बगनासकालीमा कृषि मेला  जिल्लाको बगनासकाली गाउँपालिकाले गाउँपालिकास्तरीय कृषि मेला प्रदर्शनी गरेको छ । उसले कृषकहरूलाई व्यावसायिक उत्पादनतर्फ प्रोत्साहित गर्ने, स्थानीय रैथाने बालीको संरक्षण गर्ने र कृषकको मेहनतलाई सम्मान गर्ने उद्देश्यले कृषि मेला गरेको हो ।
‘स्वच्छ र  निष्पक्ष निर्वाचनका लागि पत्रकारको भूमिका महत्वपूर्ण’ 
‘स्वच्छ र  निष्पक्ष निर्वाचनका लागि पत्रकारको भूमिका महत्वपूर्ण’  पाल्पाकी प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुवँरले निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । मंगलबार जिल्ला निर्वाचन कार्यालय पाल्पाले  आयोजना गरेको मतदाता शिक्षा एवं निर्वाचन प्रचार–प्रसारका लागि पत्रकारहरुसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन...
सोम प्रसाद पाण्डेयले पाल्पा –२ का लागि सार्वजनिक गरे  २५ बुँदे प्रतिबद्धता पत्र
सोम प्रसाद पाण्डेयले पाल्पा –२ का लागि सार्वजनिक गरे  २५ बुँदे प्रतिबद्धता पत्र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सोम प्रसाद पाण्डेयले पाल्पा क्षेत्र नं. २ लाई केन्द्रीत गरी २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।  सोमबार तानसेनमा पत्रकार सम्मेलन गरी उनले तानसेनलाई ऐतिहासिक र पर्यटकीय आकर्षणको केन्द्र बनाउनुका साथै शिक्षा, स्वास्थ्य र कृषिमार्फत रोजगारी सिर्जना गर्ने मुख्य लक्ष्यसहित प्रतिबद्धतापत्र ल्याएका हुन् ।
संविधान संशोधन आवश्यक छ : अध्यक्ष यादव
संविधान संशोधन आवश्यक छ : अध्यक्ष यादव जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।
बालबालिकामा इन्टरनेटको प्रभाव : अभिभावकलाई स्वास्थ्य, शिक्षाका विषयमा चिन्ता
बालबालिकामा इन्टरनेटको प्रभाव : अभिभावकलाई स्वास्थ्य, शिक्षाका विषयमा चिन्ता पछिल्लो समय प्रविधिको विकास भएसँगै मोबाइल फोन र इन्टरनेटको पहुँच गाउँगाउँसम्म विस्तार हुँदै गएको छ । स्मार्टफोन र इन्टरनेटको प्रयोग गर्दै हुर्किरहेका अहिलेका बालबालिकामा यसको सकारात्मकभन्दा बढी नकारात्म प्रभा पर्दै जान थालेको विज्ञहरू बताउँछन् ।
पाल्पामा उच्च सुरक्षा सतर्कता :  नमुना मतदान  र सुरक्षा अभ्यास
पाल्पामा उच्च सुरक्षा सतर्कता : नमुना मतदान  र सुरक्षा अभ्यास आसन्न प्रतिनिधिसभा निर्वाचनलाई  लक्षित गरी पा पाल्पामा उच्च सर्तकता अपनाईको छ । निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन नमुना मतदान र मतदान केन्द्रको सुरक्षा अभ्यास गराउँदै यहाँ उच्च सुरक्षा सर्तकता अपनाइएको हो ।
Weather Update