Shittalpati
तानसेनमा अपाङ्गता भएका स्रष्टासँग सिर्जना वाचन
तानसेनमा अपाङ्गता भएका स्रष्टासँग सिर्जना वाचन जिल्लाको तानसेनमा अपाङ्गता भएका स्रष्टाहरुसँगै सिर्जना वाचन कार्यक्रम गरिएको छ । पाल्पा साहित्य समाजको आयोजनामा तानसेनको काजीपौवास्थित सर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रमा सिर्जना कार्यक्रम गरिएको हो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको जीवनभोगाइ, पीडा, संघर्ष तथा आत्मबल झल्काउने कविता, गीत, गजल र मुक्तक प्रस्तुत गरिएका थिए ।
लायन्स पदाधिकारीहरुलाई पाल्पामा प्रशिक्षण
लायन्स पदाधिकारीहरुलाई पाल्पामा प्रशिक्षण सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ डि ले लायन्स पदाधिकारीहरुको लागि पाल्पामा प्रशिक्षण सञ्चालन गरेको छ । वर्ष २०२६/२०२७ का लागि निर्वाचित डिष्ट्रिक गर्भनर लायन योगराज कंडेल शर्माले मनोनित गरेका पदाधिकारीहरुका लागि  पाल्पाको तानसेनमा दुई दिने प्रशिक्षण सञ्चालन गरिएको हो ।  
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता बढेको गर्मी छल्न धमाधम विद्यालय बन्द गर्दैछन् । पछिल्लोपटक गौशाला नगर कार्यपालिकाको कार्यालयले आजदेखि आउने सोमबारसम्म नगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
पाल्पासहित बाह्र जिल्लाका सिडिओको सरुवा, को कहाँ ?
पाल्पासहित बाह्र जिल्लाका सिडिओको सरुवा, को कहाँ ? गृह मन्त्रालयले  पाल्पासहित बाह्र जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) र छ सहसचिवको  सरुवा गरेको छ । एक वर्ष अवधि पुगेका सिडिओहरूको जिम्मेवारी हेरफेर गरिएको मन्त्रालयले जनाएको छ ।
आज विश्व वातावरण दिवस मनाइँदै
आज विश्व वातावरण दिवस मनाइँदै आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन ५ मा यो दिवस विश्वभर मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष आजकै दिन यो दिवस मनाउने गरिएको हो ।
‘विद्यालयमा संसद अभ्यास’ 
‘विद्यालयमा संसद अभ्यास’  एउटा ठूलो हल (संसद) छ । त्यही हलमा सभामुख र उपसभामुखको प्रवेश हुन्छ । सांसदहरु आ–आफ्नो ठाउँबाट उठ्छन् ।
भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै
भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइदैं छ । देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो ।
वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै
वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीबाट माथि नचढेकामा अब फेरि तापक्रम विस्तारै उकालो लाग्ने भएको छ । आजबाटै वर्षा कम भएकाले...
सडकमै खाए, सडकमै रमाए
सडकमै खाए, सडकमै रमाए तानसेनबासीले सडक महोत्सवको अवसरमा सडकमै खाने, सडकमै गाउने र नाच्ने गरेर रमाएका छन् । तानसेनको भीमसेनटोलमा आयोजना गरिएको सडक  खाना महोत्सवमा जिल्ला भित्र तथा बाहिरका पर्यटकहरुले सडकमै नाचगान सहित खाजाका परिकार खाएर सडक महोत्सव मनाए ।
आज विश्व बुवाआमा दिवस मनाइँदै
आज विश्व बुवाआमा दिवस मनाइँदै आज विश्वभर विभिन्न कार्यक्रमका साथ विश्व बुवाआमा दिवस मनाइँदै छ । परिवार र समाजमा बुवा–आमाले पु¥याएको योगदानको सम्मान गर्दै यो दिवस मनाउने गरिन्छ । सन् २०१२ को संयुक्त राष्ट्र संघको महासभाले विश्वभरिका आमाबुवालाई केन्द्रित गर्दै हरेक वर्ष जुन १ लाई आमाबुवा दिवसका रूपमा मनाउने घोषणा गरे अनुरुप दिवस मनाउने गरिएको...
विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै
विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै आज विश्वभर विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै छ । प्रत्येक वर्ष मे ३१ मा मनाइने यस दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको सेवनबाट हुने स्वास्थ्य जोखिमबारे जनचेतना फैलाउनु तथा सुर्ती नियन्त्रणका प्रयासलाई सुदृढ बनाउनु हो ।
सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि
सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि सरकारले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै हाल खाईपाई आएको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि भई ग्रेडसहित न्यूनतम पारिश्रमिक रु ४० हजारदेखि रु एक लाखमाथि कायम हुनेगरी तलब वृद्धि गरेको बताए ।
Weather Update