आज कुष्माण्डा नवमी पर्व
बिहीबार, कात्तिक १३, २०८२
पोखराथोक साहित्य संगमले मनायो रजत जयन्ती
मंगलबार, कात्तिक ११, २०८२
जिल्लाको साहित्यिक क्षेत्रमा सक्रिय पोखराथोक साहित्य संगमले रजत जयन्ती मनाएको छ । संगमले एक औपचारिक कार्यक्रम गरी रजत जयन्ती मनाएको हो ।
लेक लागेर तीर्थालुको मृत्यु
सोमबार, कात्तिक १०, २०८२
मुस्ताङमा लेक लागेर एक जना तीर्थालुको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका–१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन् ।
अझै पाँच हजार कैदी कारागार बाहिरै
सोमबार, कात्तिक १०, २०८२
‘जेनजी’ प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये अझै करिब पाँच हजार कैदी फरार छन् । प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौवटा बाल सुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५४९ बन्दी भागेका थिए ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाइँदै
सोमबार, कात्तिक ३, २०८२
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्णऔंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौं डिल्लीबजारमा भएको थियो ।
यस्तो रहनेछ तिहारमा मौसम
आइतबार, कात्तिक २, २०८२
नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भूभागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले उल्लेखनीय रूपमा मौसम प्रणालीको प्रभाव नपरे पनि पश्चिमी वायुका कारण पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने जनाएको छ ।
पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट
आइतबार, कात्तिक २, २०८२
जिल्लाको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण बन्दै गएको छ । यहाँबाट दाङका सम्पूर्ण भूभागसहित सिस्ने हिमाल, पुथा हिमाल, माछापुच्छ्रेसहितका विभिन्न हिमालहरू देखिने भएकाले पनि पर्यटक आउन थालेका छन् । त्यत्तिमात्र होइन, राजाकोटबाट बबई, राप्ती नदी, बाँकेका विभिन्न भूभागको अवलोकन पनि गर्न सकिन्छ ।
सकियो स्वास्थ्य संस्थाहरुको समीक्षा, कार्यसम्पादनमा पूर्वखोला प्रथम
शनिबार, कात्तिक १, २०८२
दुई दिनसम्म जिल्लाको तानसेनमा सञ्चालित स्वास्थ्य संस्थाहरुको वार्षिक समीक्षा गोष्ठी सकिएको छ । विहिबारदेखि जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालित कार्यक्रमहरुको समीक्षासँगै चालु आर्थिक वर्षको कार्ययोजना निर्माण गरी गोष्ठी सकिएको हो ।
पन्ध्र शैयाका दुई आधारभूत अस्पताल सञ्चालनमा
शनिबार, कात्तिक १, २०८२
देशभरमा नै १५ शैयाका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ शैयाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् ।
हामी समाज रुपान्तरणको अभियानमा छौं : सांसद राना
शुक्रबार, असोज ३१, २०८२
लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले समाज रुपान्तरण अहिलेको आवश्यकता रहेको भन्दै आफुहरु सोही अभियानमा लागेको बताएका छन् ।
आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै
शुक्रबार, असोज ३१, २०८२
अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयूक्त राष्ट्रसंघको आÞवानमा सन् १९९३ बाट प्रत्येक वर्ष अक्टोबर १७ लाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका रुपमा मनाउन थालिएको हो ।
रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान
बिहीबार, असोज ३०, २०८२
गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षीत क्षेत्र दुर्लभ चराहरुको मुख्य आश्रयस्थल बन्दै गएको छ ।
जनतालाई आशावादी बनाउने कसले ?
बिहीबार, असोज ३०, २०८२
जनताको साशन व्यवस्था गणतन्त्र र राज्यको नयाँ सरचनाको नाममा देश हित विपरीत राज्य स्रोतको दोहनको श्रृखला चलेको करीब दुई दशक पुरा भएको छ । सो अवधिमा विकासको बाधक मानिएको राजतन्त्र शाशन व्यवस्थामा जस्तो पनि जनता र देशले न्याय र एकता पाउन सकेको देखिदैन् ।


