Shittalpati
गणेश सहकारीको १३ औँ साधारण सभा तथा पाँचौँ अधिवेशन
गणेश सहकारीको १३ औँ साधारण सभा तथा पाँचौँ अधिवेशन तानसेनस्थित गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ। सहकारीले शुक्रबार तानसेनमा औपचारिक कार्यक्रम आयोजना गरी साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको हो ।
तानसेन सम्पदा संरक्षण समाजको अध्यक्षमा न्यौपाने 
तानसेन सम्पदा संरक्षण समाजको अध्यक्षमा न्यौपाने  तानसेन सम्पदा संरक्षण समाजको  अध्यक्षमा पदमराज न्यौपाने सर्वसम्मत चयन भएका छन् । तानसेनको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको समाजको प्रथम अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति  चयन गरेको हो ।  
गणेश सहकारीको अध्यक्षमा पुनः गाहा
गणेश सहकारीको अध्यक्षमा पुनः गाहा गणेश बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः विष्णु बहादुर गाहा निर्वाचित भएका छन् । सहकारीको शुक्रबार तानसेनमा भएको अधिवेशनले गाहालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
पाल्पाको अर्चलेमा अत्यधिक वर्षा
पाल्पाको अर्चलेमा अत्यधिक वर्षा गएको २४ घण्टामा सबैभन्दा बढी पानी पाल्पाको अर्चलेमा २०५.२ मिलिमिटर परेको छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १ः१५ बजे एक अलर्ट जारी गर्दै यस्तो जानकारी दिएको हो ।
आज विश्व फार्मासिस्ट दिवस
आज विश्व फार्मासिस्ट दिवस विश्वभर आज विश्व फार्मासिस्ट दिवस मनाइँदैछ । प्रत्येक वर्ष सेप्टेम्बर २५ मा औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोगमा फार्मासिस्टको भूमिकाबारे जनचेतना फैलाउँदै यो दिवस मनाउने गरिन्छ ।
भारी वर्षाको चेतावनीपछि पाल्पाका विद्यालय बन्द
भारी वर्षाको चेतावनीपछि पाल्पाका विद्यालय बन्द जल तथा मौसम विज्ञान विभागले भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउन आग्रह गरेपछि जिल्लाका स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा
लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशमा पनि भारी वर्षा भएको छ ।
भोटेकोशी बाढीपीडितका लागि पाल्पाका स्थानीय तहले एक करोड ७१ लाख सहयोग गर्ने
भोटेकोशी बाढीपीडितका लागि पाल्पाका स्थानीय तहले एक करोड ७१ लाख सहयोग गर्ने भोटेकोशी बाढीबाट प्रभावितका नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि यहाँका स्थानीय तहले एक करोड ७१ लाख ३ सय १७ रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् ।
बाढीमा बेपत्ता न्यौपानेको कुशको शव बनाएर दाहसंस्कार
बाढीमा बेपत्ता न्यौपानेको कुशको शव बनाएर दाहसंस्कार रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका बगनासकाली गाउँपालिका–५,  दर्लमडाँडाका किशोर न्यौपाने क्षेत्रीको बुधबार कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।
तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह नेपालमा ९ देखि ११ असोज सम्म भारी वर्षाको सम्भावना रहेकाले मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन् । उत्तर अन्डमन सागर र आसपासका क्षेत्रमा बनिरहेको न्यूनचापीय प्रणाली थप बलियो बन्दै उत्तर–पश्चिम दिशातिर सर्ने देखिएको र यसले ल्याउनसक्ने अवस्था गम्भीर हुने भएकाले सतर्क रहन उनीहरूको आग्रह हुन्  ।
डुम्रे सहकारीको साधारण सभा तथा अधिवेशन,  अध्यक्षमा पुनः ठकुरी
डुम्रे सहकारीको साधारण सभा तथा अधिवेशन,  अध्यक्षमा पुनः ठकुरी जिल्लाको तिनाउ गाउँपालिका –६ स्थित डुम्रे दुग्ध कृषि सहकारी संस्था लिमिटेडले साधारण सभा तथा  अधिवेशन गरेको छ । सहकारीले एक औपचारिक कार्यक्रमका बिच ३३ औं साधारण सभा तथा १० औं अधिवेशन गरेको हो ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी स्वर्णिमलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी स्वर्णिमलाई प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ ।  प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन मंगलबार साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् ।
Weather Update