कोरियन भाषा परीक्षा आजदेखि सुरु
सोमबार, फागुन ७, २०८०
तनहुँमा जीप दुर्घटना : एकजनाको मृत्यु, सात घाइते
आइतबार, फागुन ६, २०८०
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा शनिबार राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।
बैंङ्किङ कसूर तथा सजाय विधेयकमाथि छलफल
आइतबार, फागुन ६, २०८०
तिनिधिसभाको आजको बैठकले ‘बैंङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आजको बैठकमा यस्तो प्रस्ताव पेश गरेका थिए ।
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘क्याथल्याब’ मेसिन बल्ल उपयोगमा आयो
शनिबार, फागुन ५, २०८०
लुम्बिनी प्रादेशिक अस्पतालमा डेढ वर्षदेखि थन्काइएका मुटुसँग सम्बन्धित उपकरणको बल्ल सदुपयोग भएको छ । अस्पतालको कोठामा थन्किएका करोडौँ मूल्यका ‘क्याथ ल्याब मेसिन’बाट बिरामीको उपचार सुरुआत गरिएको छ ।
कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि
बिहीबार, फागुन ३, २०८०
ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ ।
अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जनाको उद्धार
बिहीबार, फागुन ३, २०८०
जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ ।
कपिलवस्तु बस दुर्घटना अपडेट: दश जना मृतकको सनाखत
बिहीबार, फागुन ३, २०८०
कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाको पहिचान खुलेको छ ।
कपिलवस्तु बस दुर्घटना १० जनाको मृत्यु, ३० घाइते
बिहीबार, फागुन ३, २०८०
कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान सडकबाट दुई सय मिटर तल खसेको थियो ।
एसिसी महिला प्रिमियर लिग क्रिकेट : कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा
बुधबार, फागुन २, २०८०
कुवेतलाई हराउँदै नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले कुवेतलाई आठ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रबाट हुने आम्दानी स्थानीय विकासमा लगाउन माग
बुधबार, फागुन २, २०८०
बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको भेटीलगायतबाट हुने आम्दानीको आधा हिस्सा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई प्रदान गर्न माग गरिइएको छ ।
पशु विज्ञानमा विद्यार्थीको आकर्षण
बुधबार, फागुन २, २०८०
कुनै समय विद्यार्थी भरिभराउ हुने बागलुङ सदरमुकाम नजिकै रहेको धौलागिरि वीरेन्द्र माध्यामिक विद्यालय एक दशकअघि विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको थियो । निजी विद्यालयप्रतिको बढ्दो आकर्षणका कारण उक्त विद्यार्थी सङ्ख्या घटेपछि विद्यालयमा विसं २०७३ देखि प्राविधिक धारतर्फको अध्यापन सुरु गरियो ।
तिनाउमा शोक बिदा, मृतकका परिवारलाई जनही ३५ हजार
बुधबार, फागुन २, २०८०
पाल्पाको तिनाउ गाउँपालिकामा मङ्गलबार साँझ यात्रुबाहक जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । मृतक १० मध्ये आठ जनाको घटनास्थलमा र दुुई जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्युु भएको हो ।
अझै २० प्रतिशत गरिबीको रेखामुनि
मंगलबार, फागुन १, २०८०
नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारी लगायत कारणबाट अपेक्षित रुपमा गरिबीको दर घट्न नसकेको उल्लेख छ ।

