Shittalpati
रम्भा गाउँ सरकारको सार्वजनिक सुनुवाई
रम्भा गाउँ सरकारको सार्वजनिक सुनुवाई जिल्लाको रम्भा गाउँ सरकारले सार्वजनिक सुनुवाई गरेको छ । उसले सहयात्रा विकास केन्द्र नेपालको सहजीकरणमा आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्मको कार्यक्रम, योजना र सेवा प्रवाहका विषयमा सार्वजनिक सुनुवाई गरेको हो ।
तानसेनमा खानेपानी नआएपछि धर्नामा उपभोक्ता
तानसेनमा खानेपानी नआएपछि धर्नामा उपभोक्ता तानसेनमा खानेपानी उपभोक्ता आन्दोलित भएका छन् । १५ दिनदेखि घर–घरमा पानी नआएपछि उनीहरु आन्दोलित भएका हुन् । उपभोक्ताहरु घरमा दुई हप्ता भन्दा बढी हुँदा समेत धारामा पानी नआएपछि बुुधबारदेखि शान्तिपूर्ण आन्दोलन स्वरुप धर्नामा बसेका छन् । टोल –टोलबाट स्थानीय उपभोक्ताहरु तानसेन खानेपानी उपभोक्ता समितिको कार्यालयमै गई धर्नामा बसेका छन् ।...
बल्ल बन्ने भयो सिद्धबाबामा सुरूङमार्ग
बल्ल बन्ने भयो सिद्धबाबामा सुरूङमार्ग सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्र पहिरोका कारण अति जोखिमपूर्ण मानिन्छ । हरेक मौसममा यात्रुले त्रास नै त्रासका बीचमा सो सडक पार गर्नुपर्ने बाध्यता छ । अझ बर्खाको समयमा पहिरो खसेर सडक अवरुद्ध हुने र माथीबाट ढुङ्गा खसेर सवारीमा क्षति पुग्ने घटना हरेक वर्ष दोहोरिने गरेको छ ।...
रामपुरमा मगर एकता दिवसमा सार्वजनिक विदा
रामपुरमा मगर एकता दिवसमा सार्वजनिक विदा राष्ट्रिय मगर एकता दिवसका दिन जिल्लाको रामपुरमा सार्वजनिक विदा हुने भएको छ । रामपुर नगरपालिकाले फागुन १५ गते पर्ने मगर एकता दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
‘भ्यालेन्टाइन डे’ मा रानीमहल पुग्ने जोडीलाई सत्कार गर्दै तानसेन नगर सरकार
‘भ्यालेन्टाइन डे’ मा रानीमहल पुग्ने जोडीलाई सत्कार गर्दै तानसेन नगर सरकार प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ को अवसरमा पाल्पाको रानीमहल पुग्ने जोडीलाई तानसेन नगर सरकारले भव्य स्वागत गर्दैछ । तानसेन नगर सरकारले नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानीमहल पुग्ने विवाहित जोडीहरुलाई सम्मान तथा स्वागत गर्न लागेको हो ।
तानसेनको असनमा नेवारी भोज आयोजना हुने
तानसेनको असनमा नेवारी भोज आयोजना हुने जिल्लाको तानसेन नगरपालिका–३ असनटोलमा नेवारी भोजको आयोजना हुने भएको छ । नेवार समुदायका खानाका परिकारलाई प्रचार–प्रसार गर्ने सोंचका साथ असनटोल विकास संस्थाको आयोजनामा फाल्गुन ५ गते नेवारी भोज अर्थात् नेवाःध्वेय, आयोजना हुने भएको हो ।
एपेन्डिसाइटिसको शल्यक्रिया रामपुरमै
एपेन्डिसाइटिसको शल्यक्रिया रामपुरमै रामपुर अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया सेवा सुरु भएको छ । पहिलो पटक सफलतापूर्वक शल्यक्रिया गरिएपछि चिकित्सक तथा स्थानीय खुसी भएका छन् । अब एपेन्डिसाइटिसको उपचारका लागि सदरमुकाम तानसेन जानुपर्ने समस्या हटेको छ । मंगलबार राति स्थानीय २१ वर्षीया सरला रेग्मीको सफलतापूर्वक शल्यक्रिया गरी सो सेवाको थालनी भएको हो ।
तेस्रो लिङ्गीको गुनासो:‘हामी पनि मान्छे हौं, आत्मसम्मानका साथ बाँच्न पाउनुपर्छ’
तेस्रो लिङ्गीको गुनासो:‘हामी पनि मान्छे हौं, आत्मसम्मानका साथ बाँच्न पाउनुपर्छ’ यौनिक तथा लैङ्गिक अल्पसख्यांक समुदाय (तेस्रो लिङ्गी) का अगुवा अधिकारकर्मीहरूले समाजमा आत्मसम्मानजनक रुपमा बाँच्न पाउनुपर्ने बताएका छन् । परिवार र समाजले गर्ने नकारात्मक व्यवहारका कारण तेस्रो लिङ्गीहरु अपमानित हुनुु परेको भन्दैं उनीहरुले आत्मसम्मानका साथ बाँच्न पाउनुपर्ने बताए ।
जनप्रतिनिधि र कर्मचारीलाई अपाङ्गता समावेशी विकास तालिम
जनप्रतिनिधि र कर्मचारीलाई अपाङ्गता समावेशी विकास तालिम तानसेन नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई अपाङ्गता समावेशी विकास बारे तालिम दिइएको छ । द एसिया फाउण्डेसनको सहयोगमा अपाङ्ग महासंघ नेपालले तालिम दिएको हो ।
निस्दी गाउँ सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित
निस्दी गाउँ सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित जिल्लाको निस्दी गाउँपालिकाले वडामै पुगेर सेवा दिन शुरु गरेको छ । ‘जहाँ नागरिक त्यहाँ सेवा’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पालिकाले एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो ।
रामपुरका वडामा डिजिटल नागरिक वडापत्र
रामपुरका वडामा डिजिटल नागरिक वडापत्र जिल्लाको रामपुर नगरपालिकाको कार्यलय सहित वडा कार्यालयहरुमा डिजिटल नागरिक वडापत्र राखिएको छ । नगर र कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि डिजिटल नागरिक वडा पत्र राखिएको हो ।
Weather Update