रामपुरमा व्यावसायिक कालिजपालन
शनिबार, मंसिर २३, २०८०

वालिङमा बाँस उद्योग सञ्चालन हुँदै
शुक्रबार, मंसिर २२, २०८०
स्याङ्जाको वालिङ नगरपालिका अन्तर्गत आँधीखोला किनारमा रहेका बाँसका सामग्री उत्पादन गर्न उद्योग स्थापना गरिने भएको छ । वालिङ नगरभित्र पर्ने आँधीखोला किनारमा रहेका बाँसलाई अत्याधुनिक प्रविधिको प्रयोग गरी बाँसजन्य सामग्री उत्पादन गर्ने उद्योग सञ्चालन गर्नका लागि नगरपालिका र छाता संस्था नेपालबीच सम्झौता भएको हो ।

पाँच आयोजना अलपत्र पार्ने ठेकेदार कालोसूचीमा
मंगलबार, मंसिर १९, २०८०
विभिन्न पाँच वटा निकाय अन्तर्गतका काम अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो ।

आफुलाई अब्बल बनाउने दिशामा कुटुम्ब सहकारी : सहकारी अभियन्ता पाण्डे
आइतबार, मंसिर १७, २०८०
सहकारी अभियन्ता एवं जिल्ला सहकारी संघ लि पाल्पाका अध्यक्ष भुपती पाण्डेले कुटुम्बले आर्थिक अनुशासनको पालना गर्दै आफुलाई अब्बल बनाउने दिशातर्फ उन्मुख रहेको बताएका छन् ।

चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण
शनिबार, मंसिर १६, २०८०
चालु आर्थिक वर्ष २०८/०८१ को पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा रू २३ खर्ब ५७ अर्ब छ करोड...

सुनको भाउमा लगातार नयाँ रेकर्ड, इतिहासकै उच्च
बुधबार, मंसिर १३, २०८०
नेपालमा बिहेको लगन सुरु भइरहँदा निरन्तर नयाँ रेकर्ड बनाउँदै सुनको भाउ बढिरहेको छ । नेपाली बजारमा सुनको भाउले बुधबार पनि नयाँ रेकर्ड कायम गरेको छ ।

तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा
आइतबार, मंसिर १०, २०८०
सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

तानसेन सहकारीको १५ औं साधारण सभा
शनिबार, मंसिर ९, २०८०
तानसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ औं साधारण सभा गरेको छ । सहकारीले शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी तानसेनमा साधारण सभा गरेको हो ।

गरिमा विकास बैंक १७ औं वर्षमा प्रवेश
शनिबार, मंसिर ९, २०८०
गरिमा विकास बैंक लिमिटेड १७ औं वर्षमा प्रवेश गरेको छ । सबैका लागि पहुँच भन्ने नाराका साथ बैंकले १६ औं वर्ष पूरा गरी १७ औं वर्षमा प्रवेश गरेको हो ।

पाल्पाको सराईमा भोलीदेखि व्यापार महोत्सव हुँदै
शुक्रबार, मंसिर ८, २०८०
जिल्लाको माथागढी गाउँपालिका –३ सराई बजारमा यही मंसिर ९ गते भोली शनिबार देखी २१ गतेसम्म दोस्रो माडी सांस्कृतिक पर्यटन कृषि तथा व्यापार महोत्सव २०८० हुने भएको छ । सराई युवा क्वल पाल्पाको आयोजना, गाउँपालिका तथा ३ नं वडा कार्यालययको समन्वयमा महोत्सव हुन लागेको हो ।

तिहारमा २४ करोड फूलको कारोबार
शुक्रबार, मंसिर ८, २०८०
यो वर्षको तिहारमा रु २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा रु २६ करोडको कारोबार भएकामा यो वर्ष रु दुई करोड कम कारोबार भएको हो ।

चार महिनामा साढे चार खर्ब नाघ्यो व्यापार घाटा
शुक्रबार, मंसिर ८, २०८०
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ ।