Shittalpati
लुम्बिनीमा निजी क्षेत्रको लगानी बढ्दो, सुविधा सम्पन्न होटल थपिँदै
लुम्बिनीमा निजी क्षेत्रको लगानी बढ्दो, सुविधा सम्पन्न होटल थपिँदै बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय पूर्वाधारमा लगानी थपिँदै गएको छ । यहाँको पर्यटकीय क्षेत्रमा निजी क्षेत्रको लगानी ६० अर्बभन्दा बढी पुगेको छ ।
बैङ्कका कर्मचारी पक्राउबारे निजी क्षेत्रको ध्यानाकर्षण
बैङ्कका कर्मचारी पक्राउबारे निजी क्षेत्रको ध्यानाकर्षण कर्जा दुरुपयोगको विषयलाई लिएर बैङ्कका कर्मचारी पक्राउ परेकोप्रति निजी क्षेत्रका संस्थाहरुले ध्यानाकर्षण भएको जनाएका छन् । धितो मूल्याङ्कनलाई आधार बनाएर दिइएको कर्जाका सम्बन्धमा बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी पक्राउ पर्नु दुःखद होे भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल च्याम्बर अफ कमर्सले आ–आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन्...
हलगोरु पाल्नेलाई जैमिनीद्वारा दश हजार अनुदान
हलगोरु पाल्नेलाई जैमिनीद्वारा दश हजार अनुदान बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार अनुदान दिने भएको छ । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।
६ महिनामा नेपालले भारतलाई बेच्यो १३ अर्ब बढीको विजुली
६ महिनामा नेपालले भारतलाई बेच्यो १३ अर्ब बढीको विजुली पछिल्लो समय नेपालले विद्युत निर्यातमा फड्को मार्दै गएको छ । विगतमा ठूलो मात्रमा विजुली आयात गर्दै आएको नेपालले पछिल्लो केही समय यता भने ठूलो मात्रमा निर्यात गर्न थालेको छ ।
पहिलो दिन नै नेप्सेमा गिरावट
पहिलो दिन नै नेप्सेमा गिरावट सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक २७ दशमलव २१ अंकले गिरावट आएको हो । नेप्से ओरालो लागेसँगै दुई हजार ३४ दशमलव ८२ मा सीमित भएको छ ।
नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनीको अध्यक्षमा घिमिरे विजयी
नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनीको अध्यक्षमा घिमिरे विजयी नेपाल मुद्रण महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा रुपन्देहीका घनश्याम घिमिरेले विजयी भएका छन् ।  महासंघको शनिबार दाङमा भएको दोस्रो अधिवेशनबाट बाँकेका ज्योति भण्डारीलाई पराजित गर्दै  घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् । 
ग्लोबल बैंकको सहुलियत ब्याजदरमा घर कर्जा
ग्लोबल बैंकको सहुलियत ब्याजदरमा घर कर्जा ग्लोबल आइएमई बैंकले विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित निश्चित आवास योजना (घर कर्जा) सार्वजनिक गरेको हो ।
बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रबाट हुने आम्दानी स्थानीय विकासमा लगाउन माग
बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रबाट हुने आम्दानी स्थानीय विकासमा लगाउन माग बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको भेटीलगायतबाट हुने आम्दानीको आधा हिस्सा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई प्रदान गर्न माग गरिइएको छ ।  
दर्शकको आकर्षण केराका थामबाट बनाइएका सामग्री
दर्शकको आकर्षण केराका थामबाट बनाइएका सामग्री स्याङ्जाको वालिङमा सञ्चालित महोत्सवमा केराका थामबाट बनाइएका सामग्रीमा दर्शकको आकर्षण देखिएको छ । माघ १८ गतेदेखि वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको आठौँ वालिङ महोत्सवस्थलमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराका थामबाट बनाएका सामग्री अवलोकन तथा खरिद गर्नेको घुइँचो दैनिक जसो देखिएको थियो ।
प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाफ माग
प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाफ माग फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको बताए । 
नबिलको उद्यमशील कर्जा योजना
नबिलको उद्यमशील कर्जा योजना नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्नका लागि दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको हो ।
Weather Update