‘ग्लोबल ग्रिन आवास कर्जा’ योजना सार्वजनिक
मंगलबार, वैशाख १८, २०८१
नेपालमा ढुक्क भएर लगानी गर्न अपिल
सोमबार, वैशाख १७, २०८१
चनेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी लगानीकर्तालाई यहाँ ढुक्क भएर लगानी गर्न र आफ्नो लगानीको प्रतिफलको चिन्ता नगर्न सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका जानकारहरुले अपिल गरेका छन् ।
तानसेन खानेपानी महशुलमा ५० प्रतिशत छुट दिन एमालेको माग
आइतबार, वैशाख १६, २०८१
तानसेन खानेपानी महशुलमा ५० प्रतिशत छुट दिन नेकपा एमाले तानसेन नगर कमिटीले उपभोक्ता समिति समक्ष माग गरेको छ । उसले तानसेन खानेपानी उपभोक्ता समितिलाई ध्यानाकर्षण गराउँदै तत्काल उपभोक्तालाई खानेपानी महशुलमा हाल चलिरहेको मुल्यमा ५० प्रतिशत रकम छुट दिन माग गरेको हो ।
निःशुल्क वाईफाईबाट बैंकिङ कारोबार नगर्न राष्ट्र बैंकको आग्रह
शनिबार, वैशाख १५, २०८१
पछिल्लो ससमय इन्टरनेट प्रयोगबाट वित्तिय कारोबार असुरक्षित बन्दै गएपछि राष्ट्र बैंकले त्यसतर्फ सचेत हुन सबैमा अनुरोध गरेको छ । उसले निःशुल्क अर्थात् फ्रि–चल्ने वाईफाईबाट बैंकिङ कारोबार सुरक्षित नहुने भन्दै त्यसबाट कारोबार गर्दा सचेत हुन आग्रह गरेको हो ।
फेरि उकालो लाग्यो सुनको भाउ
शुक्रबार, वैशाख १४, २०८१
सुनको मूल्य फेरि उकालो लागेको छ । केही दिन सुनको मूल्यमा गिरावट आए पनि अहिले पुनः उकालो लागेको हो । अघिल्लो दिनको तुलनामा शुक्रबार एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँ मूल्य बढेको छ ।
चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति
शुक्रबार, वैशाख ७, २०८१
चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा ६४ हजार दुई सय ४१ जना पुरुष र छ हजार छ सय ९२ महिला...
रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण निर्माण हुँदै
बुधबार, वैशाख ५, २०८१
नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी गरिएको छ ।
उच्च मूल्यमा पुगेको सुन बुधबार स्थिर
बुधबार, वैशाख ५, २०८१
नेपाली बजारमा लगातार उकालो लागेको सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उच्च मूल्यमा पुगेको सुन बुधबार स्थिर रहेको हो ।
कार्यान्वयनमुखी बजेट ल्याउन विज्ञहरुको सुझाव
मंगलबार, वैशाख ४, २०८१
विज्ञहरुले आगामी आर्थिक वर्षका लागि कार्यान्वयनमुखी बजेट ल्याउन सुझाव दिएका छन् । राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आज सिंहदरबारमा भएको बैठकमा विज्ञहरुले सामाजिक क्षेत्रको विकास र सामाजिक न्यायमा आधारित भई लैङ्गिक उत्तरदायी बजेट ल्याउनुपर्नेमा जोड दिएका हुन् ।
निगमले बुझायो किस्तावापतको रु ५३ करोड
सोमबार, वैशाख ३, २०८१
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणवापतको चैत मसान्तसम्मको रु ५३ करोड, नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ ।
होटल व्यवसायीलाई भाडा तिर्नै समस्या
आइतबार, वैशाख २, २०८१
पर्यटकको चहलपहल तथा आर्थिक गतिविधि कम हुन थालेपछि दाङका होटेल व्यवसायी मारमा छन् ।
सुनको मूल्य प्रतितोला रु दुई हजार दुई सयले घट्यो
आइतबार, वैशाख २, २०८१
स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार आठ सय कायम भएको छ ।
बैंकहरूले फेरि घटाए निक्षेपको ब्याजदर
आइतबार, वैशाख २, २०८१
निक्षेप बढ्दै जाने, तर कर्जाको माग न्यून भएपछि बैंकहरूले निक्षेपको ब्याजदर फेरी घटाएका छन् । १३ वाणिज्य बैंकहरूले चैतको तुलनामा बैशाखदेखि लागू हुने गरी औसतमा ०.२९ प्रतिशत विन्दुले घटाएका हुन् ।


