रणनीतिक योजना बनाउन ‘चेम्बर लुम्बिनी’ पाल्पामा
बिहीबार, भदौ २७, २०८१

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
बिहीबार, भदौ २७, २०८१
लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ७८ दशमलव १७ अङ्कले उकालो लागेर दुई हजार छ सय ८८ दशमलव ३८ मा पुगेको हो ।
-1721213837.jpg)
तोलामा एक सयले घट्यो सुनको मूल्य
बिहीबार, भदौ २७, २०८१
स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ५३ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ ।

दशैंका लागि १३ असोजदेखि नोट साट्न पाइने
बुधबार, भदौ २६, २०८१
दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले नोट सटहीसम्बन्धी सूचना जारी गर्दै आगामी असोज १३ देखि २२ सम्म सुकिला नोट साट्न सकिने जनाएको हो ।

विदेशी मुद्राको यस्तो छ विनिमयदर, कुन बढ्यो, कुन घट्यो ?
बुधबार, भदौ २६, २०८१
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार मङ्गलबारको तुलनामा आज अमेरिकी डलर, बेलायती स्टर्लिङ पाउण्ड, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ ।

प्यान अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध
मंगलबार, भदौ २५, २०८१
एनआईसी एसिया बैंकले स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहकसँग अनुरोध गरेको छ । खाताबाट गरिएको करकट्टी विवरण आयकर ऐन–२०५८ बमोजिम प्यानमा आबद्ध गर्नुपर्ने भएकोले अद्यावधिक गर्नु आवश्यक रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
-1721213853.jpg)
तोलामा २ सय रुपैया बढ्यो सुन
मंगलबार, भदौ २५, २०८१
मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ रहेको सुन १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

नेप्से परिसूचक पछिल्लो चार कारोबार दिनदेखि निरन्तर ओरालो
सोमबार, भदौ २४, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । गत साताको बुधबार ९० दशमलव ७३ र बिहीबार १२ दशमलव १० अङ्कले घटेको नेप्से परिसूचक यो साता कारोबारको पहिला दिन हिजो २५ दशमलव ४६ अङ्कले घटेको थियो ।

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि घट्यो
आइतबार, भदौ २३, २०८१
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार सात सय एक दशमलव ९० मा सिमित भएको छ ।
-1721213853.jpg)
तोलामा एक हजार दुई सयले घट्यो सुनको मूल्य
आइतबार, भदौ २३, २०८१
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५२ हजार एक सय निर्धारण भएको छ ।

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने
शुक्रबार, भदौ २१, २०८१
नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि हाल प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिने भएको छ । राष्ट्र बैंकले विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरेको थियो । यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले जानकारी दिए ।

सुनको मूल्य हालसम्मकै उच्च, एक लाख ५३ हजार पुग्यो
शुक्रबार, भदौ २१, २०८१
नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । हिन्दु नारीहरुको महत्वपूर्ण पर्व हरितालिका तिजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
मंगलबार, भदौ १८, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ९० अङ्कले बढेर दुई हजार आठ सय ३० को विन्दुमा कायम भएको हो