देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
आइतबार, जेठ ६, २०८१
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
बिहीबार, जेठ ३, २०८१
प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरले अर्को बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित गरेका हुन हो ।
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
बिहीबार, जेठ ३, २०८१
राष्ट्रियसभाको आजको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आ आफ्नो आसनबाट उठ्नुभएपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक भोलि शुक्रबार दिउँसो १.१५ बजे बस्ने गरी स्थगित गरेका हुन् ।
आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
बिहीबार, जेठ ३, २०८१
आज वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ ।
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
बुधबार, जेठ २, २०८१
बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् । उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिएको हो ।
आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
बुधबार, जेठ २, २०८१
आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको सोहौँ योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य राखिएको हो ।
देशका निम्ति क्रियाशील हुनुपर्नेमा पूर्वप्रधानमन्त्री खनालको जोड
मंगलबार, जेठ १, २०८१
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवावर्ग देशको सामाजिक–आर्थिक विकासका निम्ति क्रियाशील हुनुपर्नेमा जोड लिएका छन् ।
कांग्रेसलाई प्रधानमन्त्रीको आग्रहः नीति तथा कार्यक्रम प्रस्तुत गर्न सहयोग गर्नुस्
मंगलबार, जेठ १, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सदनमा निर्वाध रूपमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने वातावरण बनाउन आग्रह गरे ।
उपप्रधानमन्त्री यादवले दिए राजीनामा
सोमबार, वैशाख ३१, २०८१
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् ।
कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमिति बैठक सर्यो
सोमबार, वैशाख ३१, २०८१
नेपाली कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमितिको आजका लागि निर्धारित बैठक सारिएको छ ।
आर्थिक अनियमितताको आरोप झुटो भएको दाबी
आइतबार, वैशाख ३०, २०८१
शङ्करदेव क्याम्पस प्रमुख डा कृष्णप्रसाद आचार्य र स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीले आफूहरुमाथि लागेको आर्थिक अपचलनको आरोपको खण्डन गरेका छन् ।
त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ
आइतबार, वैशाख ३०, २०८१
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने तयारी भएको बताएका छन् ।
नेपालीको औसत आयु ७१.३ वर्ष
आइतबार, वैशाख २३, २०८१
नेपालीको औसत बढेको छ । यस अघिको तुलनामा औसत आयु बढेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नेपालीको औसत आयु बढेर ७१.३ वर्ष पुगेको हो ।


