विश्वकप क्रिकेटमा नेपाल दश वर्षपछि खेल्दै
मंगलबार, जेठ २२, २०८१
राष्ट्र बैंकले गर्यो दुई भुक्तानी सेवा प्रदायकको बैंक खाता रोक्का
मंगलबार, जेठ २२, २०८१
नेपाल राष्ट्र बैंकले दुईवटा भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ । एक सूचना जारी गर्दै केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको सबै बैंक खाता रोक्का गरेको जानकारी दिएको हो ।
कृषि तथा पशुपक्षी बीमाको बजेट बढाउन सांसदको माग
शुक्रबार, जेठ १८, २०८१
कृषि तथा पशुपक्षी बीमाको रकम बढाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा सांसद बेदुराम भुसालले बीमाको दायरा विस्तार गरी रकमसमेत बढाइनुपर्नेमा जोड दिए ।
ऐन कार्यान्वयन मापन गर्दै संसदीय समिति
बुधबार, जेठ १६, २०८१
राष्ट्रियसभा,विधायनव्यवस्थापनसमितिले ऐनकानुन मापनका सन्दर्भमा बालबालिकाको सम्मानजनक सहभागिताको विषयमा भएको व्यवस्था र कार्यान्वयनको अवस्थाबारे अध्ययन अघि बढाउने निर्णय गरेको छ ।
चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते
सोमबार, जेठ १४, २०८१
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
चालु आवमा थप तीन लाख जनसङ्ख्यामा सुरक्षित खानेपानी सेवा
आइतबार, जेठ १३, २०८१
चालु आर्थिक वर्षमा थप तीन लाख दुई हजार ७८ जनसङ्ख्यामा सुरक्षित खानेपानी सेवा पुगेको छ । अर्थमन्त्री वर्षमान पुनले आज सार्वजनिक गर्नुभएको आर्थिक सर्वेक्षणमा राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति, २०८० कार्यान्वयनबाट आधारभूत तथा सुरक्षित खानेपानीको पहुँचमा वृद्धि भएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।
नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि
शुक्रबार, जेठ ११, २०८१
नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ ।
कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ
मंगलबार, जेठ ८, २०८१
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरोहियालाई थापाथलीस्थित मुख्यालयबाटै नियन्त्रणमा लिइएको हो ।
संसद्मा कांग्रेसको अवरोध कायमै
मंगलबार, जेठ ८, २०८१
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नभएसम्म संसद्का कामकारबाही अघि बढ्न नसक्ने जनाउँदै संसद् बैठक अवरोध गरेको छ ।
सहकारीको रकम हिनामिनाः छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी
मंगलबार, जेठ ८, २०८१
सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ ।
सुनको मूल्य घट्यो
मंगलबार, जेठ ८, २०८१
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ ।
आज दिउँसो देशभर आंशिक बदली हुने
मंगलबार, जेठ ८, २०८१
हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


