Shittalpati
अस्पतालको झ्यालबाट खसेका बिरामीको मृत्यु
अस्पतालको झ्यालबाट खसेका बिरामीको मृत्यु यहाँस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज० मा उपचाररत एक बिरामी तीन तलाको झ्यालबाट खस्दा मृत्यु भएको छ । नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षिय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो ।
अशक्तलाई घरमै पुुगेर नागरिकता प्रदान
अशक्तलाई घरमै पुुगेर नागरिकता प्रदान साउन गुल्मीमा अपाङ्ता भएका व्यक्तिलाई उनीहरुको घरमै पुगेर नागरिकता प्रदान गर्न थालिएको छ ।  अपाङ्ता भएका धुर्कोट गाउँपालिका– १ स्थित नयाँगाउँका १७ वर्षीय अन्मुल घर्तीलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उनकै घरमै पुगेर नागरिकता प्रदान गरेका हुन् ।
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ मंगलबार प्रमाणीकरण गरेका हुन् । 
सिमलताल पहिरो : १५ जनाको शव भेटियो, आठको सनाखत
सिमलताल पहिरो : १५ जनाको शव भेटियो, आठको सनाखत चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ ।
लुम्बिनी प्रदेश सरकारको खर्च ६६ प्रतिशत मात्र
लुम्बिनी प्रदेश सरकारको खर्च ६६ प्रतिशत मात्र चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले ६६ दशमलव १४ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारले चालु आवमा चालुतर्फ १७ अर्ब २२ करोड २७ लाख ९९ हजार विनियोजन गरेकोमा १० अर्ब ७४ करोड २७ लाख ९३ हजार तीन सय ५५ खर्च भएको छ ।
एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु
एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीलाई सर्पले डस्यो । बायाँ हातमा सर्पले डसेका चौधरीलाई परिवारका सदस्य अस्पताल पुर्‍याउनुको साटो झारफुकतिर लागे । बिरामीको अवस्था नाजुक बन्न थाल्यो त्यसपछि मात्रै चौधरीलाई अस्पताल लैजाने तरखर भयो । जतिबेला समय...
बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि ल्याउन पहल
बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि ल्याउन पहल गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन् ।
सिमलताल पहिरो :  बगेका बसका पाँचजनाको शव भेटियो
सिमलताल पहिरो : बगेका बसका पाँचजनाको शव भेटियो गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ ।
एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु
एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीलाई सर्पले डस्यो । बायाँ हातमा सर्पले डसेका चौधरीलाई परिवारका सदस्य अस्पताल पु¥याउनुको साटो झारफुकतिर लागे ।
सिमलताल बस दुर्घटना : तीनजना पौडिएर बाँचे
सिमलताल बस दुर्घटना : तीनजना पौडिएर बाँचे नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
कास्की पहिरो : पुरिएर एकै घरका ७ जनासहित ११ को मृत्यु
कास्की पहिरो : पुरिएर एकै घरका ७ जनासहित ११ को मृत्यु कास्कीका विभिन्न स्थानमा विहीबार रातिको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा महानगरपालिकामा १०, १९, ३२ र मादी गाउँपालिका –११ मा पहिरोेमा  परी ११ जनाको मृत्यु भएको हो ।
लेदोसहितकोे ढुङ्गा लागेर बस चालकको मृत्यु
लेदोसहितकोे ढुङ्गा लागेर बस चालकको मृत्यु भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा लेदोसहितको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विक रहेका छन् ।
Weather Update