Shittalpati
बागलुङबाट बेपत्ता दुई किशोरीको उद्धार
बागलुङबाट बेपत्ता दुई किशोरीको उद्धार बागलुङको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोरी बेपत्ता भएको १४ दिनपछि सकुसल फेला परेका छन् । बेपत्ता किशोरीलाई काँकडभित्ता र चितवनबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो ।
मसानघाट नै अतिक्रमणमा
मसानघाट नै अतिक्रमणमा मसानघाट अतिक्रमण हुन थालेपछि यहाँ दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो । 
लुम्बिनी प्रदेशका वन मन्त्रीको राजिनामा स्वीकृत
लुम्बिनी प्रदेशका वन मन्त्रीको राजिनामा स्वीकृत  लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिएको राजिनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गरेका छन् ।
मानव बेचबिखन नियन्त्रणको सवाल
मानव बेचबिखन नियन्त्रणको सवाल एकभन्दा बढी व्यक्ति संलग्न भई गोप्यरुपमा हुने अपराध सङ्गठित अपराध हो । यस्ता अपराध ठूलो आकारका र गहिरो प्रभाव छाड्ने खालका भए भने हामी जघन्य अपराधसमेत भन्दछौँ । नेपालको सन्दर्भमा भन्नुपर्दा लागुऔषध खरिद बिक्री र ओसारपसार, हातहतियारसम्बन्धी र मानव बेचबिखनसम्बन्धी अपराधलाई सङ्गठित र जघन्य अपराधको रुपमा लिने गरिन्छ ।
‘संविधान कार्यान्वयनको पहिलो दशक’ मा छलफल
‘संविधान कार्यान्वयनको पहिलो दशक’ मा छलफल लुम्बिनी प्रदेश सरकारले संविधान दिवसका अवसरमा संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धि र चुनौती विषयक छलफल कार्यक्रम गर्ने भएको छ । संविधान दिवस मनाउने कार्यक्रमअन्तर्गत संविधानका विषयमा विज्ञहरूको सहभागितामा छलफल कार्यक्रम आयोजना गरिएको हो । 
हीरापाटाका एक सय ५० घरमा  धारा जडान
हीरापाटाका एक सय ५० घरमा  धारा जडान पुतलीबजार नगरपालिका–१३ हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’ योजनाअन्तर्गत धारा जडान गरिएका छन् ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 
ढोरपाटनमा एक वर्षमै फल्यो स्याउ
ढोरपाटनमा एक वर्षमै फल्यो स्याउ ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मस गाउँमा पछिल्लो किसानले प्रविधिकोप्रयोग गरी व्यावसायिक स्याउ उत्पादन गर्न थालेका छन् । विदेशबाट स्याउका बिरुवा ल्याएरलगाउन थालेपछि मसमा एकै वर्षमा स्याउ उत्पादन हुन थालेको हो ।
डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?
डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ? गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उत्तम उपाय भएको उनीहरुको भनाइ छ । 
संस्कृति संरक्षण तथा पुस्तान्तरणका लागि पञ्चेबाजा प्रतियोगिता
संस्कृति संरक्षण तथा पुस्तान्तरणका लागि पञ्चेबाजा प्रतियोगिता बाल दिवसका अवसरमा स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता आयोजना गरिने भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा बालबालिका समूहको जिल्लास्तरीय पञ्चेबाजा प्रतियोगिता हुने भएको हो ।
बाढीले बगाएर बेपत्ता माझीको शव फेला
बाढीले बगाएर बेपत्ता माझीको शव फेला बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव आज बिहान फेलापरेको छ । रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेलापरेको प्रहरीले जनाएको छ । 
नेप्से परिसूचक पछिल्लो चार कारोबार दिनदेखि निरन्तर ओरालो
नेप्से परिसूचक पछिल्लो चार कारोबार दिनदेखि निरन्तर ओरालो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । गत साताको बुधबार ९० दशमलव ७३ र बिहीबार १२ दशमलव १० अङ्कले घटेको नेप्से परिसूचक यो साता कारोबारको पहिला दिन हिजो २५ दशमलव ४६ अङ्कले घटेको थियो ।
Weather Update