Shittalpati
पाल्पामा आज ऐतिहासिक भगवती रथजात्रा    
पाल्पामा आज ऐतिहासिक भगवती रथजात्रा     पाल्पामा हरेक वर्ष निकालिने ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज हुँदैछ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा कृष्ण जन्माष्टमीको भोलीपल्ट उक्त जात्रा निस्कने परम्परा रही आएको छ ।
अद्भुत कलाका धनी अप्रतिम भगवान् श्रीकृष्ण
अद्भुत कलाका धनी अप्रतिम भगवान् श्रीकृष्ण आजभन्दा हजारौँ वर्षअघि भदौ महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा जन्मिएका कृष्णको वैदिक सनातन धर्ममा सर्वोच्च स्थान छ । विश्वभरिका सनातन धर्मावलम्बीले कृष्ण जन्मिएको पावन तिथिलाई कृष्णाष्टमीका रूपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । यतिखेर कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ । धुमधामका साथ पूजाअर्चना गर्दै उनको  आराधना गरिन्छ ।
अनुत्पादक क्षेत्रमा खर्च हुँदै ‘रेमिट्यान्स’
अनुत्पादक क्षेत्रमा खर्च हुँदै ‘रेमिट्यान्स’ अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० का वसन्त रानाभाटको २०८० फागुन १३ गते दुबईमा मृत्यु भयो । उनको मृत्यु भएपछि श्रीमती लक्ष्मी केसी रानाभाटले नगरपालिकामा क्षतिपूर्तिका लागि निवेदन दिईन । नगरपालिकाको रोजगार शाखाले उनलाई रु सात लाख क्षतिपूति दियो । 
‘निर्माण व्यवसायीले जिम्मेवारी पूरा नगर्दा समस्या’
‘निर्माण व्यवसायीले जिम्मेवारी पूरा नगर्दा समस्या’  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्माण व्यवसायीले आफूले लिएको जिम्मेवारी समयमा पूरा नगर्दा जटिलताहरु देखिएको बताएका छन् ।
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज परिसूचक ७९ दशमलव ८८ अङ्कले घटेर दुई हजार आठ सय ९४ दशमलव ५७ को विन्दुमा कायम भएको हो ।
‘लगानीको वातावरण सिर्जना गर्न प्रदेश सरकार तयार’
‘लगानीको वातावरण सिर्जना गर्न प्रदेश सरकार तयार’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको विकासका लागि सरकारले लगानीको वातावरण सिर्जना गर्ने बताएका छन् । उनले प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको मुख्य आधार कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्र रहेको बताए ।
सन्तानको कामनासहित तीनछठ्ठी पर्व मनाइँदै
सन्तानको कामनासहित तीनछठ्ठी पर्व मनाइँदै पश्चिम तराईमा सन्तानको दीर्घायुको कामनासहित आज तीनछठ्ठी पर्व मनाइँदैछ । भैरहवा र आसपासका क्षेत्रहरु धकधई, बेथरी, मर्चवारलगायत स्थानका महिलाहरुले व्रत बसेर यो पर्व मनाइरहेका छन् । 
सुनकोसीमा खसेको गाडी भेटियो, नदीमा बेपत्ता तीनजनाको खोजी जारी
सुनकोसीमा खसेको गाडी भेटियो, नदीमा बेपत्ता तीनजनाको खोजी जारी शनिबार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान २ बजे भेटिएको छ । खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको प्रदेश ३–०१–०२३ च ६३६६ नंको हाइलक्स गाडी भेटिएको हो । 
पशुमा कृत्रिम गर्भाधान गराउने किसानको सङ्ख्यामा वृद्धि
पशुमा कृत्रिम गर्भाधान गराउने किसानको सङ्ख्यामा वृद्धि जिल्लामा रहेका पशुपालक किसानमा कृत्रिम गर्भाधानतर्फ आकर्षण बढ्दै गएको छ । पशु सेवा कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा पशुलाई कृत्रिम गर्भाधान गराउने किसानको सङ्ख्यामा वृद्धि भएको हो ।
तनहुँ दुर्घटनाः मृतकको शव भारत पठाइयो
तनहुँ दुर्घटनाः मृतकको शव भारत पठाइयो तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत पठाइएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयरफोर्सको जहाजबाट आज अपराह्न भरतपुर विमानस्थलबाट ती शव भारत पठाइएको हो । 
तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने
तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका -२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ ।
तनहुँ दुर्घटना  : २१ को मृत्यु, १६ घाइेतलाई हेलिकप्टरमार्फत काठमाडौँ  ल्याइयो
तनहुँ दुर्घटना : २१ को मृत्यु, १६ घाइेतलाई हेलिकप्टरमार्फत काठमाडौँ  ल्याइयो तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २१ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खस्दा २२ जना घाइते भएका छन् ।
Weather Update