Shittalpati
टरिगाउँ विमानस्थलबाट अब मङ्गलबार पनि उडान हुने
टरिगाउँ विमानस्थलबाट अब मङ्गलबार पनि उडान हुने यहाँस्थित टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिए ।  
बीस वर्ष नपुग्दै आमा बने महिला
बीस वर्ष नपुग्दै आमा बने महिला सत्र वर्षीया शुभा परियार यही साउन १४ गते छोराको आमा बनिन् । वालिङ नगरपालिका–७ पैदीकी परियारले वालिङस्थित ग्रहौँ प्राथमिक अस्पतालमा छोरालाई जन्म दिईन् । 
बागलुङ दुर्घटनामा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष बुढाको निधन
बागलुङ दुर्घटनामा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष बुढाको निधन बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको छ । उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा अर्का एक पुरुषको समेत मृत्यु भएको छ । 
सुनको मूल्य हालसम्मकै उच्च
सुनको मूल्य हालसम्मकै उच्च स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु तीन हजारले वृद्धि भएको हो ।
कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी
कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गरेका छन् । विसं २०७४ मा वडासदस्य भएर जनताको सेवा गरेका क्षेत्रीले त्यसको तीन वर्ष पहिले विके पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर बाख्रापालन सुरु गरेका हुन् ।
श्रमदानबाट बन्यो ‘कल्भर्ट’
श्रमदानबाट बन्यो ‘कल्भर्ट’ यसअघिको वर्षात्ले तुलसीपुर उपमहानगरपालिका–४ स्थित सिर्सेखोलामा बनाइएको कल्भर्ट बगायो । कल्भर्ट बगाउँदा आवतजावतमा निकै समस्या भयो । त्यही बाटो विद्यार्थी हिँड्नुपर्ने हुँदा विद्यार्थीलाई निकै जोखिम थियो । 
बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु लिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।
तुलसीपुरमा बलेनन्‘हाइमास्ट लाइट’
तुलसीपुरमा बलेनन्‘हाइमास्ट लाइट’ दाङको तुलसीपुरमा हाइमास्ट लाईट निर्माण गरिएको तीन महिना हुँदा पनि विद्युत् जडान नहुँदा बाल्न सकिएको छ । तुलसीपुरका विभिन्न चार वटा हाइमास्ट निर्माण गरिएको भएपछि जडान हुन नसकेको हो । 
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ७८ दशमलव १७ अङ्कले उकालो लागेर दुई हजार छ सय ८८ दशमलव ३८ मा पुगेको हो । 
बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते
बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते बागलुङमा गत असार, साउन र  यही भदौ  महिनामा बाढीपहिरोमा परि १८ जनाको मृत्यु भएको छ । असार दोस्रो सातादेखि हालसम्म जिल्लाको विभिन्न पालिकामा बाढीपहिरोमा परि दशजना पुरुष र आठ जना महिनालाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बडिगाड गाउँपालिकामा छ महिला र छ पुरुष गरि १२ जना,...
विद्यार्थीले एक–आपसमा कपाल काट्छन्
विद्यार्थीले एक–आपसमा कपाल काट्छन् गाउँमा कपाल काटिदिने कोही पनि छैनन् । कपाल काट्न सक्ने जनशक्ति सबै रोगजारको सिलसिलामा देश बाहिर छन् । पछिल्लो समय विद्यार्थी कपाल नकाटेर विद्यालय आउन थालेपछि तुलसीपुर उपमहानगरपालिका–१९ स्थित नवजागरण माध्यमिक विद्यालय कुटिचौरका प्रधानाध्यापक टङ्क केसीले आफैँ विद्यार्थीको कपाल काट्न सुरु गरे । 
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताएको छ । 
Weather Update