Shittalpati
भीरमा फालेर छ वर्षीय छोराको हत्या
भीरमा फालेर छ वर्षीय छोराको हत्या ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा आफलेर हत्या गरेका छन् । अभियुक्तले गएराति छ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए ।
डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु
डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् । 
सुपा देउराली पुग्ने सडकको विस्तार
सुपा देउराली पुग्ने सडकको विस्तार देशकै महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी नयाँ प्रविधिबाट सडक विस्तार गरिएको छ । सुपा देउराली मन्दिर जाने चट्टानी भीरमा रहेको साँघुरो सडक फराकिलो बनेपछि सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकले सुरक्षित महसुस गर्ने छन् । गोरुसिङ्गे–सन्धिखर्क सडकको सुपा देउरालीमा कडा चट्टान भएपछि यसको...
भारत–क्यानाडा सम्बन्धमा दरार
भारत–क्यानाडा सम्बन्धमा दरार क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडामा निज्जरको हत्यामा भारतीय एजेन्टहरू संलग्न रहेको आरोप लगाएपछि भारत र क्यानाडाले कूटनीतिक संकटको सामना गरिरहेका छन् । भारतले भने क्यानाडाको आरोपलाई आधारहीन तथा ‘राजनीतिबाट प्रेरित’ भन्दै अस्वीकार गरेको छ । सन् २०२३ मा ब्रिटिस कोलम्बियामा खालिस्तानी आतङ्कवादी हरदीप सिंह निज्जरको हत्याको अनुसन्धानको सम्बन्धमा क्यानडाले सोमबार...
सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो
सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो विगतमा शिरदेखि पाउसम्म सुन चाँदीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो । टीकापुरकी विष्णा जैसीका रानीहारदेखि सबैखाले गहना छन् । हरेक वर्ष गरेर १० तोला सुन जोडेको बताउने उनले आजभोलि खासै...
चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध
चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार...
झापामा दुर्घटनामा तीन जनाको मृत्यु
झापामा दुर्घटनामा तीन जनाको मृत्यु झापामा आज (आइतबार) छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक जनाको मृत्यु भएको हो । 
बालविवाह रोक्न बालिका बीमा कार्यक्रम
बालविवाह रोक्न बालिका बीमा कार्यक्रम रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको छ । गाउँपालिकाले ‘छोरी बचाउ छोरी पढाउ अभियान’ अन्तर्गत गाउँपालिकामा जन्मिएका बालिकाको बालिका बीमा गर्ने कार्यक्रम अघि बढाएको हो । 
नेप्से परिसूचकमा ३७ अङ्कको वृद्धि
नेप्से परिसूचकमा ३७ अङ्कको वृद्धि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा जारी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ३७ दशमलव १३ अङ्कले उकालो लागेर दुई हजार ६९० दशमलव ७२ मा पुगेको छ ।
रामपुरमा प्लास्टिकजन्य फूल तथा माला प्रयोगमा प्रतिबन्ध
रामपुरमा प्लास्टिकजन्य फूल तथा माला प्रयोगमा प्रतिबन्ध रामपुर नगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न आग्रह गरेको छ । स्थानीय उत्पादन फूलमाला प्रयोग गर्न आग्रह गर्दै बजारमा बाहिरबाट भित्रिएका प्लास्टिकजन्य मालाको प्रयोग गर्न प्रतिबन्ध गरेको छ ।
Weather Update