Shittalpati
चिउरीको दाना पेलेर घ्यूको जोहो गरिँदै
चिउरीको दाना पेलेर घ्यूको जोहो गरिँदै गाउँका घरमा भोटेताल्चा लागेका, गाउँ सुनसान तर गाउँको बीचमा रहेको टिनको टहरामा ढिकी कुटेको आवाज एकनासले आइरहेको छ । नजिकै आगो बालेको धुवाँ आइरहेको छ । आगोमाथि कालो भाँडोबाट एकनासले बाफ निस्किरहेको छ । गाउँले धेरैजसो यसरी नै सोही ठाउँमा चिउरीका बिजुला कुट्न र पेल्दै गरेका भेटिए ।  
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने २८ जना घाइते भएका छन् ।  
ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री
ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन् । उनको फूलखेतीमा पुग्ने जो कसैको मन आनन्दित हुन्छ । कतिपयले आइपुग्ने बित्तिकै सेल्फी खिच्ने गर्छन् । तिहार लक्षित सयपत्रीले फूलबारी पहेँलै भएका छन्  ।
 प्रदेशकै राजधानीको उपमहानगरपालिकामा खानेपानीको दुःख
 प्रदेशकै राजधानीको उपमहानगरपालिकामा खानेपानीको दुःख लुम्बिनी प्रदेशकै राजधानी रहेको दाङको घोराही उपमहानगरपालिका–१८ का घोरदौरावासी सार्वजनिक धारामा पालो कुरेर खानेपानी भर्दै ।
विश्वकप क्रिकेट लिग दुई खेल्न लामिछाने अमेरिका जाँदै
विश्वकप क्रिकेट लिग दुई खेल्न लामिछाने अमेरिका जाँदै आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने अमेरिका जाने भएका छन् ।  
दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु
दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु दाङको बङ्गलाचुली गाउँपालिका–४ जुम्लेपानीमा गएराति टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 
दाङमा सर्प महोत्सव हुँदै
दाङमा सर्प महोत्सव हुँदै दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
लुम्बिनीमा तीनमहिने धर्मदेशना वर्षाबास
लुम्बिनीमा तीनमहिने धर्मदेशना वर्षाबास बुद्ध जन्मस्थल लुम्बिनीमा तीनमहिने वर्षाबास तथा धार्मक अनुष्ठानको आज समापन भएको छ । राजकीय बुद्ध विहारमा आयोजित कार्यक्रममा विहारका संरक्षक भिक्षु सागर धम्मले धर्मदेशनासहित वर्षाबासको समापन गरे ।
बिपी कोइराला मेमोरियल कप भैरहवामा हुने
बिपी कोइराला मेमोरियल कप भैरहवामा हुने  बिपी कोइराला मेमोरियल कप, टी(२० क्रिकेट प्रतियोगिता २०२४ को भैरहवामा आयोजना हुने भएको छ । दक्षिण एसियाली चार वटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका बंगलादेश र नेपालसहित पाँच देशका प्रथम श्रेणीका खेलाडीको सहभागितामा प्रतियोगिता आयोजना हुन लागको हो । 
तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु
तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्षनेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । 
डडेल्धुरा बस दुर्घटना :  मृतकको संख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’
डडेल्धुरा बस दुर्घटना : मृतकको संख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’ डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एक जनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो ।
प्रहरी सङ्गठनलाई रुपान्तरण गर्नुपर्छ : मुख्यमन्त्री आचार्य
प्रहरी सङ्गठनलाई रुपान्तरण गर्नुपर्छ : मुख्यमन्त्री आचार्य मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी सङ्गठनलाई थप बलियो बनाउन बदलिँदो परिवेशअनुसार रुपान्तरण गर्नुपर्ने बताएका छन् । ६९औँ प्रहरी दिवसका अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा उनले बढ्दो अपराधलाई न्यूनीकरण गर्न समयअनुसार प्रहरी सङ्गठनलाई प्रविधियुक्त बनाउँदै रुपान्तरणको आवश्यकता रहेको औँल्याउनु भएको हो ।
Weather Update