Shittalpati
झ्याप्लेखोला पहिलो :  अहिलेसम्म २५ शव निकालियो  (अपडेट)
झ्याप्लेखोला पहिलो : अहिलेसम्म २५ शव निकालियो  (अपडेट) धादिङ र काठमाडौँको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा आज बिहान ११ बजेसम्म २५ शव फेला परेका छन् । शनिबार रातिसम्म १४ शव निकालेको उद्धार टोलीले आज थप ११ शव निकालेको हो ।
सुनको मूल्य तोलामा छ सयले घट्यो
सुनको मूल्य तोलामा छ सयले घट्यो स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला छ सयले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ६१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६० हजार छ सय...
आजदेखि सफा र सुकिलो नोट साट्न पाइने
आजदेखि सफा र सुकिलो नोट साट्न पाइने नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो बैंक नोट सटही सुविधा दिन थालेको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सफा नोट साट्न सकिनेछ ।...
झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिए
झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिए काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ । 
गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध
गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध अविरल वर्षासँगै खसेको पहिराले गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकअन्तर्गत शीतगङ्गा नगरपालिकाका विभिन्न स्थानमा खसेको पहिराले गएरातिदेखि सडक अवरुद्ध बनेको हो ।
अविरल वर्षा: लुम्बिनी प्रदेशका विभिन्न स्थानका सडक अवरुद्ध
अविरल वर्षा: लुम्बिनी प्रदेशका विभिन्न स्थानका सडक अवरुद्ध अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला जोड्ने विभिन्न स्थानका सडकमा यातायात सेवा प्रभावित बनेका छन् । पहिरोका कारण अवरद्ध सडक खुलाउन सुरक्षाकर्मी र स्वयंमसेवक परिचालन भएको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । प्रदेशको प्यूठान–भालुबाङ सडक खण्डको माण्डवी गाउँपालिका–१ गर्जेनीस्थित सिमलचौर, यस्तै सरुमारानी गाउँपालिका–४ पाखुरी...
कालीगण्डकी करिडोर अवरुद्ध
कालीगण्डकी करिडोर अवरुद्ध पहिरोले गुल्मीको तम्घास‐रिडी र रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । तम्घास‐रिडी रिडी सडक खण्डअन्तर्गत रेसुङ्गा नगरपालिका–११ अन्तर्गत उर्लेनी, गुल्मीदरबार गाउँपालिका– ४ अन्तर्गत वीरवास र छत्रकोट गाउँपालिका–३ अन्तर्गत लुम्छामा सडक पहिरो खसेपछि गएरातिदेखि सडक अवरुद्ध बनेको हो ।
पर्यटकलाई स्वागत गर्दै  लुम्बिनीमा मनाइयो पर्यटन दिवस
पर्यटकलाई स्वागत गर्दै  लुम्बिनीमा मनाइयो पर्यटन दिवस विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा आज पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा ९खेन्पो छिमे०ले पर्यटकलाई खादा र नेपाली ढाकाटोपी लगाइ स्वागत गरेका हुन्।
पहिरोले राप्ती लोकमार्ग अवरुद्ध
पहिरोले राप्ती लोकमार्ग अवरुद्ध निरन्तरको वर्षाद्ले राप्ती लोकमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि उक्त लोकमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले पहिरोका कारण तुलसीपुरको राम्रीबाट सल्यानको कपुरकोट खण्डमा सडक अवरुद्ध भएको जानकारी दिए । सो स्थानमा सडक मर्मत भइरहेकाले काम प्रभावित बनेको उनले बताए । 
सुनको मूल्यमा पाँच सयले वृद्धि
सुनको मूल्यमा पाँच सयले वृद्धि लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ । तोलामा पाँच सयले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ ।
पर्यटनका माध्यमबाट लुम्बिनीलाई आत्मनिर्भर बनाइने
पर्यटनका माध्यमबाट लुम्बिनीलाई आत्मनिर्भर बनाइने लुम्बिनी प्रदेश सरकारले पर्यटनका माध्यमबाट प्रदेशलाई आत्मनिर्भर बनाउने अवधारणा अघि सारेको छ । विश्व पर्यटन दिवसका अवसरमा मुख्यमन्त्री चेतनारायण आचार्यले आज दिएको शुभकामना सन्देशमा लुम्बिनीलाई आत्मनिर्भर प्रदेशका रूपमा विकास गर्न ‘घुमौँ लुम्बिनी’को अवधारणा कार्यान्वयन गरिने बताएका छन् । 
Weather Update