Shittalpati
घरमै धारा पुगेपछि डोकोमा पानी बोक्ने बाध्यता हट्यो
घरमै धारा पुगेपछि डोकोमा पानी बोक्ने बाध्यता हट्यो नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–५ मौलाथुम्कीमा पानीको धारा घरघरमा पुगेपछि यहाँका स्थानीयको डोकोमा पानी बोक्ने बाध्यता हटेको छ । घरमा धारा नहुँदा खोला तथा घरदेखी पर रहेको ट्याङ्कीबाट पानी बोक्नुपर्ने बाध्यता थियो । 
छिल्लीकोटमा जिपलाइन निर्माण पूरा
छिल्लीकोटमा जिपलाइन निर्माण पूरा जिल्लाको पर्यटकीयस्थल तुलसीपुर उपमहानगरपालिका–१९ मा जिपलाइन निर्माण पूरा भएको छ । सञ्चालक श्रीधर न्यौपानेका अनुसार रङरोगन र टिकट काउन्टर निर्माणको काम बाँकी रहेपनि मुख्य जिपलाइनको काम पूरा भएको छ । 
घोराही–तुलसीपुर सडकको काम अघि बढ्ने
घोराही–तुलसीपुर सडकको काम अघि बढ्ने दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बहुवर्षीय बनाउने तयारी छ । सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टका अनुसार मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले हेर्नेगरी छलफल भएको छ । त्यो टुङ्गिएपछि बहुवर्षीयका लागि योजना आयोगले यसलाई अघि बढाउने छ ।
बाँसबाट बनेका कुर्सी
बाँसबाट बनेका कुर्सी दाङको राप्ती गाउँपालिकाको कार्यालयमा बाँसबाट बनेका कुर्सी प्रयोगमा ल्याइएको छ । पहिलो चरणमा पालिका अध्यक्ष प्रकाश विष्टको कार्यकक्षमा ती कुर्सी प्रयोगमा ल्याइएको हो ।
भैरहवाबाट एकैदिन तीन अन्तर्राष्ट्रिय उडान
भैरहवाबाट एकैदिन तीन अन्तर्राष्ट्रिय उडान नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय विमान पर्खिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज तीन विमानले उडान भरिरहेका छन् । विमानस्थल सुरु भएदेखि नै उडान सुरु गरेको जजीरा एयरलाइन्सले स्थगित गरेको उडान आजदेखि फेरी सुरु गरेको छ । आज एक सय ७१ यात्रु लिएर आएको जजीरा एक बालकसहित एक सय ६८...
दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन, विपन्न नागरिकले पाए उपचार
दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन, विपन्न नागरिकले पाए उपचार दाङको शान्तिनगर गाउँपालिका–५ का ६० वर्षीय शोभाराम खत्री ढाड दुख्ने समस्याबाट पीडित थिए । अत्यधिक ढाड दुखाइ भएपछि उनी शुक्रबार आफ्नै गाउँमा नेपाली सेना रणसिँह दल गणले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि पुगे ।
भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग
भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडित बिरामीलाई उपचार गर्न सहयोग गरिएको छ । घोराही उपमहानगरपालिका–१० को प्रकृति लोक सांस्कृतिक क्लबले तिहारका अवसरमा भैलो खेलेर सङ्कलन गरेको एक लाख क्यान्सरपीडित गौमती थापाको उपचारका लागि सहयोग गरेको हो ।
पर्यटकीय गन्तव्यस्थल बन्दै  गुल्मीको रेसुङ्गा
पर्यटकीय गन्तव्यस्थल बन्दै  गुल्मीको रेसुङ्गा गुल्मीको क्षेत्र रेसुङ्गा क्षेत्र पछिल्लो समय  पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । रेसुङ्गा क्षेत्रमा आकर्षक मठ मन्दिर, सुविधा सम्पन्न होटल, पार्क, वनभोजस्थल, पक्की सडक र त्यहाँको प्राकृतिक सौन्र्दताका कारण पर्यटकको आकर्षण बढ्दै गएको हो ।
‘नागरिकमा देखिएको निरासा हटाउने काममा सरकार लागिपरेको छ’
‘नागरिकमा देखिएको निरासा हटाउने काममा सरकार लागिपरेको छ’ नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकमा देखिएको निराशा हटाउने काममा सरकार लागिपरेको बताएका छन् ।
नारायणगढ–मुग्लिन सडक दुर्घटनाः पाँचको मृत्यु
नारायणगढ–मुग्लिन सडक दुर्घटनाः पाँचको मृत्यु नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । 
सयपत्री फूलको बिक्रीबाट  पाँच लाख आम्दानी
सयपत्री फूलको बिक्रीबाट  पाँच लाख आम्दानी यहाँका एक किसानले दशैँ तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट रु पाँच लाख आम्दानी गरेका छन् । स्याङ्जाको चापाकोट नगरपालिका– १ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले सयपत्री फूल तथा माला बिक्रीबाट पाँच लाख बढी आम्दानी गर्न सफल भएका छन् ।
स्थानीय तह उपनिर्वाचन : कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
स्थानीय तह उपनिर्वाचन : कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ? आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।
Weather Update