देशका अधिकांश भागमा मौसम सफा रहने
बुधबार, कात्तिक २१, २०८१
पाँच केजी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
बुधबार, कात्तिक २१, २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।
टेलिकमको पाइपबाट पानी बगेपछि...
मंगलबार, कात्तिक २०, २०८१
पूर्व–पश्चिम राजमार्गमा पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडकको बीचभागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट निरन्तर पानी बगेपछि प्राविधिकहरु मुहानको खोजीमा लागेका छन् । दसैँ अघिदेखि पानी निस्किएर सडक भत्काएपछि पानीको मूल हुनसक्ने अनुमान गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक
बुधबार, कात्तिक १४, २०८१
लुम्बिनी प्रदेश सरकारले एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक सय दिनको अवधिमा सम्पादन भएका एक सय एक उपलब्धि पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेका हुन् ।
भैँसीपालक किसानलाई अनुदान
बुधबार, कात्तिक १४, २०८१
भैँसीपालनमा प्रोत्साहन गर्न किसानलाई अनुदान वितरण गरिएको छ । पाल्पाको तानसेन नगरपालिका–११ वडा कार्यालयले २५ किसानलाई अनुदान वितरण गरेको हो ।
ग्रामीण पर्यटन प्रवर्द्धनका लागि काष्ठ मूर्तिकला तथा चित्रकला
मंगलबार, कात्तिक १३, २०८१
जङ्गलमा सुकेर खेर गइरहेका काठका मुडाबाट पनि त्यति राम्रा र आकर्षक मूति बन्छन् भन्ने धेरैलाई पत्यार लागेको थिएन । तिनै सुकेर खेर गइरहेका गुराँसका काठका मुडाबाट गुल्मीको सत्यवतीमा निकै आकर्षक डिजाइनका मूर्ति बनाएर मूतिर्ककारले सबैलाई दङग पारेका छन् ।
पाल्पामा सयपत्री फूलको माग उच्च
मंगलबार, कात्तिक १३, २०८१
ढकमक्क फुल्दै गरेको सयपत्री फूलले यतिबेला ग्राहक तथा व्यवसायीको मन तानिरहेको छ । तिहार नजिकिँदै गर्दा व्यवसायीलाई फूलको माग आइरहेको छ । वैदेशिक रोजगारीबाट फर्केर पुष्प व्यवसायमा लागेका पाल्पा रामपुर नगरपालिकाका युवा दिलबहादुर थापा र लालबहादुर थापा बारीभरि फूल देख्दा खुसी छन् । बारीमा फूलको रेखदेख गर्ने, ग्राहकको विवरण सङ्कलन...
कृषि उपकरणको प्रयोगले किसानलाई सहज
सोमबार, कात्तिक १२, २०८१
दाङमा कृषि उपकरणको प्रयोग बढ्दै गएको छ । यसले व्यावसायिक रुपमा कृषि कर्म गर्दै आएका किसानलाई सहज भएको छ । उत्पादन समेत बढेको छ ।
नेप्से परिसूचक २७ अङ्कले बढ्यो
सोमबार, कात्तिक १२, २०८१
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २७ दशमलव ४१ अङ्कले उकालो लागेर दुई हजार छ सय ४५ दशमलव ३६ मा पुगेको छ ।
कोहार समुदायको माग : परम्परागत पेसा संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्यो
सोमबार, कात्तिक १२, २०८१
रोहिणी गाउँपालिका–३ धकधइका सोहन कोहारलाई हाल माटोको पाला बनाउन भ्याइनभ्याइ छ । परिवारमा सोहन र मोहन दुई दाजुभाइ रहेका छन् । बुवा राधे कोहारको मृत्युपछि हाल यी दाजुभाइले पूख्र्यौली पेसा सम्हारिरहेका छन् । बुवा व्यावसायिक हुन नसके पनि यी दाजुभाइले पूख्र्यौली पेसालाई व्यावसायिक बनाएका छन् ।
बलेवा–मालढुङ्गा सडक निर्माणमा ढिलाइ
सोमबार, कात्तिक १२, २०८१
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डको सम्झौता सकिन एक महिना मात्रै बाँकी छ । कालोपत्रका लागि बिडारी कन्ट्रक्सनसँग गरिएको सम्झौता २०८१ मङ्सिरमा सकिँदै छ । तर सडकको प्रगति भने जम्मा ५० प्रतिशत मात्रै रहेको छ ।
सीमान्तकृत समुदायलाई घरबासमार्फत रोजगारसँग जोडिदै
सोमबार, कात्तिक १२, २०८१
बागलुङको काठेखोलाका सीमान्तकृत महिला तथा युवालाई घरबास ९होम–स्टे०मार्फत रोजगारसँग जोड्न थालिएको छ । गाउँपालिका वडा नं ३, ५, ७ र ८ का करिब एक सय महिला तथा युवालाई रोजगारसँग जोड्न थालिएको हो । यहाँ गाउँपालिकासँगको साझादेरीमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालको आर्थिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङको...
द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छ : मुख्यमन्त्री आचार्य
सोमबार, कात्तिक १२, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्वपीडितका समस्या समाधान गर्न समावेशी नीति र कानुनी संरचनाको निर्माण गर्दै पीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको बताएका छन् । उनले पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न र उनीहरुको हकअधिकारलाई सम्बोधन गर्नेगरी सरकारले भूमिका निर्वाह गरिरहेको बताए ।


