Shittalpati
प्रधानमन्त्री ओलीद्वारा पिताको स्वास्थ्यावस्थाबारे जानकारी
प्रधानमन्त्री ओलीद्वारा पिताको स्वास्थ्यावस्थाबारे जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय ९त्रिवि० शिक्षण अस्पतालमा उपचाररत रहेका आफ्ना पिताको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीले जानकारी लिएका उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
गुल्मीबाट अख्तियारमा ६० उजुरी दर्ता
गुल्मीबाट अख्तियारमा ६० उजुरी दर्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म जिल्लाका ६० उजुरी दर्ता भएका छन् । उजुरीमध्ये ३५ वटा फछ्र्यौट भएको र बाँकी २५ उजुरी छानविनकै क्रममा रहेको बताइएको छ ।
तरकारीका बेर्ना उमारेर मनग्य आम्दानी
तरकारीका बेर्ना उमारेर मनग्य आम्दानी रामपुरका गोविन्दप्रसाद दुवाडीले एक मौसममा प्याजका बिरुवा बेचर  एक लाख ५० हजा बढी आम्दानी गर्छन् । विगत २८ वर्षदेखि व्यावसायिक रूपमा प्याजका बिरुवा उत्पादन गर्दै आएका उनी गाउँमा असल बिरुवा उत्पादक किसानका रूपमा चिनिन्छन् । 
जटिल रोग लागेकालाई लुम्बिनी सरकारको दुई लाख सहयोग
जटिल रोग लागेकालाई लुम्बिनी सरकारको दुई लाख सहयोग लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ ९पहिलो संशोधन २०८१० कार्यान्वयनमा आएको छ । निर्देशिका अनुसार जटिल रोग लागेका बिरामीले अब रु दुई लाख आर्थिक सहयोग पाउने छन् । 
दाङमा धान उत्पादन बढ्यो
दाङमा धान उत्पादन बढ्यो गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 
जग्गा भाडामा लिएर कृषि गर्नेलाई अनुदान
जग्गा भाडामा लिएर कृषि गर्नेलाई अनुदान गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर कृषि गर्ने किसानलाई जग्गाको भाडाबापतको रकम तिरिदिने भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले भाडामा लिने जग्गाको ५० प्रतिशत अनुदान दिने निर्णय गरेको हो । जग्गाबापतको अनुदान प्राप्त गर्नका लागि किसानले कृषि फर्म दर्ता गरी कम्तीमा पनि १५ रोपनी...
नागरिकलाई सास्ती नहुनेगरी सडक विस्तार गर्न निर्देशन
नागरिकलाई सास्ती नहुनेगरी सडक विस्तार गर्न निर्देशन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल–गोरुसिङ्गे सडक विस्तार गर्दा नागरिकलाई सास्ती नहुने गरी काम अघि बढाउन निर्देशन दिएका छन । 
सुनको मूल्य एक हजार बढ्यो
सुनको मूल्य एक हजार बढ्यो आज सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु एक लाख ६४ हजार कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य रु एक लाख ६३ हजार थियो । 
एउटै व्यक्तिले फलाए चार सय मुरी धान
एउटै व्यक्तिले फलाए चार सय मुरी धान जिल्लाको धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन् । स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाएका हुन् ।
लुम्बिनी प्रदेशमा लगानी भित्रर्याउन छलफल
लुम्बिनी प्रदेशमा लगानी भित्रर्याउन छलफल मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी भित्र्याउन दातृ निकायसँगको छलफललाई तीव्रता दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा मंगलबार ब्रिटिस राजदूतावासका आर्थिक विभाग प्रमुख साम फेलको नेतृत्वमा रहेको टोलीसँग छलफल गर्दै प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी गर्न मुख्यमन्त्री आचार्यले आह्वान गरे ...
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानीमा चहलपहल बढेको छ । धारापानी स्थानीय र बाह्य पर्यटकको घुमघामको रोजाइको स्थान बन्दै गएको छ ।
पञ्चेबाजा संरक्षणमा सक्रिय कला केन्द्र
पञ्चेबाजा संरक्षणमा सक्रिय कला केन्द्र नेपाली समाजमा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । जिल्लाको गढवा गाउँपालिका–६ परिचोकस्थित गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्र लोप हुने अवस्थामा पुगेको बाजाको संरक्षण र प्रवर्द्धन अभियानमा जुटेको हो ।
Weather Update