Shittalpati
सुनको मूल्य दुई हजार छ सयले घट्यो
सुनको मूल्य दुई हजार छ सयले घट्यो सरकारले भन्सार दर घटाएपछि सोमबार नेपाली बजारमा उच्च गिरावट देखिएको सूनको मूल्य आज पनि घटेको छ । आज सुन प्रतितोला रू दुई हजार छ सयले घटेर एक लाख ४८ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
दोहोरो कर तिर्नुपर्दा समस्यामा परेको गुनासो
दोहोरो कर तिर्नुपर्दा समस्यामा परेको गुनासो यहाँका युवा व्यवसायीले दोहोरो कर तिर्नुपर्दा समस्यामा परेको गुनासो गरेका छन्  ।  व्यवसायी अशोक श्रेष्ठले स्थानीय तह, घरेलु र कर कार्यालयमा छुट्टाछुट्टै राजस्व तिर्नुपर्ने समस्या परेको बताए  ।
बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्छ : सभापति देउवा
बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्छ : सभापति देउवा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ ९बिआरआई० मा ऋण लिनुको साटो अनुदान लिनुपर्ने बताएका छन् । 
कारागार र हिरासत कक्ष सुधार गर्नुपर्ने सुझाव
कारागार र हिरासत कक्ष सुधार गर्नुपर्ने सुझाव लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेशभित्रका काराकार तथा प्रहरी हिरासत कक्षको अनुगमन सुरु गरेको छ । मुख्य न्यायाधिवक्ता यमलाल खनालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले पहिलो चरणमा दाङ, अर्घाखाँची, गुल्मी र पाल्पामा रहेका जिल्ला कारागार तथा जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत कक्षको अनुगमन गरेको हो । 
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल भएको छ ।
गुल्मीमा एउटै गाउँबाट चार करोडको सुन्तला निर्यात
गुल्मीमा एउटै गाउँबाट चार करोडको सुन्तला निर्यात गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधाराका विष्णुप्रसाद खनालको सुन्तला खेती पुख्र्यौली पेसा हो । उनको अहिले २९ रोपनी बारीमा सुन्तला बगैँचा छ । कूल एक हजार चार सय सुन्तलाका बिरुवामध्ये आठ सयले उत्पादन दिइरहेका छन् । बाँकी छ सय बिरुवाले अर्को वर्षबाट क्रशमः उत्पादन दिने छन् । गतवर्ष उनले २६ टन सुन्तलाबाट...
काठमाडौँमा तीन शव भेटिए
काठमाडौँमा तीन शव भेटिए काठमाडौँका विभिन्न क्षेत्रमा आजमात्रै तीन जना मृत भेटिएका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको काठमाडौँका प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीद्वारा पिताको स्वास्थ्यावस्थाबारे जानकारी
प्रधानमन्त्री ओलीद्वारा पिताको स्वास्थ्यावस्थाबारे जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय ९त्रिवि० शिक्षण अस्पतालमा उपचाररत रहेका आफ्ना पिताको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीले जानकारी लिएका उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
गुल्मीबाट अख्तियारमा ६० उजुरी दर्ता
गुल्मीबाट अख्तियारमा ६० उजुरी दर्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म जिल्लाका ६० उजुरी दर्ता भएका छन् । उजुरीमध्ये ३५ वटा फछ्र्यौट भएको र बाँकी २५ उजुरी छानविनकै क्रममा रहेको बताइएको छ ।
तरकारीका बेर्ना उमारेर मनग्य आम्दानी
तरकारीका बेर्ना उमारेर मनग्य आम्दानी रामपुरका गोविन्दप्रसाद दुवाडीले एक मौसममा प्याजका बिरुवा बेचर  एक लाख ५० हजा बढी आम्दानी गर्छन् । विगत २८ वर्षदेखि व्यावसायिक रूपमा प्याजका बिरुवा उत्पादन गर्दै आएका उनी गाउँमा असल बिरुवा उत्पादक किसानका रूपमा चिनिन्छन् । 
जटिल रोग लागेकालाई लुम्बिनी सरकारको दुई लाख सहयोग
जटिल रोग लागेकालाई लुम्बिनी सरकारको दुई लाख सहयोग लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ ९पहिलो संशोधन २०८१० कार्यान्वयनमा आएको छ । निर्देशिका अनुसार जटिल रोग लागेका बिरामीले अब रु दुई लाख आर्थिक सहयोग पाउने छन् । 
दाङमा धान उत्पादन बढ्यो
दाङमा धान उत्पादन बढ्यो गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 
Weather Update