Shittalpati
आलेखः फूलखेतीमै रमाएका कृषकहरु
आलेखः फूलखेतीमै रमाएका कृषकहरु केही वर्ष अघिसम्म विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री फूल तथा माला अन्यत्रबाट आउने गथ्र्यो । फूल तथा माला खरिद गर्दा हुने आर्थिक पलायन पछिल्ला वर्षहरुमा जिल्लाभित्रै रहने गरेको छ । ठूला–ठूला सभासमारोह, धार्मिक कार्यहरु, विवाहलगायतमा प्रयोग गर्नका लागि जिल्ला बाहिरबाट फूल तथा माला ल्याउनुपर्ने बाध्यता पछिल्ला वर्षहरुमा न्यूनीकरण हुँदै गइरहेको...
भेडापालनमा भविष्य खोज्दै आस्मन
भेडापालनमा भविष्य खोज्दै आस्मन यहाँको धवलागिरि गाउँपालिका–४, मुदी सिङकोसका २५ वर्षीय युवा आस्मन पुर्जा मगर प्रायः भेडीगोठमै भेटिन्छन् । हिउँदमा बेँसी र बर्खायाममा बुकीका खर्कमा घुम्ती गोठमा भेडाबाख्रा गोठालो गर्नु उनको दैनिकी हो । केही वर्षअघिसम्म रोजगारीको खोजीमा शहरमा भौतारिएका पुर्जा अहिले भेडापालनमै भविष्य खोजिरहेका छन्।
मूल्य खस्किएपछि अदुवा किसान मारमा
मूल्य खस्किएपछि अदुवा किसान मारमा यहाँको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान विकास खड्काको बारीमा अनुमानित ५० क्विन्टल अदुवा छ । यतिबेला बारीको अदुवा खनेर बजार पठाइसक्नु पर्ने हो । तर बजार भाउ नभएका कारण खड्काले अदुवा अझै खनेका छैनन् । 
सहकारीद्वारा मकैको पीठो बजारीकरण
सहकारीद्वारा मकैको पीठो बजारीकरण यहाँको मुसिकोट नगरपालिकामा सहकारीमार्फत मकैको पीठो ब्रान्डिङ गरेर बजारीकरण गरिएको छ । मुसिकोट नगरपालिका–३ स्थित साना किसान कृषि सहकारी संस्थाले बडागाउँ फेदीमा स्थापना गरेको खाद्य प्रशोधन उद्योगबाट मकैको पीठो उत्पादन गरिएको हो । 
धर्मशालाबाट आन्तरिक राजस्व कार्यालयको सेवा पुनः थालनी
धर्मशालाबाट आन्तरिक राजस्व कार्यालयको सेवा पुनः थालनी आन्तरिक राजस्व कार्यालय तुलसीपुरले त्रिसिद्धेश्वरी मन्दिर तुलसीपुरको धर्मशालाबाट आफ्नो सेवा पुनः सुरुआत गरेको छ ।
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ८९ को विन्दुमा कायम भएको हो ।
बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट
बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट यही कात्तिक १०, ११ र १२ गते परेको बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट भएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार हाल जिल्लामा उत्पादन हुनेमध्ये ११ प्रतिशत काटिसकेको धान पानीमा भिजेको छ ।
आम्दा अस्पताल : दश वर्षमा करिब नौ लाख बढीलाई स्वास्थ्य सेवा
आम्दा अस्पताल : दश वर्षमा करिब नौ लाख बढीलाई स्वास्थ्य सेवा बुटवलमा सञ्चालित सिद्धार्थ बाल तथा महिला ९आम्दा० अस्पतालले एक दशकमा झण्डै नौ लाख बढीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले १० वर्षको अवधिमा बहिरङ्ग सेवा ९ओपिडी०, आकस्मिक सेवा तर्फ, अस्पतालमा भर्ना९इन्डोर० तर्फ र प्रसूति सेवा लिने गरी नौ लाख २६ हजार ४६२ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।
पदयात्रीको रोजाइमा ‘देवचुलीडाँडा’
पदयात्रीको रोजाइमा ‘देवचुलीडाँडा’ पछिल्लो समय देवचुली नगरपालिका–६ स्थित ‘देवचुलीडाँडा’ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पदयात्रा गर्न रुचि हुनेहरूको आगमन बढ्नुका साथै देचवुलीडाँडा जिल्लाकै प्रमुख पदयात्राको गन्तव्यसमेत बन्दै गएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको सबैभन्दा अग्लोडाँडाका रूपमा समुद्र सतहदेखि करिब एक हजार ९ सय ३६ मिटर उचाइमा पर्दछ ।
बेमौसमी वर्षाले धानमा क्षति, किसान चिन्तित
बेमौसमी वर्षाले धानमा क्षति, किसान चिन्तित सम्मरीमाई गाउँपालिका–६ स्थित अवधपुरका  किसान सङ्ग्राम केवट धान भित्र्याउने र नयाँ बाली रोप्ने बेलामा भएको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्‍याएपछि चिन्तित भएका छन्  ।
सभामा बोल्दैगर्दा ढलेका मजदुर नेता गौतमको निधन
सभामा बोल्दैगर्दा ढलेका मजदुर नेता गौतमको निधन उद्योगमा विद्युत् कटौती भएको बिरोधमा मन्तव्य राख्दै गर्दा ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घले विद्युत् कटौतीको विरोधमा आयोजना गरेको कार्यक्रममा संस्थागत धारणा राख्नेक्रममा ढलेर जिफन्टका उपाध्यक्ष गौतमको विहीबार मृत्यु भएको हो ।
Weather Update