नवलपरासी कारागारमा २२२ कैदीबन्दी फर्किए
बिहीबार, असोज ९, २०८२
शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण
सोमबार, असोज ६, २०८२
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् ।
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको शपथ
सोमबार, असोज ६, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हा, महाविर पुन, मदनकुमार परियार र जगदीश खरेललाई शपथ गराएका हुन् ।
दाङका पाँच अतिरिक्त हुलाक कार्यालय बन्द
सोमबार, असोज ६, २०८२
दाङका पाँचवटा अतिरिक्त हुलाक कार्यालयहरू बन्द भएका छन् । हुलाक निर्देशनालय दाङका अधिकृत शोभाराम बस्नेतका अनुसार तुलसीपुर–१३ को फूलबारी, तुलसीपुर–१८ बेलझुण्डी, तुलसीपुर–४ को हलवार, बबई गाउँपालिकाको पुरन्धारा, दङ्गीशरण गाउँपालिकाको गोल्टाकुरीमा रहेका अतिरिक्त हुलाक कार्यालयहरू बन्द भएका हुन् ।
दुर्गा पक्ष सुरु बडादसैको रौनक:आज घरघरमा घटस्थापना गरिँदै
सोमबार, असोज ६, २०८२
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसै आजदेखि प्रारम्भ भएको छ ।
गत वैशाखदेखि हालसम्म विपद्का घटनामा २४३ जनाको निधन
शनिबार, असोज ४, २०८२
गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपदका घटना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
अविरल वर्षाले धानबालीमा क्षति
शनिबार, असोज ४, २०८२
हालैको अविरल वर्षात्ले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका धान बालीमा क्षति पुर्याएको छ ।
रूपन्देहीमा डुबेर एक बालकको मृत्यु
शुक्रबार, असोज ३, २०८२
खोलामा पौडी खेल्ने क्रममा डुबेर बिहीबार एक जना बालकको मृत्यु भएको छ ।
बुटवल–नारायणगढ सडक अवरुद्ध
शुक्रबार, असोज ३, २०८२
पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा पहिरो झरेकाले सडक अवरुद्ध भएको हो ।


