Shittalpati
अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन
अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन हुनसकेको छैन । कालीगण्डकी करिडोर सडकको गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्बा भन्ने स्थानमा सोमबार दिउँसो सडकमा चट्टानसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । 
नेप्से परिसूचकमा सामान्य सुधार
नेप्से परिसूचकमा सामान्य सुधार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले बढेर दुई हजार छ सय ५८ दशमलव ६६ विन्दुमा कायम भएको हो ।
पहिरोले कालीगण्डकी करिडोर  अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर  अवरुद्ध पहिरोका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत जिल्लाको कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्वामा आज अपराह्न सडक माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 
विपन्न बालबालिकालाई पोषण तथा शैक्षिक सामग्री सहयोग
विपन्न बालबालिकालाई पोषण तथा शैक्षिक सामग्री सहयोग पाल्पाको रामपुर नगरपालिकाकाले बालबालिकालाई पोषण तथा सहायक शैक्षिक सामग्री प्रदान गरेको छ । शारीरिक तथा मानसिक समस्यामा रहेका, दीर्घरोगी, पारिवारिक लगायतका विभिन्न समस्यासँग जुँधिरहेका बालबालिकालाई पोषणयुक्त आहार, पठनपाठनका लागि सहायक सामग्री सहयोग गरिएको छ । 
वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियान’
वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियान’ स्याङ्जाको वालिङ नगरपालिका– १४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत विद्यालयले दिवा खाजामा प्रयोग गर्ने सामग्री विद्यालयमै उत्पादन गर्दै आएको छ ।
धुर्कोट–इस्मा जोड्ने झोलुङ्गे पुल निर्माण
धुर्कोट–इस्मा जोड्ने झोलुङ्गे पुल निर्माण गुल्मीमा दुई गाउँपालिका जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ । जिल्लाको पश्चिम क्षेत्रका धुर्कोट र इस्मा गाउँपालिका जोड्ने गरी तीन सय ७० मिटर लामो झोलुङ्गे पुलको निर्माण गरिएको हो ।
तरबुजा बिक्री गरेर रु १२ लाख आम्दानी
तरबुजा बिक्री गरेर रु १२ लाख आम्दानी रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन् ।
गुल्मीमा कफीका बिरुवाको माग बढ्दो
गुल्मीमा कफीका बिरुवाको माग बढ्दो बर्सातको समय सुरु भएसँगै गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक बढेको छ । मुसिकोट नगरपालिका– ५ स्थित कफी विकास केन्द्र आँपचौरमा कफी नर्सरीमा उत्पादित बिरुवा किसानहरूलाई पुर्‍याउन मुस्किल भएको छ ।
इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय
इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय यहाँको वालिङ नगरपालिका–५ थुम्कीका दीपेन्द्र मल्लले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् । पेसाले सिभिल इञ्जिनियर मल्लले डेढ वर्षअघि ‘बी इम्पायर’ नामक फर्म दर्ता गरी व्यावसायिक मौरीपालन सुरु गरेका हुन् । इञ्जिनियरिङ पेसासँगसँगै उद्यमशिलताको अभ्यासस्वरुप स्थानीय सेरेना जातको मौरीपालन थालेको उनले बताए ।
तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य
तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ । 
वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते
वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते वीरगञ्ज महानगर–२२ स्थित ड्राइपोर्ट सडकस्थित सीताराम चोकमा आज विहान ५ बजे सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 
भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद
भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद राजस्व अनुसन्धान कार्यालय बुटवलले चालु आर्थिक वर्षको हालसम्म स्रोत नखुलेको अवैध नेपाली रुपैयाँसहित विभिन्न देशका रु तीन करोड ४६ लाख ५५ हजार ८८० मुद्रा बरामद गरेको छ । बरामद गरिएका मुद्रामध्ये नेपाली रु एक करोड ९१ लाख र भारतीय रु एक करोड ५५ लाख रहेकाराजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ...
Weather Update