विदेशबाट फर्किएका युवा बाख्रापालन व्यवसायमा संलग्न
आइतबार, वैशाख ७, २०८२
किसानलाई मौरीसहित सामग्री वितरण
शनिबार, वैशाख ६, २०८२
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ र २ ढाकावाङका मौरीपालक किसानलाई मौरीसहित आवश्यक सामग्री वितरण गरिएको छ । प्रगति किसान सहकारी संस्थामार्फत मौरीपालक किसानको लागत घटाउँदै बढी मुनाफा लिनसक्ने र आर्थिक अभिवृद्धि गर्ने उद्देश्यले ती सामग्री वितरण गरिएको हो ।
नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो
शनिबार, वैशाख ६, २०८२
सरकारले चालु आर्थिक वर्ष २०८१र८२ को चैत मसान्तसम्म साढे तीन खर्बभन्दा बढी ऋण उठाएको छ भने साढे दुई खर्बभन्दा बढी साँवा–ब्याज तिरेको छ ।
एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
शनिबार, वैशाख ६, २०८२
बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ ।
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नु : प्रधानमन्त्री
शुक्रबार, वैशाख ५, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित वर्तमान सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कसाथ विकास निर्माणसहित सुशासनका काममा केन्द्रित हुन आग्रह गरेका छन् ।
नदीमा बेपत्ता दुई बालकको शव फेला
बिहीबार, वैशाख ४, २०८२
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१५ स्थित नारायणी नदी किनारबाट बेपत्ता भएका दुई बालकको शव फेला परेको छ ।
आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीसम्बन्धी ऐन २६ वर्षपछि कार्यान्वयनमा
बिहीबार, वैशाख ४, २०८२
सरकारले आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरणसम्बन्धी ऐन लागू गरेको छ । विसं २०५५ मा बनेको उक्त ऐन २६ वर्षपछि कार्यान्वयनमा आएको हो ।
सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट
बिहीबार, वैशाख ४, २०८२
दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित रानीजरुवामा सडक निर्माणका लागि दबाब दिन सडकमै केरा रोपेर विरोध जनाइएको छ । बोलपत्र आह्वान भएको तीन वर्ष बित्दा पनि निर्माण नभएको भन्दै स्थानीय युवाहरुले विरोध जनाएका छन् ।
बचत गरेको रकम निकाल्न नपाउँदा...
मंगलबार, वैशाख २, २०८२
यही ५ वैशाखमा छोरीको विवाहको तयारी गर्दै छिन् ५५ वर्षीय मादिका लोनिया । तर, उनको अनुहारमा खुसी छैन । श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा बचत गरेको ६ लाख समयमै फिर्ता हुने छाँटकाँट नहुँदा उनी पीडा र चिन्तामा छिन् ।
टिकटक बनाउने क्रममा कालीगण्डकीमा एक महिला बेपत्ता
सोमबार, वैशाख १, २०८२
कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता भएकी छिन् । पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदी किनारमा स्नान गरेर फर्किने क्रममा भिडियो खिच्न लाग्दा पर्वतको महाशिला गाउँपालिका–५ घर भई पोखरा बस्ने ३५ वर्षीया विष्णु पन्त चिप्लिएर लड्दा नदीमा खसेकी थिइन् ।
गुल्मीमा चार महिनामै पक्की पुल निर्माण
सोमबार, वैशाख १, २०८२
गुल्मीका एक निर्माण व्यवसायीले डेढ वर्षमा बन्ने पुल चार महिनामै निर्माण गरेका छन् । निर्माण व्यवसायी विजय खनालले गुल्मीको मदाने गाउँपालिकाअन्तर्गत अग्लु फेँदी खोला पुल चार महिनामै निर्माण सम्पन्न गरेका हुन् ।
मिर्गौलापीडितलाई सहयोग
आइतबार, चैत ३१, २०८१
गुल्मी जिल्ला समाज युकेले गुल्मी चन्द्रकोट–४ की एक मिर्गौलापीडित महिलालाई रु चार लाख १६ हजार आर्थिक सहयोग गरेको छ । दुवै मिर्गौलाको समस्याबाट पीडित कमला थापामगर खत्रीलाई उक्त सहयोग गरिएको हो ।


