भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर
बिहीबार, चैत १, २०८०
सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस
बिहीबार, चैत १, २०८०
लामो प्रतीक्षापछि सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ पेस गरे ।
गुल्मीको धुर्कोटको ‘विचित्र गुफा’मा विदेशी पर्यटक
बुधबार, फागुन ३०, २०८०
जिल्लाको धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफामा पहिलो पटक विदेशी पर्यटक पुगेका छन् । धार्मिक एवं ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रुपमा पहिलो पटक १७ फ्रान्सेली नागरिक गुफा हेर्न पुगेका हुन् ।
विपिनको खोजी तथा रिहाइको प्रयास गरिदिन आग्रह
मंगलबार, फागुन २९, २०८०
नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि इजरायली राजदूत हनान गोडेरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला
मंगलबार, फागुन २९, २०८०
ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् । अघिल्लो वर्ष एकमहिने तालिम लिएपछि अर्गलका महिलाले सामूहिकरूपमा ढाका उत्पादनमा लागेका हुन् ।
पर्व बिदा विवादरहित बनाइने
मंगलबार, फागुन २९, २०८०
सरकारले हरेक वर्ष फागुन–चैत महिनामा सार्वजनिक बिदा घोषणा गरी सोहीअनुसारको वार्षिक क्यालेन्डर प्रकाशन गरेर बिदा व्यवस्थापन गर्दै आएको छ ।
त्रिकोणात्मक शृङ्खलाको फाइनलमा नेपाल र पपुवा न्यूगिनी
मंगलबार, फागुन २९, २०८०
त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाअन्तर्गत आज भएको दोस्रो खेलमा पपुवा न्यूगिनीले हङकङलाई पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । आजै भएको पहिलो खेलमा पपुवा न्यूगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको थियो ।
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
मंगलबार, फागुन २९, २०८०
राष्ट्रियसभाको अध्यक्षमा सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रिसभाको आजको बैठकमा भएको मतविभाजन प्रक्रियाको मत–परिणाम सुनाउँदै सभाको अध्यक्षता गरिरहेका उपाध्यक्ष उर्मीला अर्यालले दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरेकी थिइन् ।
मुसिकोट नगरपालिकाद्वारा जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन
सोमबार, फागुन २८, २०८०
गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक शत्रदेखि अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो ।
बसको ठक्करबाट घाइते ट्राफिक प्रनानी खत्रीको मृत्यु
सोमबार, फागुन २८, २०८०
कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायव निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ । यही फागुन २० गते जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ...
उत्पादनले बजार नपाउँदा ढाका उद्यमी मर्कामा
सोमबार, फागुन २८, २०८०
बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँका १५ जना उत्साहित महिला मिलेर ढाका उद्योग सञ्चालन गरे । उनीहरुले निरन्तर ढाका बुन्न थाले तर आफ्ना उत्पादनले बजार नपाउँदा अहिले निरास बनेका छन् । उत्पादित ढाकाले गोदाम भरिँदै गए पनि माग निकै कम हुने गरेको छ ।
बदलिएको परिस्थितिअनुसार कार्यसम्पादन गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन
आइतबार, फागुन २७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितिअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिए ।
सात महिनामा रु आठ खर्ब ३९ अर्ब विप्रेषण, १२ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
आइतबार, फागुन २७, २०८०
चालु आर्थिक वर्ष २०८/८१ को माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह, चालु खाता, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह २१ दशमलव छ प्रतिशतले वृद्धि...