गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु
बिहीबार, असार २८, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक पक्राउ
बिहीबार, असार २८, २०८०
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका असनका केशव तुलाधर रहेको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक तथा रवीन्द्र रेग्मीले जानकारी दिए ।
बजार मूल्य राम्रो भएपछि कुरिलोे खेतीप्रति किसानको आकर्षण
बिहीबार, असार २८, २०८०
पछिल्लो समय स्याङ्जाका किसान कुरिलो खेतीप्रति आकर्षित हुँदै गएका छन् । औषधिय गुण भएको कुरिलोको बजार मूल्य राम्रो भएपछि यहाँका किसान कुरिलो खेतीतर्फ आकर्षित हुँदै गएका हुन् ।
दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा
बुधबार, असार २७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धर्मपत्नी स्वर्गीय सीता दाहालको पार्थीव शरीर अन्त्येष्टिका लागि पशुपतिनाथ आर्यघाटमा पुर्याइएको छ । श्रद्धाञ्जलीका लागि नेकपा (माओवादी केन्द्र) को कार्यालय पेरिसडाँडामा राखिएको दाहालको पार्थिव शरीरलाई दिउँसो २ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहाललाई पत्नी शोक
बुधबार, असार २७, २०८०
नेकपा (ओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्नी शोक परेको छ । उनका पत्नी एवं माओवादी केन्द्रका सल्लाहकार सीताको आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।
बाख्रापालनमा हौसिँदै रामपुरका महिला
बुधबार, असार २७, २०८०
करिब एक दशकअघि गाउँको सबैका घर–घरमा कम्तीमा पनि एक–दुईवटा बाख्रापालन गरिन्थ्यो । आम्दानीका लागि बाख्रापालनलाई कमैले मात्र जोड दिने गरिन्थ्यो । गाईभैँसी बाँध्ने गोठमा सामान्य दानापानी, घाँसपात दिएर परम्परागत तरिकाले बाख्रापालन गर्ने चलन थियो ।
सर्पको डसाइबाट चार जनाको निधन
मंगलबार, असार २६, २०८०
कपिलवस्तुमा सर्पले डसाइबाट दुई दिनमा चार जनाको निधन भएको छ । सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको थियो ।
मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापासमा दुर्घटनाग्रस्त
मंगलबार, असार २६, २०८०
मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए ।
जेसिबीको ठक्करबाट बालकको मृत्यु
मंगलबार, असार २६, २०८०
बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट बालकको मृत्यु भएको छ ।
विद्युतीय व्यापार विधेयक राष्ट्रियसभामा पेस
मंगलबार, असार २६, २०८०
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ राष्ट्रियसभा समक्ष पेस गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा मन्त्री रिजालले विद्युतीय व्यापार विधेयक, २०८० प्रस्तुत गर्दै विद्युतीय माध्यमबाट साना तथा मझौला उद्योग व्यवसाय गर्नका लागि यसको आवश्यकता भएको बताए ।
रामपुर नगर सरकारको योजना : कालीगण्डकी नदी किनारमा पैदलमार्ग
मंगलबार, असार २६, २०८०
विश्वमा नै शालिग्राम शिला पाइने एकमात्र नदी कालीगण्डकीलाई पर्यटन विकाससँग जोड्ने प्रयास थालिएको छ । शालग्रामी र कालीनदी नामबाट पनि चिनिने यस कालीगण्डकी नदीलाई आयआर्जनसँग जोड्दै यहाँको धार्मिक तथा पर्यटन विकासका लागि स्थानीय सरकारले योजना अगाडि सारेको छ ।
पाँच वर्षमा चट्याङका कारण ४१९ जनाको ज्यान गयो
सोमबार, असार २५, २०८०
पछिल्लो पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाले ज्यान गुमाएका छन् भने रु छ करोडभन्दा बढी आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले जानकारी दिएइको छ । प्राधिकरणका अनुसार २०७५ सालदेखि हालसम्म सबैभन्दा बढी कोशी प्रदेशमा एक सय आठ र सबैभन्दा कम कर्णाली प्रदेशमा २५ जनाले चट्याङका...
विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जना पक्राउ
सोमबार, असार २५, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

