Shittalpati
छतमा पक्षीपालन गर्दै उमाकुमारी
छतमा पक्षीपालन गर्दै उमाकुमारी मेहनत र जाँगर भयो भने गरिखान प्रशस्त जग्गा पनि नचाहिदो रहेछ । मानिसमा इच्छाशक्ति भए खेतबारी नभए पनि कृषि तथा पक्षीपालन व्यवसायबाट मनग्य कमाइ गर्नका लागि उमाकुमारी श्रेष्ठ समाजमा उदाहरणीय बनेका छन् । पाल्पा रामपुर नगरपालिका– ५ स्थित बेझाड बजार निवासी उनले तीन तला घर माथिको छतमा पशुपक्षीपालन व्यवसाय सञ्चालन...
गत आवमा रु ७८ करोडको सिमेन्ट निर्यात
गत आवमा रु ७८ करोडको सिमेन्ट निर्यात गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट  रु ७८ करोड बराबरको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागका अनुसार गत आवमा तीन सिमेन्ट उद्योगले रु ७७ करोड ९३ लाख ६ हजार बराबरका १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात भएको छ । 
लुम्बिनी प्रदेशमा भारी वर्षा : तटीय क्षेत्रमा सावधानी र सतर्कता अपनाउन आह्वान
लुम्बिनी प्रदेशमा भारी वर्षा : तटीय क्षेत्रमा सावधानी र सतर्कता अपनाउन आह्वान रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएका छन् ।  रुपन्देही, पाल्पा, नवलपरासी, प्यूठान र आसपासका स्थानमा भारी वर्षा मापन भएका छन् । भारी वर्षाका कारण तिनाउ नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती प्रभावित हुनसक्ने जोखिम बढेको जनाइएको छ ।
देशभरका फार्मेसी अनुगमन सुरु
देशभरका फार्मेसी अनुगमन सुरु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित सबै जिल्लामा फार्मेसीको अनुगमन सुरु गरेको छ । औषधि र औषधिजन्य वस्तुको सहीरुपमा उपभोगका साथै फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तरबारे जानकारी लिनका अनुगमन अघि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बताए ।
लाइसेन्स बनाइदिने भनी ठगी गर्ने पक्राउ
लाइसेन्स बनाइदिने भनी ठगी गर्ने पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । 
एक सय ४२ वन्यजन्तुको उद्धार
एक सय ४२ वन्यजन्तुको उद्धार चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा एक सय ४२ वन्यजन्तुको उद्धार गरेको छ । आर्थिक वर्ष २०७९/८० मा दुर्लभ वन्यजन्तु पाटेबाघ, अजिङ्गर, एक सिङ्गे गैँडासहित एक सय ४२ वन्यजन्तुको उद्धार गरिएकोे निकुञ्जले जनाएको छ । 
यस्ता छन् मौद्रिक नीतिका सात लक्ष्य
यस्ता छन् मौद्रिक नीतिका सात लक्ष्य नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिमा विभिन्न सात वटा लक्ष्य निर्धारण गरिएको छ । कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको संरचना र लक्ष्य तय गरेको हो । 
गुल्मीमा नागरिकताभन्दा राहदानी बनाउने बढी
गुल्मीमा नागरिकताभन्दा राहदानी बनाउने बढी गत आर्थिक वर्ष २०७९/८० मा गुल्मीमा नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको संख्या बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार गत आर्थिक वर्षमा जिल्लामा नागरिकता बनाउनेको संख्याभन्दा राहदानी बनाउनेको संख्या करिब पाँच हजारभन्दा बढी छ ।
दुर्घटनामा तीनजनाको मृत्यु
दुर्घटनामा तीनजनाको मृत्यु सुनसरीको इटहरी–१७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा आज दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–१६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिए ।  
वर्तमान सरकार बिपीको नीतिबाट प्रेरित :उपप्रधानमन्त्री खड्का
वर्तमान सरकार बिपीको नीतिबाट प्रेरित :उपप्रधानमन्त्री खड्का उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बिपी कोइरालाको नीतिबाट प्रेरित भइ देश र जनताको पक्षमा काम गरिरहेको बताए  । 
उपप्रधानमन्त्री श्रेष्ठद्वारा विमानस्थल क्षेत्रको अनुगमन
उपप्रधानमन्त्री श्रेष्ठद्वारा विमानस्थल क्षेत्रको अनुगमन उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सबै निकायका प्रमुखसहित  विमानस्थल व्यवस्थापन र सामान निकासी प्रक्रियाबारे आज अनुगमन गरी जानकारी लिएका छन् । 
नेपाल र इयुबीच रु साढे १० अर्बको अनुदान सम्झौता
नेपाल र इयुबीच रु साढे १० अर्बको अनुदान सम्झौता दुईवटा छुट्टाछुट्टै कार्यक्रमका लागि नेपाल र युरोपेली युनियन (इयु) बीच रु साढे १० अर्बभन्दा बढीको अनुदान सम्झौता सम्पन्न भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालको शिक्षा र वातावरण क्षेत्रमा खर्च गर्ने गरी उक्त अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 
Weather Update