Shittalpati
जापानिज इन्सेफ्लाइटिसबाट एकजनाको मृत्यु
जापानिज इन्सेफ्लाइटिसबाट एकजनाको मृत्यु नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँका अनुसार कावासोतीका–२ का ६६ वर्षीय एक महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको हो । बिरामी भएर भदौ ६ गते चितवनस्थित अस्पतालमा भर्ना भएकोमा उनको भदौ ७ गते मृत्यु भएको हो । 
नक्कली विज्ञापनको भर पर्दा रु ३४ लाख डुब्यो
नक्कली विज्ञापनको भर पर्दा रु ३४ लाख डुब्यो देशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरु ठगीमा परेका छन् । उनीहरुले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।
भ्रष्टाचार अभियोगमा मुद्दा दायर
भ्रष्टाचार अभियोगमा मुद्दा दायर ख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय
संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित तीन दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूलसमारोह समितिको बैठकले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो ।
प्रभात काव्यगोष्ठीमा जनजीवनका कविता
प्रभात काव्यगोष्ठीमा जनजीवनका कविता नागार्जुन साहित्यिक प्रतिष्ठानले आज आयोजना गरेको ‘सुप्रभात काव्यगोष्ठी’ मा कविहरुले जीवन र अस्तित्वबोधसँग सम्बन्धित रचना प्रस्तुत गरेका छन् । 
टापुधाममा १२ लाख शिवलिङ्ग स्थापना
टापुधाममा १२ लाख शिवलिङ्ग स्थापना शालिग्राम शिला क्षेत्रका रूपमा परिचित टापुधाम क्षेत्रमा १२ लाख १२ हजार आठ सय ८८  शिवलिङ्ग स्थापना गरिएको छ । कालीगण्डकी नदीको तटमा अवस्थित पाल्पा रामपुर नगरपालिका–१ स्थित टापुधाम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न  शिवलिङ्ग स्थापना गरिएको हो ।
बहराइनमाथि नेपालको जित
बहराइनमाथि नेपालको जित आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । 
जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व बिहीबार मनाउनु नै शास्त्रसम्मत
जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व बिहीबार मनाउनु नै शास्त्रसम्मत यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व धर्मशास्त्र, संस्कृति र परम्पराअनुसार यही भदौ १४ गते बिहीबार नै मनाउनुपर्नेमा धर्मशास्त्रविद्हरुले जोड दिएका छन् ।
सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै मृत्यु
सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै मृत्यु विषालु सर्पले डस्दा यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटाल रहेको जनाइएको छ । 
‘एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम’ कार्यान्वयनमा आयो 
‘एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम’ कार्यान्वयनमा आयो  नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) को संयुक्त लगानीको ‘एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम’ कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा भएको छ ।
Weather Update