सरकारी खाता रोक्का
सोमबार, असार २५, २०८०
गोरू पाल्ने किसानलाई प्रोत्साहन भत्ता
सोमबार, असार २५, २०८०
गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमूलक कार्यक्रम ल्याइएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भत्ता दिने भएको छ ।
२४ कम्पनीलाई सोधियो स्पष्टीकरण
आइतबार, असार २४, २०८०
सार्वजनिक खरिद अनुगमन कार्यालयले २४ निर्माण कम्पनी तथा आपूर्तिककर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई सात दिने स्पष्टीकरण सोधेको हो ।
एसइईको पूरक परीक्षा साउन २६ र २७ गते हुने
शनिबार, असार २३, २०८०
माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ ।
जेष्ठ नागरिकलाई घरमै पुगेर सम्मान
शनिबार, असार २३, २०८०
स्याङ्जाको वालिङ नगरपालिका–८ ले चौरासी वर्ष पूरा भएका जेष्ठ नागरिकलाई बुधबार सम्मान गरेको छ । वडा अध्यक्षसहित जनप्रतिनिधि तथा कर्मचारीले जेष्ठ नागरिकको घरदैलोमै पुगेर सम्मान गरेका हुन् ।
आगामी दुई शनिबार बैंक खुल्ने
शुक्रबार, असार २२, २०८०
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालार्ई असार २३ र ३० गते शनिबारका दिन सेवा बन्द नगर्न परिपत्र गरेको छ । चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले परिपत्र गरेको हो ।
‘नारी’ टेलिभिजन प्रसारणमा
बिहीबार, असार २१, २०८०
नेपालको पहिलो महिला टेलिभिजन च्यानलका रुपमा ‘नारी’ टेलिभिजनको एचडी प्रशारण प्रारम्भ भएको छ । नारीका नसुनिएका कथा, उत्पीडनको व्यथा, भूमिका र महत्व, समाज परिवर्तनमा अग्रसरतालगायतका कुरालाई टिभीले समेट्ने उद्देश्य राखिएको अध्यक्ष निकिता पौडेलले जानकारी दिइन् ।
एसइई नतिजा : माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढे
बिहीबार, असार २१, २०८०
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को परीक्षाफलमा अघिल्लो वर्षको तुलनामा संवत् २०७९ को परीक्षामा माथिल्लो ग्रेड ९स्तरीकृत अङ्क० ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको पाइएको छ । प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो ।
एसइई परीक्षाफल प्रकाशित
बिहीबार, असार २१, २०८०
राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ ।
एसइईको नतिजा आज सार्वजनिक गरिँदै
बिहीबार, असार २१, २०८०
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
प्रविधिले गोरू विस्थापित
बिहीबार, असार २१, २०८०
असार सुरू भएपछि खेतमा हलगोरू नारेर धान रोप्ने प्रचलन थियो । सबै जसो घर–घरमा कम्तीमा एक हल गोरू पालिएकै हुन्थ्यो । असार लागेपछि पालैपालो गाउँमा गोरूले खेत हिलो गर्ने र धान रोप्ने चलन रहे पनि अहिले भने यो गाउँमा हराइसकेको छ । ट्याक्टर तथा पावर टिलर, मिनिटिलर नपुग्ने ठाउँमा छिटफुट...
श्रम स्वीकृति लिने बढ्दै
बुधबार, असार २०, २०८०
पछिल्लो समय वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीहरुको सङ्ख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या करिब सात लाख ४० हजार रहेको छ । उक्त सङ्ख्या दिनैपिच्छे बढ्दै गएको विभागले जनाएको हो ।
तिनाउ नदीमा बाढीः तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
मंगलबार, असार १९, २०८०
लगातारको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ । सोमबार रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा भीषण वर्षा भइरहेको छ । यसले तिनाउ नदीमा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


