लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको कार्यक्रम तीन चरणमा
बिहीबार, साउन ३२, २०८०
भ्रष्टाचारको रकम जम्मा गर्न अलग खाता, सात जना विरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, साउन ३२, २०८०
मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले रूपन्देहीका सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउँपालिकाको विभिन्न विकास निर्माणको काममा तथा तालिम कार्यक्रममा कमिसन लिएको आरोपसहित सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
बाढी र पहिरोका कारण ६१ जनाको मृत्यु
बुधबार, साउन ३१, २०८०
भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण पछिल्लो दुई दिनमा मृत्यु हुनेको संख्या ६१ पुगेको छ । सिमलाको समर हिल क्षेत्रमा गएको भीषण पहिरोले क्षति पु¥याएपछि पछिल्लो दुई दिनमा जारी खोजी तथा उद्धार कार्यमा १२ जनाको शव फेला परेको छ भने नौ जना...
बाँध र निकास नहुँदा डुबानको समस्या
बुधबार, साउन ३१, २०८०
लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भरथापुरका भुलई धुनियाको घर खोला तटबाट एकसय मिटरभित्र छ । बर्खाको समयमा दानव खोलाको बाढीले बर्सेनि घर डुबानमा पर्ने हुनाले उनलाई गाउँमा रहेको आश्रयस्थलमा बिताउनुपर्ने बाध्यता छ ।
उत्तरवाहिनीमा एक सय आठ धारा बन्दै
बुधबार, साउन ३१, २०८०
यहाँस्थित प्रसिद्ध उत्तरवाहिनी क्षेत्रमा एक सय आठ धारासहित विशाल शङ्खे, हिमाल, गुफा, मुक्तिनाथ भगवानको प्रतिमालगायतका संरचना बन्ने भएको छ । एक सय आठ धारा निर्माण भइरहेका छन् ।
पेट्रोलपम्पमा आगो लाग्दा २७ जनाको मृत्यु
मंगलबार, साउन ३०, २०८०
रुसको ककेसस गणतन्त्र दागेस्तानमा रहेको एक पेट्रोल पम्पमा आगलागीसँगै विस्फोट हुँदा २७ जनाको मृत्यु भएको ६ भने सयभन्दा बढी घाइते भएका छन् ।
प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागू
मंगलबार, साउन ३०, २०८०
नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकूलको मापदण्ड लागू भएको छ । प्रहरी प्रधान कार्यालयले ‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड, २०७९’ अनुसार प्रहरी निरीक्षकको सरुवा गरेको छ ।
बरामद सुनको तौल ६० किलो ७१६ ग्राम कायम
मंगलबार, साउन ३०, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छली अवैध रुपमा नेपाल भित्रिएको सुनको वास्तविक तौल ६० किलो सात सय १६ ग्राम कायम भएको छ ।
कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी
मंगलबार, साउन ३०, २०८०
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
अब वर्षा कमहुँदै जान्छ : मौसम पूर्वानुमान महाशाखा
मंगलबार, साउन ३०, २०८०
गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा हिजो सोमबारबाट केही कम भएको छ । शनिबार र आइतबारको तुलनामा अबको एक–दुई दिन वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।
भारी वर्षाका कारण २४ जनाको मृत्यु
सोमबार, साउन २९, २०८०
भारतमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । मृतकमध्ये नौ जनाको मन्दिर भत्किँदा मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
कागखोला बाढी : स्थानीय भन्दछन्, ‘ज्यान त बच्यो, हेर्दा हेर्दै घरबारविहीन भयौं’
सोमबार, साउन २९, २०८०
मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका-४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान आइतबार राति ८ बजे खाना खाने तयारी गर्दै थिए । कालीगण्डकी र कागखोलाको दोभान नजिकैको विद्यालयको छात्रावासमा बस्ने शिक्षक, विद्यार्थी र स्थानीयवासीको बाढी आएको सूचना पाएपछि भागदौड भएको थियो ।
वर्षा अझै केही दिन : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध
सोमबार, साउन २९, २०८०
अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसपास रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।


