Shittalpati
बस र कार ठोक्किँदा एकै परिवारका सातको मृत्यु
बस र कार ठोक्किँदा एकै परिवारका सातको मृत्यु  राजस्थानको बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनामा एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन् । उनीहरू वैवाहिक समारोहमा सहभागी हुन सिकरबाट नागौर जाँदै थिए ।
सात बालबालिकाको भारतबाट उद्धार
सात बालबालिकाको भारतबाट उद्धार नेपालका विभिन्न जिल्लाबाट हराएका सात बालबालिकाको भारतबाट उद्धार गरिएको छ । विगत छ वर्षदेखि मानव बेचबिखनविरूद्ध कार्यरत सामाजिक संस्था केआइएन इन्डियाले भारतका विभिन्न स्थानबाट उद्धार गरिएका चार बालक र तीन बालिकालाई सुनौली नाका हुँदै शनिबार स्वदेश फिर्ता गराएको हो । 
अविरल वर्षाले हवाई उडान प्रभावित
अविरल वर्षाले हवाई उडान प्रभावित गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् ।
गर्भवतीलाई अल्ट्रासाउण्ड सेवा निःशुल्क
गर्भवतीलाई अल्ट्रासाउण्ड सेवा निःशुल्क बुटवल उपमहानगरपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणका लागि ‘अल्ट्रासाउण्ड’ (भिडियो एक्सरे) सेवा निःशुल्क सुरु गरेको छ । बुटवल उपमहानगरपालिका–९ र ११ का लागि बुद्धनगरस्थित सहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा सुरु भएको घोषणा गरेका हुन् ।
पहिरोमा खसेको ढुङ्गा लागेर प्रहरीको मृत्यु
पहिरोमा खसेको ढुङ्गा लागेर प्रहरीको मृत्यु मकवानपुरमा सुक्खा पहिरामा खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ मृत्यु भएको हो ।
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स स्याङ्जाको चापकोट नगरपालिकामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ । नगरपालिकाले आफ्नो नगरभित्रका गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको नगर प्रमुख ईश्वर खाणले जानकारी दिए । उनले यही साउन ५ गतेको नगर कार्यपालिकाको बैठकले सम्भावित जोखिमबाट बचाउने उद्देश्य राखेर गर्भवती तथा सुत्केरीका...
आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै
आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै आइतबार आठ वर्ष अवधिको रू १० अर्ब बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ । सरकारकोतर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको हो ।
स्वास्थ्य सवलताका लागि ‘नर्सिङ घरदैलो कार्यक्रम’
स्वास्थ्य सवलताका लागि ‘नर्सिङ घरदैलो कार्यक्रम’ स्याङ्जाको वालिङमा नागरिकको स्वास्थ्य सवलताका लागि ‘नर्सिङ घरदैलो कार्यक्रम’ सञ्चालन गरिएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिका बीच सम्झौतापत्रमा हस्ताक्षर भई उक्त कार्यक्रम सञ्चालनमा आएको हो ।
छापिएको दुई लाख अनुमतिपत्र लिन आएन् सेवाग्राही
छापिएको दुई लाख अनुमतिपत्र लिन आएन् सेवाग्राही नागरिकले चालक अनुमतिपत्र पाउन डेढवर्षसम्म कुरिरहँदा लाखौँ सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् । अहिले झण्डै दुई लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जनाएको छ । 
विद्यालय शिक्षा विधेयक संसद्‌मा दर्ता हुन ढिलाइ
विद्यालय शिक्षा विधेयक संसद्‌मा दर्ता हुन ढिलाइ नेपाल सरकार (मन्त्रिपरिषद्) बाट यही साउन १६ गते स्वीकृत भए पनि हालसम्म विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्‌मा दर्ता भएको छैन ।
विपद्‍बाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु
विपद्‍बाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्‍बाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपद्‍मा परेर ४१ जनाले ज्यान गुमाएका छन् । एकतीस जना बेपत्ता छन् । 
औषधि सेवनबाट गर्भपतन गराउने बढ्दै
औषधि सेवनबाट गर्भपतन गराउने बढ्दै स्याङ्जामा औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा एक हजार एक सय ६४ जनाले सरकारी स्वास्थ्य संस्थामा गएर सुरक्षित गर्भपतन गराएका छन् ।
Weather Update