Shittalpati
स्याङ्जाको छुर्पी अमेरिका निर्यात
स्याङ्जाको छुर्पी अमेरिका निर्यात स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित  छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध संकलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएको समेत बताए ।
समाजवादी प्रेस सङ्गठनले असोजभित्र सातै प्रदेश भेला गर्ने
समाजवादी प्रेस सङ्गठनले असोजभित्र सातै प्रदेश भेला गर्ने समाजवादी प्रेस सङ्गठनले आगामी असोजभित्र सातै प्रदेशमा भेला आयोजना गर्ने भएको छ । सङ्गठनको शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले निर्धारित समयमा ती भेला सम्पन्न गरी सङ्गठनको संरचना र सामथ्र्य विस्तार गर्ने निर्णय गरेको हो ।
आम मानिसमा वित्तीय साक्षरता फैलाउन जरुरी 
आम मानिसमा वित्तीय साक्षरता फैलाउन जरुरी  नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले प्रविधिको विकाससँगै आम मानिसमा वित्तीय साक्षरता बढाउन जरुरी रहेको बताएका छन् ।
लोपोन्मुख रैथाने ‘तिल्की’ धान  संरक्षण  गर्न  थालियो    
लोपोन्मुख रैथाने ‘तिल्की’ धान  संरक्षण  गर्न  थालियो     स्दाङमा रैथाने ‘तिल्की’ धान संरक्षण गर्न थालिएको छ । पछिल्लो समय लोपन्मुख मानिएको उक्त धान तुलसीपुर उपमहानगरपालिका–१८ स्थित विजौरीमा करिब दुई बिघा जग्गा भाडामा लिएर खेती सुरुवात गरिएको हो । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र र संयुक्त राष्ट्रसंघीय विश्व वातावरण कोष साना अनुदान कार्यक्रमबीच सम्झौता भई प्राङ्गारिक खेतीअन्तर्गत तिल्की...
काभ्रेमा यस वर्ष सिँचाइका तीन सय ७७ योजना
काभ्रेमा यस वर्ष सिँचाइका तीन सय ७७ योजना काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्ष २०८०–०८१ मा तीन सय ७७ सिँचाइ आयोजना निर्माणको काम सञ्चालन हुनेछ । यसमध्ये सात वटा ठूला सिँचाइ आयोजना रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय धुलिखेलले जनाएको छ ।
वर्ष दिनमा आठ सय बढी पुस्तक अध्ययन गरिन आठ वर्षीया लिनाले
वर्ष दिनमा आठ सय बढी पुस्तक अध्ययन गरिन आठ वर्षीया लिनाले नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ को पावर हाउस जाने बाटोको नजिकै छ सत्यदेवी माध्यमिक विद्यालय । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा अवस्थित उक्त विद्यालयमा कक्षा दुईमा अध्ययनरत छिन् आठ वर्षीया लीना पाण्डे । उनले एक वर्षको अवधिमा आठ सय ६७ पुस्तक पढेर सबैलाई चकित पारेकी छिन् ।
‘छाप्राकको राते पहराले निदाउन दिँदैन’
‘छाप्राकको राते पहराले निदाउन दिँदैन’ दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो ‘छाप्राक’ । गाउँमाथि राते पहरो छ । यही पहराका कारण छाप्राक जोखिममा छ । गाउँलेको एउटै पिरलो छ, कतिबेला के पो हुन्छ ? पानी पर्दा होस् या पानी बिसाएपछिको चर्को घाम लाग्दा होस् । उनीहरुलाई उही राते पहराले निदाउन दिँदैन ।
भदौ ११ गते संसदीय समितिका सभापतिको निर्वाचन
भदौ ११ गते संसदीय समितिका सभापतिको निर्वाचन प्रतिनिधिसभाअन्तर्गत गठित १० विषयगत समितिका सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरले समितिका सभापतिको निर्वाचन भदौ ११ गते दिउँसो ३ः०० बजे हुने जानकारी गराए ।
तीर्थयात्री चढेको बस दुर्घटना, ७ जनाको मृत्यु
तीर्थयात्री चढेको बस दुर्घटना, ७ जनाको मृत्यु बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस विहीबार बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो ।
अब प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष हुने
अब प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुने भएको छ । यसअघि यो प्रमाणपत्रको अवधि एक वर्षको हुँदा राजधानीभन्दा बाहिरका पत्रकारलाई समस्या पर्दै आएको थियो ।
धादिङ बस दुर्घटना : आठको मृत्यु, १७ घाइतेको उद्धार, खोजी कार्य जारी
धादिङ बस दुर्घटना : आठको मृत्यु, १७ घाइतेको उद्धार, खोजी कार्य जारी धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा केही बेरअघि भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनितर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको थियो ।
Weather Update