राजश्व हिनामिना गरेको अभियोगमा मुद्दा दायर
सोमबार, कात्तिक २०, २०८०
विपद्को सूचनामा संवेदनशील बन्न काउन्सिलको आग्रह
आइतबार, कात्तिक १९, २०८०
प्रेस काउन्सिल नेपालले प्राकृतिक विपत्का समयमा गरिने सूचना सम्प्रेषण संवेदनशील प्रकृतिको हुने भएकाले गलत सूचना र सन्देश प्रवाह नगर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।
लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने
शनिबार, कात्तिक १८, २०८०
लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने भएको छ । शनिबार तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए ।
सरकारले जाजरकोट र रुकुम पश्चिममा पाँच/पाँच करोड पठाउने
शनिबार, कात्तिक १८, २०८०
सरकारले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई केन्द्रीय राहत व्यवस्थापन कोषबाट तत्काल पाँच/पाँच करोड पठाउने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज बसेको सरोकारवालाको बैठकले तत्कालका लागि १० करोड आर्थिक सहायता पठाउने निर्णय गरेको हो ।
जाजरकोट भूकम्प : मृतकको संख्या १३७ पुुग्यो , १६० घाइते
शनिबार, कात्तिक १८, २०८०
भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको संख्या एक सय ३७ पुगेको छ । कर्णाली प्रदेशका कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका...
जाजरकोट भूकम्प : मृतकको संख्या १३३ पुुग्यो, १८५ घाइते
शनिबार, कात्तिक १८, २०८०
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ३३ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ८५ जना घाइते भएका छन् ।
लुम्बिनीबाट सगरमाथा आधार शिविर लगियो शान्ति दीप
शनिबार, कात्तिक १८, २०८०
हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तको असर र विश्व शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ । नेपाल पर्वतारोहण संघले विश्व शान्तिको कामनासहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रित गर्न लुम्बिनीबाट शान्ति दीप सगरमाथाको आधार शिविर कालापत्थरतर्फ हिँडाएको हो ।
मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ : प्रधानमन्त्री
शुक्रबार, कात्तिक १७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । सरकार लागि सरकारले वृहतकार्य योजनाकासाथ आउने पनि उनको भनाइ छ ।
श्रम स्वीकृतिका लागि नक्कली कागजात बनाउने पक्राउ
बिहीबार, कात्तिक १६, २०८०
श्रम स्वीकृति लगायत वैदेशिक रोजगारीका लागि नक्कली कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पढाउन छाडेर कृषिकर्ममा हुमनाथ, वार्षिक १२ लाख आम्दानी
बिहीबार, कात्तिक १६, २०८०
स्याङ्जाको वालिङ नगरपालिका–५ पित्लेकका हुमनाथ लामिछानेले जिल्लामा सफल किसानको पहिचान बनाउ सफल भएका छन् । उनीद्वारा सञ्चालित पित्लेक कालिका कृषि फार्म पछिल्लो समय अध्ययन, अवलोकन र अनुसन्धानको उत्कृष्ट थलो बनेको छ ।
वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या
बुधबार, कात्तिक १५, २०८०
वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा प्राविधिक समस्या आएको छ ।
नगद र सुनका गहना चोरी गर्ने तीन पक्राउ
बुधबार, कात्तिक १५, २०८०
काठमाडौँको सिनामङ्गलबाट नजिर अन्सारीको साथमा रहेको सुनका गरगहना तथा नगद चोरी गर्ने तीन जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।


