किसानलाई अलैँची भित्र्याउन चटारो
शनिबार, मंसिर २, २०८०
आगलागीबाट क्षति
शनिबार, मंसिर २, २०८०
अस्पतालसँगै रहेको खाद्य तथा व्यापार कम्पनी लिमिटेडको भवनमा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरमा अचानक विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दले जानकारी दिए । आगो लागेपछि अस्पतालमा भर्ना भएका बिरामीलाई अन्य अस्पतालमा पठाइएको छ ।
छठ पर्व विधिवत् रुपमा सुरु
शनिबार, मंसिर २, २०८०
जिल्लाको माडर, बरयारपट्टि, ठाडी नाका नजिक रहेको भारतीय बजारका साथै सिरहा बजार, कल्याणपुर, भगवानपुर, सुखिपुर, लहान, धनगढी, गोलबजार, चोहर्वा, मिर्चैयालगायत स्थानीय बजारमा पूजाको सामग्री किनमेल गर्नेको घुइँचो लागेको छ ।
‘विपीनको उद्धार गर्न पहल भइरहेको छ’
शनिबार, मंसिर २, २०८०
शनिबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा मन्त्री साउदले इजरायल सरकारका अनुसार जोशी बन्धक अवस्थामा जीवित रहेको र उनलाई मुक्त गराउन अमेरिकाका परराष्ट्रमन्त्रीदेखि कतारका विदेशमन्त्रीसित आग्रह गरेको जानकारी दिए ।
सरकारी कार्यालय खुले पनि चहलपहल कम
शुक्रबार, मंसिर १, २०८०
हिन्दूहरुकोे दोस्रो महान् चाड तिहारको सार्वजनिक बिदापछि मुलुकभरका सरकारी कार्यालय खुले पनि चहलपहल भने कम भएको छ ।
अलपत्र गाईबाच्छाको उद्धार र संरक्षणमा जोड
बिहीबार, कात्तिक ३०, २०८०
असहाय गाईबाच्छा संरक्षण अभियानले काठमाडौँ उपत्यकालाई असहाय गाईबाच्छामुक्त क्षेत्रका रूपमा विस्तार गर्न हरेक पालिकामा सुविधासम्पन्न काञ्जी हाउस स्थापना हुनुपर्ने माग गरेको छ ।
हङ्गेरीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
बिहीबार, कात्तिक ३०, २०८०
हङ्गेरीका लागि नेपालका गैरआवासीय राजदूत रामकाजी खड्काले त्यहाँका राष्ट्रपति क्याटलिन नोभाकसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते
बिहीबार, कात्तिक ३०, २०८०
अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो ।
भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
बिहीबार, कात्तिक ३०, २०८०
उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ । तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो ।
हतियार प्रहारबाट युवक घाइते
बिहीबार, कात्तिक ३०, २०८०
बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् ।
बीस रुपैयाँको विवादमा महिलाको हत्या
शुक्रबार, कात्तिक २४, २०८०
अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका–९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो ।
आँधीखोलामा पुल बनेपछि चार जिल्लालाई सहज
बिहीबार, कात्तिक २३, २०८०
कालीगण्डकी लोकमार्गअन्तर्गत आँधीमुहानस्थित आँधीखोलामा पुल बनेपछि स्थानीयलाई सहज भएको छ । स्याङ्जाका पश्चिम, पर्वतका दक्षिण, गुल्मी र बाग्लुङ जिल्लाका पूर्वी भागका नागरिकलाई गल्याङ, पाल्पा, बुटवल, नारायणगढ, दाङ र भारतसमेत जान सबैभन्दा छोटो मानिएको बिहादी–सेतीवेणी–मिर्मी सडक खण्ड अन्तर्गत आँधीमुहानमा पुल बनेपछि सहज भएको हो ।
गुल्मीमा राहदानी बनाउनेको भीड, एकदिन अगावै टोकन
मंगलबार, कात्तिक २१, २०८०
गुल्मीमा राहदानी बनाउनेको भीड लागेपछि जिल्ला प्रशासन कार्यालयले एकदिन अगावै टोकन उपलब्ध गराउन थालेको छ । दसैँ र तिहारजस्ता पर्वको मौका छोपी राहदानी बनाउन आउनेको भीड बढेकाले एकदिन अगावै टोकन वितरण सुरु गरिएको उक्त कार्यालयले जनाएको छ ।


