भारतीय तरकारीले बजार पाएपछि नेपाली किसान मर्कामा
शनिबार, मंसिर ९, २०८०
तिहारमा २४ करोड फूलको कारोबार
शुक्रबार, मंसिर ८, २०८०
यो वर्षको तिहारमा रु २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा रु २६ करोडको कारोबार भएकामा यो वर्ष रु दुई करोड कम कारोबार भएको हो ।
चार महिनामा साढे चार खर्ब नाघ्यो व्यापार घाटा
शुक्रबार, मंसिर ८, २०८०
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ ।
प्रहरीमाथि ढुङ्गामुढा गर्ने पाँच पक्राउ
शुक्रबार, मंसिर ८, २०८०
बिहीबार काठमाडौँको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा प्रहरीमाथि ढुङ्गामुढा गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट सुरु
बिहीबार, मंसिर ७, २०८०
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आजदेखि पोखरामा ‘केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट’ प्रतियोगिता सुरु भएको छ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता उद्घाटन गर्दै नेपाल पनि क्रिकेटमा विश्वस्तरमा प्रतिष्पर्धा गर्न सक्ने अवस्थामा पुगेको बताए ।
बोरामा बाँधेर फालेको अवस्थामा दुई शव फेला
बुधबार, मंसिर ६, २०८०
भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कलवडमा आज एक पुरुष र एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार अन्दाजी ३०–३२ वर्षको उमेरका उनीहरुको शव भेटिएको हो ।
विमानस्थल सञ्चालन नहुँदा व्यवसायी निराश, दबाब दिन विमानको प्रवेशद्वार
मंगलबार, मंसिर ५, २०८०
भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भई सञ्चालनमा समेत आइसकेको छ । विमानस्थल सञ्चालनमा आएको एक वर्ष बढी भइसक्दा पनि नियमित विमान सञ्चालन हुन नसकेका कारण यहाँका उद्योगी व्यवसायी निराश छन् ।
चिसो छल्न चितवनमा ‘पर्यटक’ चरा आउन थाले
मंगलबार, मंसिर ५, २०८०
चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी ‘पर्यटक’ चराको आगमन सुरु भएको छ । जाडो चल्न हाँस प्रजाति सहित बाज, चिललगायतका चरा यहाँ आउन थालेका हुन् ।
गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै
मंगलबार, मंसिर ५, २०८०
ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो । पछिल्ला वर्षमा भने कोदो खेती कम हुँदै गएको बताउँछिन्, पाल्पा रामपुर नगरपालिका–१ स्थित कुमैडाँडाकी ६५ वर्षीया शान्ति विश्वकर्मा ।
भूकम्पपीडितको लागि एक अर्ब ४१ करोड निकासा
सोमबार, मंसिर ४, २०८०
सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रु एक अर्ब ४१ करोड निकासा गरेको छ ।
पाटेबाघ मृत फेला
सोमबार, मंसिर ४, २०८०
चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो ।
२३ पालिकाले बुझाएनन् बजेट विवरण
आइतबार, मंसिर ३, २०८०
चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने हुन्छ ।
परराष्ट्रमन्त्रीद्वारा भवन उद्घाटन
शनिबार, मंसिर २, २०८०
सानो कोठाबाट कार्यालय सञ्चालन गरेको नगरपालिकाले आधुनिक भवनबाट सेवा प्रवाह गर्नु गर्वको विषय हो भने । फरक प्रसङ्गमा परराष्ट्रमन्त्रीले कार्यशैलीमा परिवर्तन गरी प्रशासनतन्त्रलाई बलियो बनाउनका लागि नयाँ निजामती कर्मचारी ऐन, शिक्षा ऐन र प्रहरी नियमावली ल्याउन लागिएको बताए ।


