Shittalpati
बरहथवा घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त
बरहथवा घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त सत्तारूढ दल नेपाली काँग्रेसले सर्लाहीको बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर एकजनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
एक हजार केजी गाँजासहित पक्राउ
एक हजार केजी गाँजासहित पक्राउ बालुवाभित्र राखेर तस्करी गर्न लागेको ठूलो परिमाणको गाँजा सप्तरी प्रहरीले बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चौकबाट उक्त गाँजा बरामद गरेको हो ।
त्रिविको विज्ञापन सच्चाउन प्रधानमन्त्रीको निर्देशन
त्रिविको विज्ञापन सच्चाउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिका लागि प्रकाशित गरेको विज्ञापनमा उल्लेखित प्रावधान सच्चाएर पुनः प्रकाशित गर्न निर्देशन दिएका छन् ।
क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य
क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न अन्तर्राष्ट्रिय चेम्बर शाखासँग सहकार्य र साझेदारी गर्ने सहमति गरेको छ । हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, हिन्दू चेम्बर अफ कमर्स, क्यानडा तथा नेपाल–क्यानडा चेम्बर अफ कमर्सका बीच साझेदारी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको चेम्बर लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोेखरेलले जानकारी दिए ।
नौ कम्पनीसँग स्पष्टीकरण माग
नौ कम्पनीसँग स्पष्टीकरण माग सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै विभिन्न नौवटा निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।
राष्ट्रियसभाको निर्वाचन अधिकृत परिवर्तन
राष्ट्रियसभाको निर्वाचन अधिकृत परिवर्तन निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन गरेको छ । यसअघि तोकिएका जिल्ला न्यायाधीशमध्ये अधिकांश उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका र एक जना अस्वथ्य भएकाले निर्वाचन अधिकृतहरू परिवर्तन गरिएका हुन् ।
नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु
नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक यहाँ सुरु भएको छ । बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा.एस जयशङ्करले आ–आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।
लुम्बिनीमा पर्यटक आगमन बढ्दै
लुम्बिनीमा पर्यटक आगमन बढ्दै कोरोना महामारीका कारण सुस्ताएको बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटनमा पछिल्लो वर्षमा उल्लेख्य सुधार देखिएको छ । कोरोनाकालमा लुम्बिनी भ्रमणमा आउन नपाएका आन्तरिक तथा बाह्य पर्यटक पछिल्लो समय उल्लेख्य बढ्दा कोरोनाले सुस्ताएको लुम्बिनीको पर्यटन लयमा फर्कन थालेको संकेत देखिएको छ । 
भारतीय विदेशमन्त्री नेपाल आउँदै
भारतीय विदेशमन्त्री नेपाल आउँदै परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको  निमन्त्रणामा भारतका विदेशमन्त्री डा एस जयशङ्कर दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौँ आउँदै छन् ।
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस न्याय सेवा आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव रहेका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । 
रामपुरमा वडा कार्यालयबाटै राजस्व संकलन
रामपुरमा वडा कार्यालयबाटै राजस्व संकलन स्थानीयलाई मालपोत कार्यालयमा नै आफ्नो घरजग्गाको राजस्व बुझाउन पुग्नुपर्दा धेरै सास्ती खेप्नुपथ्र्यो । मालपोत कार्यालयदेखि टाढा बसोबास गरेका स्थानीयलाई एक दिनको समय खर्चेर राजस्व तिर्न जानुपर्ने समस्या अहिले रामपुरवासीको अन्त्य भएको छ ।
सहरमा जनसङ्ख्या बढ्दै, ग्रामीण भेगमा घट्दै
सहरमा जनसङ्ख्या बढ्दै, ग्रामीण भेगमा घट्दै राष्ट्रिय तथ्याङ्क कार्यालयले आज नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । सो अध्ययनमा कार्यालयले सहरी, सहरोन्मुख र ग्रामीण क्षेत्रमा भइरहेको बसोबासको तथ्याङ्क विश्लेषण गरेको छ ।
Weather Update