नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता
शुक्रबार, माघ २६, २०८०
स्याङ्जामा पर्यटन पूर्वाधारका ४५ योजना सञ्चालनमा
शुक्रबार, माघ २६, २०८०
स्याङ्जामा चालु आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माण सम्बन्धी ४५ योजना सञ्चालनमा रहेका छन् । गण्डकी प्रदेश सरकारले स्याङ्जाका ४५ योजना निर्माणका लागि बजेट विनियोजन गरेसँगै पर्यटन पूर्वाधार निर्माण थालिएको हो ।
विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन नेपालमा
बिहीबार, माघ २५, २०८०
विश्वका सीमान्तकृत समुदायको आवाज उठाइने विश्व सामाजिक मञ्चको १६औँ संस्करण आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौँमा हुने भएको छ । मञ्च अन्तर्गतको नेपाल आयोजक समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौँको भृकृटीमण्डपमा सम्मेलन हुने जनाइएको हो ।
बसको ठक्करबाट युवकको मृत्यु
बिहीबार, माघ २५, २०८०
धनुषामा विद्यालयको बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहागनरपालिका–२३ बेलापुरस्थित जनकपुरधामको श्रीराम स्कूलको बसले आज ठक्कर दिँदा एक भारतीय नागरिकको ज्यान गएको हो ।
रामपुरमा लोक भजन संरक्षण अभियान
बिहीबार, माघ २५, २०८०
भजन गाउँदा र सुन्दा हरेकलाई आनन्दित तुल्याउँछ । गाउँघरमा हुने विभिन्न धार्मिक कार्यमा लोक भजन गाउने र नाच्ने चलन परम्परादेखि नै चलिआएको संस्कृति हो । पछिल्लो समय नयाँपुस्ताले भजन गाउन नसिक्दा लोपोन्मुख अवस्थामा पुगेकामा जेष्ठ नागरिक चिन्तित बनेका छन् ।
बाँसबारी जग्गा प्रकरण : चौधरीसहित तीन रिहा
बुधबार, माघ २४, २०८०
बाँसबारी छाला जुत्ता कारखाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिडेटका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका छन् ।
प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाफ माग
बुधबार, माघ २४, २०८०
फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको बताए ।
बागलुङका आठ ठूला सडक स्तरोन्नति हुँदै
बुधबार, माघ २४, २०८०
यस वर्ष बागलुङमा आठ वटा ठूला सडक आयोजना स्तरोन्नति हुन थालेका छन् । संघीय सरकार अन्तर्गतका आयोजना सडक डिभिजन कार्यालय बागलुङमार्फत स्तरोन्नति हुन थालेका हुन् ।
वर पिपल र पानीका मुहान जोगाउन बाँस हटाउने अभियान
मंगलबार, माघ २३, २०८०
सार्वजनिक जग्गामा लगाइएका बाँसले पानीका मुहान सुक्ने र वर पिपलजस्ता रुखहरु मासिँदै जान थालेपछि यहाँ सार्वजनिक जग्गामा लगाएका बाँस हटाउन सूचना जारी गरेको छ ।
पुल बन्न थालेपछि विद्यार्थी र स्थानीय खुसी
मंगलबार, माघ २३, २०८०
दाङको बबई गाउँपालिका–२ ठूलाचौर गाउँका नागरिक वर्षाको समयमा ट्वाङखोलामा आउने भेलले सधैंँ पीडित हुन्थे । वर्षायाममा आवागमन ठप्प हुँदा गाउँमै बस्नुपथ्र्यो तर अब गाउँलेका दुःखका दिन जाने पक्का भएको छ । लुम्बिनी प्रदेश सरकारको ४६ लाख लागतमा उक्त खोलामा झोलुङ्गे पुल निर्माण हुन थालेपछि स्थानीय खुसी भएका छन् ।
दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो
सोमबार, माघ २२, २०८०
सरकारले दादुरा–रुबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा–रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको र दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको जानकारी दिए ।
प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या
आइतबार, माघ २१, २०८०
दाङमा एक प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाइ वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका हुन् ।
गण्डकीमा क्षेत्रफलसँगै सुन्तला उत्पादन बढ्यो
शनिबार, माघ २०, २०८०
गण्डकी प्रदेशका किसानले यस वर्ष ५४ हजार दुई सय २८ मेट्रिक टन सुन्तला फलाएका छन् । जुन गत वर्षको तुलनामा एक हजार आठ सय ९७ मेट्रिक टनले बढी हो ।


