Shittalpati
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल प्रतिनिधिसभा, कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि संशोधनकर्तासँग छलफल प्रारम्भ भएको छ । समितिको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयकलाई लोकतान्त्रिक बनाउन बृहत्तर छलफल आवश्यक रहेको बताए ।
पाँच विमानस्थलमा एक्स–रे मेसिन जडान गरिँदै
पाँच विमानस्थलमा एक्स–रे मेसिन जडान गरिँदै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका पाँचवटा आन्तरिक विमानस्थलमा झोला जाँच (ब्यागेज चेक) गर्ने एक्स–रे मेसिन जडान गर्ने भएको छ ।
औपचारिक शिक्षा नलिएका आमा स्तनपान गराउनेमा अगाडि
औपचारिक शिक्षा नलिएका आमा स्तनपान गराउनेमा अगाडि नेपालमा औपचारिक शिक्षा लिएका आमाको तुलनामा नलिएका आमाहरुले बढी पूर्ण स्तनपान गराउने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य विभागको पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले साक्षरभन्दा कम साक्षर आमाले आफ्ना बालबालिकालाई पूर्ण स्तनपान गराएको पाइएको जानकारी दिए ।
स्वास्थ्य बीमा गरेकाले उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने
स्वास्थ्य बीमा गरेकाले उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम (सहभुक्तानी) बीमित बिरामीलाई तिराउने भएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० ल्याएर स्वास्थ्य सेवा उपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्ने बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी...
‘कुनै पनि छानबिन निष्पक्ष हुनुपर्छ’
‘कुनै पनि छानबिन निष्पक्ष हुनुपर्छ’ कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचार सम्बन्धी छानबिन निष्पक्ष ढ·ले हुनुपर्ने बताएका छन् ।
मन्त्री ज्वालाको गाडीमा आगजनी, पाँच जना पक्राउ
मन्त्री ज्वालाको गाडीमा आगजनी, पाँच जना पक्राउ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ ।  आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
भारतीय सेनाबाट फर्केका छबबहादुरको आरन
भारतीय सेनाबाट फर्केका छबबहादुरको आरन भारतीय सेनाबाट फर्किएका छबबहादुर विश्वकर्माले आरन सञ्चालन गर्दै आएका छन् । सत्र वर्ष भारतीय सेनामा सेवा गरी स्वदेश फर्किएका स्याङ्जाको पुतलीबजार–१० राङखोला निवासी उनले आरनको कामलाई व्यावसायिक रुपमा अगाडि सञ्चालन गर्दै आएका छन् ।
प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी कटौतीमा
प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी कटौतीमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचनासहित सङ्गठन व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज भएको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा पद कटौती गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 
विपद् व्यवस्थापनका लागि एक लाख बढी स्वयंसेवक तयार
विपद् व्यवस्थापनका लागि एक लाख बढी स्वयंसेवक तयार सरकारले विपद् व्यवस्थापन पूर्वतयारी, खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि सङ्घ, प्रदेश र स्थानीयस्तरमा एक लाख चार सय ४६ स्वयंसेवक तयार गरेको जनाएको छ ।
आगोले जलेर शिशुको मृत्यु
आगोले जलेर शिशुको मृत्यु दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो । 
गुल्मीमा जनशक्ति नहुँदा आइसियु प्रयोगविहीन
गुल्मीमा जनशक्ति नहुँदा आइसियु प्रयोगविहीन जनशक्ति अभावले जिल्ला अस्पताल गुल्मीमा स्थापना गरिएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आईसीयू) अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै उपचारको व्यवस्था मिलाउन भेन्टिलेटरसहित पाँच शैयाको आईसीयू कक्ष स्थापना गरिएको थियो ।
जुवातास खेलिरहेका दशजना प्रहरी नियन्त्रणमा
जुवातास खेलिरहेका दशजना प्रहरी नियन्त्रणमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले राजधानीबाट १० जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१३ तहाचलस्थित काठमाडौँ महाराजगञ्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाइट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसमेत १० जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो ।
Weather Update