गण्डकीमा सुन्तला खेती विस्तार
शनिबार, मंसिर ९, २०८०

अलैँची बिक्रीबाट २४ करोड आम्दानी
शनिबार, मंसिर ९, २०८०
अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर रु २४ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको हो ।

भारतीय तरकारीले बजार पाएपछि नेपाली किसान मर्कामा
शनिबार, मंसिर ९, २०८०
भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा स्याङ्जाका कृषकले आफूहरु मर्कामा परेको गुनासो गरेका छन् । कठिन भौगोलिक अवस्थाका कारण यहाँका किसानकोे तरकारीको उत्पादन लागत बढी पर्न जान्छ ।

गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै
मंगलबार, मंसिर ५, २०८०
ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो । पछिल्ला वर्षमा भने कोदो खेती कम हुँदै गएको बताउँछिन्, पाल्पा रामपुर नगरपालिका–१ स्थित कुमैडाँडाकी ६५ वर्षीया शान्ति विश्वकर्मा ।

किसानलाई अलैँची भित्र्याउन चटारो
शनिबार, मंसिर २, २०८०
अहिले मध्यभागमा अलैँची थन्क्याउने मुख्य याम भएकाले किसानलाई चटारो छ । अलैँची संकलन ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पुर्याइदिने हुँदा किसानलाई अलि बढी चटारो लागेको पाथीभरा याङवरक गाउँपालिका–१ थेचम्बुका ज्ञानबहादुर गुरुङले बताए ।

पढाउन छाडेर कृषिकर्ममा हुमनाथ, वार्षिक १२ लाख आम्दानी
बिहीबार, कात्तिक १६, २०८०
स्याङ्जाको वालिङ नगरपालिका–५ पित्लेकका हुमनाथ लामिछानेले जिल्लामा सफल किसानको पहिचान बनाउ सफल भएका छन् । उनीद्वारा सञ्चालित पित्लेक कालिका कृषि फार्म पछिल्लो समय अध्ययन, अवलोकन र अनुसन्धानको उत्कृष्ट थलो बनेको छ ।

रामपुरका कृषकलाई अनुदानमा तरकारीका बेर्ना
मंगलबार, कात्तिक १४, २०८०
जिल्लाको रामपुरका कृषकलाई रामपुर नगर सरकारले अनुदानमा तरकारीका बेर्ना वितरण गरेको छ । नगर सरकारले यहाँका कृषकलाई ५० प्रतिशत अनुदानमा तरकारी तथा प्याजका बेर्ना दिएको हो ।

आलु निकाल्न रामपुरको शीत भण्डार खुला
आइतबार, कात्तिक १२, २०८०
रामपुर शीत भण्डार आगामी एक हप्ताका लागि खुला गरिएको छ । शीत भण्डारमा राखिएको आलु निकाल्नका लागि एक हप्ता शीत भण्डार खुल्ला गरिएको हो ।

सिँचाइ योजनाले फेरियो किसानको दैनिकी
बुधबार, असोज २४, २०८०
गुल्मी मालिका गाउँपालिकाका किसान यतिबेला खुसी छन् । उनीहरुको खुसीको कारण हो, दुई करोडभन्दा बढी लागतमा निर्माण भएको सिँचाइ योजना ।

बढ्यो कोदोको माग
शनिबार, असोज २०, २०८०
केही वर्ष पहिलेसम्म बागलुङका होटल तथा रेष्टुरेन्टमा कोदोका परिकार पाक्दैनथे । पछिल्लो समय यहाँका होटल तथा रेष्टुरेन्टमा कोदाको ढिँडो पाक्न थालेपछि कोदोको माग बढ्दै गएको छ ।

पाल्पामा असोजमै पाक्यो सुन्तला !
बिहीबार, असोज १८, २०८०
सामान्यतयाः मंसिर–पुस महिना सुन्तला पाक्ने सिजन हो तर पाल्पामा भने भदौको अन्त्यदेखि सुरु भई असोज महिनामै लटरम्म पाकेका छन् । यहाँको सुन्तला जात फलफूल विकास केन्द्र तानसेनको फर्ममा सुन्तला फलेको मात्रै छैन पाकेर पहेँलपुर भएका छन् ।

कालीगण्डकी गाउँ सरकारको अनुदानमा व्यावसायिक फूलखेती
बिहीबार, असोज १८, २०८०
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा व्यावसायिक सयपत्री फूलखेती गरिएको छ । गाउँपालिकाका विभिन्न वडाका समूह, सहकारी तथा व्यक्तिले ६० रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरेका हुन् ।

भिण्डीले बजार नपाएपछि किसान समस्यामा
बुधबार, असोज १७, २०८०
व्यावसायिक उत्पादन गरिएको भिण्डी (रामतोरियाँ) ले बजार नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । घरायसी प्रयोजनका लागि मात्रै भिण्डी लगाउँदै आएका किसानले यसपटक व्यावसायिक रूपमा खेती गरेका थिए ।