कृषि र पशुपालनको क्षेत्रमा काम गर्दै सहकारी
बुधबार, पुस ६, २०७९
रैथाने बाली लोप हुँदै
मंगलबार, पुस ५, २०७९
उन्नत तथा ‘हाइब्रिड’ जातको बीउको बढ्दो प्रयोगका कारण रैथाने बाली लोपहुँदै गएका छन् । थोरै जमिनमा धेरै उत्पादन लिन आधुनिक, उन्नत तथा ‘हाइब्रिड’ जातको बालीतर्फ किसान आकर्षित हुँदा रैथाने (स्थानीय) बाली लोप हुन थालेका हुन् ।
पाल्पामा धान उत्पादनमा वृद्धि
बुधबार, मंसिर २८, २०७९
पाल्पा जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष जिल्लामा ३२ हजार १९ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताए । जिल्लामा यस पटक आठ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको हो ।
जापान र फ्रान्स निर्यात गुल्मेली कफी, कफी खेतीमा किसानको आकर्षण
सोमबार, मंसिर २६, २०७९
गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफी खेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी संघमार्फत् निर्यात हुँदै आएको छ । संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ ।
तोरी खेतीमा किसानको आकर्षण बढेन
बिहीबार, मंसिर २२, २०७९
पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका–५ का पिताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गरेका छन् । ‘मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु’, उनले भने ‘तोरी खेती सजिलो भएपनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन’, पन्थीले भने ।
सिम्लेमा फल्यो पाँच करोडको सुन्तला
सोमबार, मंसिर १९, २०७९
जिल्लाको पाणिनि गाउँपालिका वडा नं १ सिम्लेमा मात्रै रु पाँच करोडको सुन्तला फलेको छ । सिम्लेमा मात्र ४९ घरका कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन् । उनीहरुले सबैले सुन्तला बेचेर कम्तीमा रु तीनदेखि २८ लाखसम्म आम्दानी गर्छन् ।
स्याङ्जामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित
शुक्रबार, मंसिर १६, २०७९
स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद...
फड्के कीराको समस्याले सधैं पिरोल्छ किसानलाई
मंगलबार, कात्तिक २२, २०७९
रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटको धान खेतमा यस पटक फड्के कीराले सखापै पार्ने गरी सतायो । वर्ष दिनभर परिवार पाल्न दुःखसँग खेती गरेका उनी खेतभरी झुलेका धानबालीमा यस पटक कीराको समस्याले चिन्तित छन् । ‘दुःख गरेर धान लगाइयो अब त भकारीमा स्याहार्ने बेला भयो भनेर उत्साहित भएको सखापै पार्ने गरी...
धानमा लागेन दाना, किसान चिन्तित
शुक्रबार, कात्तिक १८, २०७९
पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो । स्थानीय बजारका एग्रोभेट पसलबाट ‘युएस ३१२’ जातको हाइब्रिड धानको बीउ लगेर रोपेको स्थानीय कृषक टेकप्रसाद डुम्रेले बताए ।
बंगुरमा देखियो ‘अफ्रिकन स्वाइन फिवर’
बुधबार, कात्तिक १६, २०७९
स्याङ्जाको पुतलीबजारमा बंगुरमा ‘अफ्रिकन स्वाईन फिवर’ देखापरेको छ । बंगुरमा ज्वरो आउने, खाना नखाने, कान, मुख तथा घाँटीमा विभिन्न खालका दाग खटिरा देखिएपछि ल्याबपरीक्षण गर्दा ‘अफ्रिकन स्वाईन फिवर’ भएको पुष्टि भएको भेटेरिनरी तथा पशु विज्ञकेन्द्र स्याङ्जाका प्राविधिक प्रमुख गोपाल गिरीले जानकारी दिए ।
तराईबाट आएर पहाडमा खेती
आइतबार, कात्तिक १३, २०७९
पछिल्लो समय पहाडबाट बसाइँसराइ गरेर तराई झर्नेको संख्या निरन्तर बढिरहेको छ । खासगरी श्रीमानले विदेशमा कमाउने र विस्तारै परिवार विलासी जीवन बिताउनका लागि तराई झर्ने क्रमले ग्रामीण भेग सुनसान बन्दै गइरहेका छन् । तीव्र गतिमा भइरहेको बसाइँसराइले गर्दा ग्रामीण भेगका खेतबारी बाँझो जमिनका रूपमा परिणत हुँदै गएका छन् ।
रामपुरको शीतभण्डार पुनःमर्मत गरी सञ्चालनको तयारी
शुक्रबार, भदौ २४, २०७९
ग्रामीण भेगमा ठूलो क्षमताको शीतभण्डार बनेपछि व्यावसायिक उत्पादनमा कृषक उत्साहित बने । सदरमुकामदेखि टाढा रहेको रामपुर नगरपालिकामा तीन सय मेटिूक टन क्षमताको शीतभण्डार निर्माणले कृषकमा औधी खुसी छायो । परीक्षणका लागि गत वर्ष करिब दुई हजार नौ सय बोरा आलु भण्डारण गरियो । भण्डारण गृहमा राखिएको आलु कुहिने र उम्रने...
घर फर्किएर, ‘बाख्रापालन’
आइतबार, भदौ १९, २०७९
तानसेन नगरपालिका–१२ बौघापोखराथोकका ३८ वर्षीय मुरारी पौडेलको खोरमा २० वटा बाख्रा छन् । लामो समय विदेश बसेर फर्किएका उनले रु १५ लाखको लगानीमा बाख्राका लागि आधुनिक खोर निर्माण गरेका छन् । तीन वर्ष मलेसिया र आठ वर्ष दुबई बसेर फर्किएका पौडेल अब विदेश नजाने सोंचमा छन् ।