Shittalpati
बुटवल–नारायणगढ सडक कात्तिक १५ पछि सुरु हुने
बुटवल–नारायणगढ सडक कात्तिक १५ पछि सुरु हुने नारायणगढ–बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम सुरु गर्नेगरी कार्यतालिका सरकारी पक्षलाई उपलब्ध गराएको हो ।
ताप्लेजुङको आँखोप केन्द्रविन्दू भएर भूकम्प
ताप्लेजुङको आँखोप केन्द्रविन्दू भएर भूकम्प ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
टिपरको ठक्करबाट मृत्यु :  आफन्तद्वारा घोराही–तुलसीपुर सडक अवरुद्ध
टिपरको ठक्करबाट मृत्यु : आफन्तद्वारा घोराही–तुलसीपुर सडक अवरुद्ध टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्युु भएको छ ।
वालिङमा बसाइँसरी आउनेको तुलनामा जाने तेब्बर
वालिङमा बसाइँसरी आउनेको तुलनामा जाने तेब्बर पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्क अनुसार यहाँको वालिङमा बसाइँ सरी आउनेको तुलनामा जाने तेब्बर देखिएका छन् । व्यक्तिगत घटना दर्ता प्रतिवदेनअनुसार वालिङमा पछिल्ला दुई आवमा एकहजार चार सय १७ जना बसाइँ सरेर गएका छन् भने चार सय ८१ जना बसाइँ सरी आएका छन् ।
गुल्मीमा गँड्यौली मलको व्यावसायिक उत्पादन सुरु
गुल्मीमा गँड्यौली मलको व्यावसायिक उत्पादन सुरु जिल्लामा व्यावसायिक रुपमा गँड्यौली मलको उत्पादन सुरु गरिएको छ । कृषि ज्ञान केन्द्रको सहयोगमा जिल्लाको इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकामा प्राङ्गारिक खेतीका लागि उक्त मलको उत्पादन सुरु गरिएको हो ।
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध जिल्लाको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ । वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिए ।
डा. मुकुल ढकालद्वारा निर्वाचन आयोगमा निवेदन
डा. मुकुल ढकालद्वारा निर्वाचन आयोगमा निवेदन डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०को महामन्त्री एवं प्रवक्ता र केन्द्रीय सदस्यबाट आफुलाई पदमुक्त गरिनु अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।       
पहिराले नहर पुरिँदा पाँच सय हेक्टर जमिन बाँझो
पहिराले नहर पुरिँदा पाँच सय हेक्टर जमिन बाँझो पहिराले नहर पुरिँदा स्याङ्जाको चापाकोटमा झण्डै पाँच सय हेक्टर जमिन बाँझो भएको छ । चापाकोट नगरपालिका–४ दार्सिङस्थित ज्याग्दीखोलामा बाँध बाँधेर २७ किलोमिटर टाढाबाट सिँचाइका लागि पानी ल्याइएको नहर पहिराले पुरिँदा खेतीयोग्य जमिन बाँझो रहेको हो ।
किनासको गुनासो : बाढीले धानवाली बगायो, दूध बिक्री भएन
किनासको गुनासो : बाढीले धानवाली बगायो, दूध बिक्री भएन दाङ राप्ती गाउँपालिका–६ पत्थरगढवास्थित मनिराम चौधरीले वर्षातले धानबाली बगाएकामा चिन्ता व्यक्त गरे । स्थानीय खोलामा तटबन्ध नहुँदा यसरी बर्सेनि किसानले लगाएको धान बगाउने गरेको उनले गुनासो गरे ।
प्रचारप्रसारको अभावमा सुन्दरादेवी मन्दिर ओझेलमा
प्रचारप्रसारको अभावमा सुन्दरादेवी मन्दिर ओझेलमा यहाँको ऐतिहासिक तथा पर्यटकीय धार्मिकस्थल सुन्दरादेवी मन्दिर ओझेलमा परेको छ । मन्दिर पुग्ने सडक प्रभावकारी नहुनु र प्रचारप्रसार पनि न्यून हुँदा उक्त मन्दिर ओझेलमा परेको हो । 
चार दिनदेखि कालीगण्डकी करिडोर बन्द    
चार दिनदेखि कालीगण्डकी करिडोर बन्द     राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्रयाक नै बगाउँदा चार दिनदेखि करिडोर ठप्प रहेको छ ।
मौद्रिक नीति : वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने
मौद्रिक नीति : वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था ल्याएको छ ।
Weather Update