Shittalpati
ऊनबाट आम्दानी खोजिरहेका आमा
ऊनबाट आम्दानी खोजिरहेका आमा  बागलुङको निसी, भुजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि भेडापालनमा सक्रिय छन् । पहाडी भेग भएकाले पशुपालनमा रमाइरहेका यहाँका स्थानीय किसान पछिल्लो समय भेडाको मासुसँगै ऊनको समेत उपयोगमा लाग्न थालेका हुन् ।
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला रु पाँच सय र चाँदी प्रतितोला रु १५ ले घटेको हो ।
महिलालाई रोजगारी दिँदै भूमिकास्थान
महिलालाई रोजगारी दिँदै भूमिकास्थान अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको कर्मशिल जनशक्ति परिचालन कार्यक्रमबाट महिला रोजगारीमा जोडिन थालेका छन् । गत आर्थिक वर्षमा एक सयभन्दा बढी महिला उद्यमी तयार गरी मकैको पोस्कर र थाकलबाट टोपी तथा झोला निर्माण गरेको पालिकाले यस वर्ष उक्त परिमाणमा रोजगारी दिने लक्ष्य लिएको छ । 
घुम्ती सेवाबाट आठ सयजना लाभान्वित
घुम्ती सेवाबाट आठ सयजना लाभान्वित गुल्मीको धुर्कोट गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती सेवाबाट आठ सय ७६ जना लाभान्वित भएका छन् । धुर्कोट–३ हाडहाडेमा सञ्चालन गरिएको उक्त सेवाअन्तर्गत चार सय गाईभैँसी र एक हजार तीन सय ५० बाख्राका लागि औँषधि समेत वितरण गरिएको छ । 
पाल्पाका किसान आलु थन्क्याउन व्यस्त
पाल्पाका किसान आलु थन्क्याउन व्यस्त खेतबारीमा किसानहरु आलु खन्ने काममा व्यस्त छन् । आलु खन्ने र उत्पादित आलु घरघरमा थन्क्याउने कार्य भइरहेका छन् । व्यावसायिक उत्पादनका लागि आलु लगाएका किसानले खेताला लगाएर आलु खन्ने काम गरिरहेका छन् ।
विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन
विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ ।  चौथौ त्रिपिटक पाठ समारोहको समापनलगत्तै शनिबार साँझ केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा सात हजार दीप प्रज्ज्वलन गरिएको हो ।
जसलाई महिला दिवसले छोएन...
जसलाई महिला दिवसले छोएन... बगनासकाली गाउँपालिका–२ घोरबन्दकी सुन्तली कुमालको दिन ज्याला मजदुरीमै बित्ने गर्छ । अकाशिएको महँगीसँगै छोराछोरीको पढाइ खर्च र बिहानबेलुकाको हातमुख जोड्ने जोहो गर्न दैनिक रूपमा काममा निस्कनु उनको बाध्यता हो ।
बस्ती संरक्षणका लागि तटबन्धन
बस्ती संरक्षणका लागि तटबन्धन बागलुङको गलकोटमा बस्ती संरक्षणका लागि दरमखोला र गौदीखोलामा तटबन्धन गर्न थालिएको छ । बर्खाको समयमा खोला उर्लिएर आउँदा गलकोट नगरपालिकाको हटिया बजार, दुधिलाभाटी, आँगाखेतलगायतका बस्ती जोखिममा पर्ने हुँदा तटबन्धन गर्न थालिएको हो । 
हाल मौसम अवस्था : यी चार प्रदेशमा छिटफुटदेखि हल्का वर्षा
हाल मौसम अवस्था : यी चार प्रदेशमा छिटफुटदेखि हल्का वर्षा हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
पाल्पामा वडा कार्यालयमा मौरीपालन व्यवसायको नयाँ अभ्यास
पाल्पामा वडा कार्यालयमा मौरीपालन व्यवसायको नयाँ अभ्यास घरका भित्ता, बार्दली, आँगनका डिल वा बारीका छेउछाउ, बगैँचा वरपर मौरीका घार राखिएका हुन्छन् । यसरी नै गाउँघरमा मौरीपालन गरिन्छ । घरका आँगन वरपर, बार्दली, पिँढी तथा भित्तामा पनि मौरीपालन गरेर किसानले राम्रै लाभ लिएका छन् । यी त आमनागरिकलाई देखेका, भोगेका र जानेका कुरा हुन् । 
सभाहल निर्माण गरिँदै
सभाहल निर्माण गरिँदै २३ फागुन स् सहिद बहुमुखी क्याम्पस रामपुरमा शैक्षिक सभाहल निर्माण कार्य भइरहेको छ । रामपुर नगरपालिकाले बजेट विनियोजन गरेपछि क्याम्पस प्रशासनले शैक्षिक गतिविधि सञ्चालन गर्न सभाहल निर्माण थालनी गरेको हो । 
भेप तस्करी गर्नेविरूद्ध मुद्दा दायर
भेप तस्करी गर्नेविरूद्ध मुद्दा दायर राजस्व अनुसन्धान विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय, बुटवलले इलेक्ट्रिक सिगरेट (भेप) को अवैध कारोबार गरी राजस्व चुहावट गरेको कसुरमा चार जनाविरूद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर भएको छ ।
Weather Update