रुखले किचेर सात जनाको मत्यु
आइतबार, साउन १४, २०८०
बारुद गोदाममा विस्फोट हुँदा दशको मृत्यु
आइतबार, साउन १४, २०८०
दक्षिणी थाइल्याण्डमा अनुमति नलिइ सञ्चालन गरिएको बारुद गोदाममा शनिबार अपराह्न भएको शक्तिशाली विस्फोटमा ज्यान गुमानेको संख्या १० पुगेको स्थानीय गभर्नरले बताएका छन् ।
कोरियन भाषा परीक्षाका लागि आवेदन माग
आइतबार, साउन १४, २०८०
वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन लागिएको इपिएस कोरिया शाखाका प्रमुख तथा निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए ।
तीन सय २२ उद्योग दर्ता
शनिबार, साउन १३, २०८०
गत आर्थिक वर्ष २०७९/८० मा उद्योग विभागमा तीन सय २२ उद्योग दर्ता भएका छन् । विभागले सार्वजनिक गरेको गत आवको प्रगति विवरणअनुसार स्वदेशी र विदेशीसमेत गरी तीन सय २२ उद्योग दर्ता भएका हुन् ।
मासिँदै प्राचीन पोखरी
शनिबार, साउन १३, २०८०
मर्चवारी गाउँपालिका–२ अमवास्थित प्राचीन पोखरी लोप हुने अवस्थामा छ । लुम्बिनी प्रदेश सरकारको ३६ लाख अनुदान रकमबाट गाउँपालिकाले सो पोखरी (सगरा) पुरेर खेलमैदान निर्माणको क्रममा छ । तिलोत्तमा नगरपालिकाले मदरहनी गाउँको मध्यभागमा रहेको धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वको पानी पोखरीमा ११ नं वडा कार्यालयको भवन निर्माण गरी कार्यसञ्चालन भइरहेको अवस्था...
राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण
शुक्रबार, साउन १२, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ प्रमाणीकरण गरेका छन् ।
२५ लाख बढीको कर्जामा प्यान अनिवार्य
शुक्रबार, साउन १२, २०८०
बैंक तथा वित्तीय संस्थाले एकमुष्ट वा छुट्टा छुट्टै रुपमा २५ लाख वा सोभन्दा बढी कर्जा प्रवाह गर्नुपरेमा अनिवार्यरुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
गत आवमा रु १६ अर्बभन्दा बढीको फलफूल आयात
बिहीबार, साउन ११, २०८०
गत आर्थिक वर्ष २०७९/८० मा रु १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्काअनुसार गत आवमा रु १६ अर्ब आठ करोडभन्दा बढी रकम फलफूल आयातका लागि...
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बिहीबार, साउन ११, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१४ घर भई हाल काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने ६३ वर्षीय गमबहादुर पौडेल रहेका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग
बिहीबार, साउन ११, २०८०
राष्ट्रिय किसान सञ्जालले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ । साथै रोगको शीघ्र नियन्त्रण, पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बीमाको भुक्तानी दिन पनि सञ्जालले माग गरेको छ ।
विदेशबाट फर्केर आफ्नै व्यवसाय
बिहीबार, साउन ११, २०८०
बुवाबाट मादल बनाउने सीप सिकेका कमल गन्धर्वले अन्ततः यसैलाई आम्दानीको मुख्य स्रोत बनाए । पाल्पाको रामपुरका गन्धर्वले स्याङ्जाको पुतलीबजार–१० राङखोलामा ‘प्रेम मादल उद्योग’ मार्फत मादल उत्पादन गरी बिक्री गर्दै आएका छन् ।


