गुल्मीमा हावाहुरीले गोलभेँडा खेतीमा क्षति
सोमबार, असोज २६, २०८३
हराउँदै स्थानीय बाली
आइतबार, असोज २५, २०८३
बाँकेका किसान छिटो र बढी उत्पादनको खोजीमा भौतारिँदा स्थानीय बालीका धेरै जात हराउन थालेका छन् । कोहलपुर नगरपालिकाको मैटहवामा भइरहेको दुई दिने १६ औँ राष्ट्रिय जिन बैंक स्थापना दिवसमा किसानसँग रैथाने तथा स्थानीय बालीका बीउ, तिनका विशेष गुण, संरक्षण र उपयोगिताबारे छलफल गरिएको हो ।
वर्षा रोकियो, डर रोकिएन्
शुक्रबार, असोज २३, २०८३
असोज ९ गते रातको करिब १ः०० बजेको थियो । एक्कासी घर तलबाट ठूलो बेगले ड्याङ्डुङ आवाज आयो । निद्रामा रहेका रिब्दीकोट गाउँपालिका सिरुखर्कका मीनबहादुर थापा ड्याङडुङको आवाज सुनेपछि निद्राबाट ब्युझिँए ।
बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
बिहीबार, असोज २२, २०८३
दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो नहुँदै बारीमा पुग्ने, दिनभरि मकैका बोट नियाल्ने र बाँदरको बथान देखिनेबित्तिकै गुलेली र नक्कली बन्दुक लिएर धपाउने गर्थे । साँझ परेपछि पनि उनीहरू घर फर्किन पाउँदैनथे ।
गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु
बुधबार, असोज २१, २०८३
स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय सिमलचौरस्थित आफ्नै खेत नजिकै लत्रिएको बिजुलीको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भारतबाट दसैँ मनाउन ५० हजारभन्दा बढी नेपाली फर्किए
बुधबार, असोज २१, २०८३
भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह नाका हुँदै स्वदेश फर्किनेको भीड लागेको छ । दसैँ पर्व नजिकिँदै गर्दा घर फर्किने नेपालीको संख्या दैनिक बढ्दो क्रममा रहेको इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले जानकारी दिए ।
धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित
मंगलबार, असोज २०, २०८३
बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित भएका छन् । अचानक धानखेतीमा धानको बोट सुक्ने समस्या देखिएको डुडुवा गाउँपालिका–५ का किसान अम्मर बुढाथोकीले बताए ।
खसीबोका पालनमा गुल्मीका किसानको आकर्षण
आइतबार, असोज १८, २०८३
खसीबोका पालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले आफ्नो जीविकोपार्जनको मुख्य आधारका रूपमा अघि बढाएको पाइएको छ । कृषि कर्मका अन्य विधाको तुलनामा खसीबोकाबाट छोटो समयमै राम्रो आम्दानी लिन सकिने भएपछि यसतर्फ किसानको आकर्षण बढेको हो ।
आधुनिकताले लोप हुँदै कुचबधियाको परम्परागत पेसा
शुक्रबार, असोज १६, २०८३
आधुनिक प्रविधिको विकाससँगै लोपोन्मुख कुचबधिया समुदायको परम्परागत पेसा सड्ढटमा पर्दै गएको छ । बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुर निवासी अर्जुन कुचबधियाले सहर बजारदेखि गाउँघरसम्म मिक्सर मेसिन प्रयोग हुन थालेपछि जाँतो र सिलौटो बनाएर बिक्री गर्ने आफ्नो पुख्र्यौली पेसा सड्ढटमा पर्दै गएको बताए ।
सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध
बुधबार, असोज १४, २०८३
गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक भासिँदा रेसुङ्गा विमानस्थलसँगै तम्घास–सिमीचौर–राङबास–खज्र्याङ हुँदै रिडी जाने सडकसमेत प्रभावित भएको छ ।
गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर
बुधबार, असोज १४, २०८३
मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै लगानीमा निर्माण गरेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित अन्तरराष्ट्रिय उडानका पर्खाइमा रहेको छ ।
जागिरसँगै कृषि कर्म
मंगलबार, असोज १३, २०८३
गुल्मीको सत्यवती गाउँपालिका–४ एक्सिड्ढा कृषक फत्तमान थापाले सरकारी सेवासँगै आफ्नै पाखोबारीमा फलफूलखेती गरेर हराभरा बनाएका छन् । सरकारी सेवामा सत्यवती गाउँपालिकामा सब–इन्जिनियरमा कार्यरत थापाले जागिरसँगै कृषिलाई सँगसँगै अघि बढाए ।
बाढी पहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध
मंगलबार, असोज १३, २०८३
एक सातादेखिको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण गुल्मीका मुख्य तथा ग्रामीण सडक अवरुद्ध भएका छन् । जिल्लाको तेस्रो मुख्य सडकको रुपमा रहेको कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा ठूलो पहिरो खसेपछि पाँच दिनदेखि यातायात सञ्चालन हुन सकेको छैन ।


