प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे
सोमबार, कात्तिक २४, २०८२
रुपन्देहीमा मतदाता नामावली दर्ता जारी
आइतबार, कात्तिक २३, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लागेको छ । नाम दर्ता गराउनेमा अधिकांश युवापुस्ता छन् ।
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु
शनिबार, कात्तिक २२, २०८२
लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति मस्र्याङ्दी गाउँपालिका ३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
सडक मापदण्डभित्रका घरटहरा हटाउन आग्रह
शुक्रबार, कात्तिक २१, २०८२
यहाँ स्थित रुरुक्षेत्र गाउँपालिकाले सडक स्तरोन्नति सहज र प्रभावकारी बनाउन सडक मापदण्डभित्र पर्ने घरटहरा तथा संरचना हटाउन सम्बन्धित बासिन्दालाई अनुरोध गरेको छ ।
आलेखः फूलखेतीमै रमाएका कृषकहरु
बुधबार, कात्तिक १९, २०८२
केही वर्ष अघिसम्म विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री फूल तथा माला अन्यत्रबाट आउने गथ्र्यो । फूल तथा माला खरिद गर्दा हुने आर्थिक पलायन पछिल्ला वर्षहरुमा जिल्लाभित्रै रहने गरेको छ । ठूला–ठूला सभासमारोह, धार्मिक कार्यहरु, विवाहलगायतमा प्रयोग गर्नका लागि जिल्ला बाहिरबाट फूल तथा माला ल्याउनुपर्ने बाध्यता पछिल्ला वर्षहरुमा न्यूनीकरण हुँदै गइरहेको...
भेडापालनमा भविष्य खोज्दै आस्मन
मंगलबार, कात्तिक १८, २०८२
यहाँको धवलागिरि गाउँपालिका–४, मुदी सिङकोसका २५ वर्षीय युवा आस्मन पुर्जा मगर प्रायः भेडीगोठमै भेटिन्छन् । हिउँदमा बेँसी र बर्खायाममा बुकीका खर्कमा घुम्ती गोठमा भेडाबाख्रा गोठालो गर्नु उनको दैनिकी हो । केही वर्षअघिसम्म रोजगारीको खोजीमा शहरमा भौतारिएका पुर्जा अहिले भेडापालनमै भविष्य खोजिरहेका छन्।
मूल्य खस्किएपछि अदुवा किसान मारमा
मंगलबार, कात्तिक १८, २०८२
यहाँको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान विकास खड्काको बारीमा अनुमानित ५० क्विन्टल अदुवा छ । यतिबेला बारीको अदुवा खनेर बजार पठाइसक्नु पर्ने हो । तर बजार भाउ नभएका कारण खड्काले अदुवा अझै खनेका छैनन् ।
सहकारीद्वारा मकैको पीठो बजारीकरण
मंगलबार, कात्तिक १८, २०८२
यहाँको मुसिकोट नगरपालिकामा सहकारीमार्फत मकैको पीठो ब्रान्डिङ गरेर बजारीकरण गरिएको छ । मुसिकोट नगरपालिका–३ स्थित साना किसान कृषि सहकारी संस्थाले बडागाउँ फेदीमा स्थापना गरेको खाद्य प्रशोधन उद्योगबाट मकैको पीठो उत्पादन गरिएको हो ।
धर्मशालाबाट आन्तरिक राजस्व कार्यालयको सेवा पुनः थालनी
मंगलबार, कात्तिक १८, २०८२
आन्तरिक राजस्व कार्यालय तुलसीपुरले त्रिसिद्धेश्वरी मन्दिर तुलसीपुरको धर्मशालाबाट आफ्नो सेवा पुनः सुरुआत गरेको छ ।
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
सोमबार, कात्तिक १७, २०८२
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ८९ को विन्दुमा कायम भएको हो ।
बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट
सोमबार, कात्तिक १७, २०८२
यही कात्तिक १०, ११ र १२ गते परेको बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट भएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार हाल जिल्लामा उत्पादन हुनेमध्ये ११ प्रतिशत काटिसकेको धान पानीमा भिजेको छ ।
आम्दा अस्पताल : दश वर्षमा करिब नौ लाख बढीलाई स्वास्थ्य सेवा
सोमबार, कात्तिक १७, २०८२
बुटवलमा सञ्चालित सिद्धार्थ बाल तथा महिला ९आम्दा० अस्पतालले एक दशकमा झण्डै नौ लाख बढीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले १० वर्षको अवधिमा बहिरङ्ग सेवा ९ओपिडी०, आकस्मिक सेवा तर्फ, अस्पतालमा भर्ना९इन्डोर० तर्फ र प्रसूति सेवा लिने गरी नौ लाख २६ हजार ४६२ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।


