Shittalpati
जेनजी प्रदर्शनका क्रममा आगजनी गर्नेलाई मुद्दा दर्ता
जेनजी प्रदर्शनका क्रममा आगजनी गर्नेलाई मुद्दा दर्ता जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट फरार कैदीहरु रुपन्देहीमा पक्राउ परेका छन् । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा कारागार कार्यालयमा भएको तोडफोड, आगजनीपश्चात् फरार कैदीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देही र कार्यालय मातहतसमेतबाट फरार कैदीलाई नियन्त्रणमा लिई जिल्ला कारागार कार्यालय रुपन्देहीमा बुझाइएको छ ।
चोयाबाट बनेका हस्तकलाका सामग्रीमा आकर्षण घट्यो
चोयाबाट बनेका हस्तकलाका सामग्रीमा आकर्षण घट्यो स्थानीय स्रोत र रैथाने सीपमा आधारित हस्तकलाका सामग्रीमा आकर्षण घट्दै गएको छ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा आयोजित बालाचतुर्दशी मेलामा विगतमा चोयाबाट निर्मित यस्ता सामग्रीको माग उच्च हुने गरे पनि यसपटक त्यस्तो नपाइएको व्यवसायीले गुनासो गरेका छन् ।
आज विश्व बाल दिवस मनाइँदै
आज विश्व बाल दिवस मनाइँदै नेपालसहित विश्वभर विविध कार्यक्रम गरी आज विश्व बाल दिवस मनाईँदैछ । संयुक्त राष्ट्रसंघको आÞवानमा सन् १९५४ देखि हरेक वर्ष नोभेम्बर २० का दिन बालबालिकाको पक्षमा अन्तर्राष्ट्रिय एकता, सचेतना तथा हितको पक्षमा वकालत गर्दै यो दिवस मनाउने गरिएको हो ।
विश्व दर्शनशास्त्र दिवस मनाइँदै
विश्व दर्शनशास्त्र दिवस मनाइँदै आज विश्व दर्शनशास्त्र दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।  दर्शनशास्त्रको राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय स्तरमा रहेको प्रतिबद्धता नवीकरण गर्न, हरेक वर्ष नोभेम्बर महिनाको तेश्रो बिहिवार यो दिवस मनाइन्छ ।
पाल्पाको छहरामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु 
पाल्पाको छहरामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु  जिल्लाको  रैनादेवी छहरा  गाउँपालिका –३ भुवनपोखरीमा ट्याक्टर  दुर्घटना भएको छ । आज साझाँ भुवनपोखरीको दमारखोलाबाट  धान लोड गरेर गाउँतर्फ जाने क्रममा रोकी राखेको लु ३ त ३३२ नम्वरको ट्याक्टर गुड्न गई दुर्घटना भएको हो ।
सिमरामा जेन–जी युवा र एमाले समर्थकबीच झडप हुँदा कफ्र्यु
सिमरामा जेन–जी युवा र एमाले समर्थकबीच झडप हुँदा कफ्र्यु सिमरा विमानस्थल आसपास क्षेत्रमा जेन–जी युवाहरू र एमाले समर्थक युवाहरूबीच झडप भएपछि कफ्र्यु  लगाइएको छ । बुधबार दिउँसो बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कफ्र्यु आदेश जारी गरेका हुन् ।
दुर्गा प्रसाईं पक्राउ, अदालतले दियो ४ दिन हिरासतमा राख्न अनुमति
दुर्गा प्रसाईं पक्राउ, अदालतले दियो ४ दिन हिरासतमा राख्न अनुमति सोमबार राति मेडिकल व्यवसायी दुर्गा प्रसाईंं प्रकाउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रूपमा चिनाउने प्रसाईंले ७ मंसिरदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गरेका थिए ।
पाल्पामा कोदो खेती हराउँदै
पाल्पामा कोदो खेती हराउँदै परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा घुसुवा बालीका रूपमा लगाइने कोदो प्रायःजसो जिल्लाका सबै गाउँबस्तीमा हुन्थ्यो तर, आजभोलि सबै हराउँदै गएको छ । काम गर्ने जनशक्ति नहुनु, खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको हो ।
पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय बङ्गलादेशको एक विशेष अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ । ‘मानवता विरुद्धका अपराध’ गरेको ठहर गर्दै अदालते उनलाई मृत्यु दण्डको सजाय सुनाएको हो ।
लुम्बिनीमा सभामुख घर्तीले हटाए सचिवालय
लुम्बिनीमा सभामुख घर्तीले हटाए सचिवालय लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले आफ्नो ५ सदस्यीय स्वकीय सचिवालय हटाएका छन् । उनले सचिवालयमा  रहेका उपसचिव स्तरको स्वकीय सचिव, अधिकृत स्तरको सहायक स्वकीय सचिव, प्रेस संयोजक, कार्यालय सहयोगी र चालक गरी ५ जनालाई मंसिर १ गतेदेखि लागु हुने गरी हटाएका हुन् ।
‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए : बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी
‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए : बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी म्याग्दीमा उत्पादन हुने कोदोको परिकारको विविधिकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ । कोदोको परिकार ढिडो, रोटी र खोलेमा मात्र सीमित नभएर अब बिस्कुट पनि बन्न थालेको छ । माग, उपभोग र खपत बढ्न थालेपछि कोदोखेती गर्ने किसान उत्साहित भएका...
दाङमा व्यावसायिक मौरीपालन किसानको सङ्ख्या पाँच सय बढी
दाङमा व्यावसायिक मौरीपालन किसानको सङ्ख्या पाँच सय बढी जिल्लामा व्यावसायिक रूपमा मौरीपालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । दाङको हावापानी राम्रो भएकाले यसमा आबद्ध हुने किसानको सङ्ख्या बढ्दै गएको हो ।
Weather Update