आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउँछौं : महामन्त्री घिमिरे
बिहीबार, जेठ २१, २०८३
‘विद्यालयमा संसद अभ्यास’
बिहीबार, जेठ २१, २०८३
एउटा ठूलो हल (संसद) छ । त्यही हलमा सभामुख र उपसभामुखको प्रवेश हुन्छ । सांसदहरु आ–आफ्नो ठाउँबाट उठ्छन् ।
भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै
बिहीबार, जेठ २१, २०८३
आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइदैं छ । देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो ।
दलित पत्रकार संघको केन्द्रीय उपाध्यक्षमा मिलन
बिहीबार, जेठ २१, २०८३
,पाल्पाका क्रियाशिल पत्रकार मिलन (नरभूपाल) विश्वकर्मा राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रीय उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । संघको काठमाडौंमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनबाट विक संघको केन्द्रीय उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
बुधबार, जेठ २०, २०८३
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का मन्त्रीले राजीनामा दिएका छन् । आफूहरुले आज मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रुपमा राजिनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताए ।
प्रधानमन्त्री बालेनकोे बचाउ गर्दै सरकार
बुधबार, जेठ २०, २०८३
सरकारले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको हालैको अभिव्यक्तिलाई लिएर उठेका विभिन्न टिप्पणी र आलोचनाप्रति प्रतिक्रिया दिँदै उनको बचाउ गरेको छ । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिएको भन्दै उनको बचाउ गरेका हुन् ।
वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै
मंगलबार, जेठ १९, २०८३
विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीबाट माथि नचढेकामा अब फेरि तापक्रम विस्तारै उकालो लाग्ने भएको छ । आजबाटै वर्षा कम भएकाले...
‘प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत छ, जनतासँग माफी माग्नुपर्छ’
मंगलबार, जेठ १९, २०८३
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो अभिव्यक्तिबारे नेपाली जनतासँग माफि माग्नुपर्ने बताएका छन् । सोमबारदेखि बुटवलमा सुरु भएको नेपाली कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय ‘जरा अभियान’लाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको प्रमाणविपरीत अभिव्यक्ति अत्यन्त खेदजनक, गैरजिम्मेवार र राष्ट्रहितविपरीत भएकाले जनतासँग माफी माग्नुपर्ने बताएका हुन् ।
सडकमै खाए, सडकमै रमाए
मंगलबार, जेठ १९, २०८३
तानसेनबासीले सडक महोत्सवको अवसरमा सडकमै खाने, सडकमै गाउने र नाच्ने गरेर रमाएका छन् । तानसेनको भीमसेनटोलमा आयोजना गरिएको सडक खाना महोत्सवमा जिल्ला भित्र तथा बाहिरका पर्यटकहरुले सडकमै नाचगान सहित खाजाका परिकार खाएर सडक महोत्सव मनाए ।
‘समुदायस्तरको स्वास्थ्य सेवाको मेरुदण्ड स्वास्थ्य स्वयंसेविका हुन्’
सोमबार, जेठ १८, २०८३
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाले जनस्वास्थ्य प्रवर्द्धनमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनिहरूको हकहित, सेवासुविधा र मनोबल अभिवृद्धिका लागि प्रदेश सरकार सकारात्मक रहेको बताएका छन् ।
टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु
सोमबार, जेठ १८, २०८३
यहाँको तुलसीपुरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएकबे छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका पाँच वर्षीय छोरा मीनराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुलीले जानकारी दिए ।
आज विश्व बुवाआमा दिवस मनाइँदै
सोमबार, जेठ १८, २०८३
आज विश्वभर विभिन्न कार्यक्रमका साथ विश्व बुवाआमा दिवस मनाइँदै छ । परिवार र समाजमा बुवा–आमाले पु¥याएको योगदानको सम्मान गर्दै यो दिवस मनाउने गरिन्छ । सन् २०१२ को संयुक्त राष्ट्र संघको महासभाले विश्वभरिका आमाबुवालाई केन्द्रित गर्दै हरेक वर्ष जुन १ लाई आमाबुवा दिवसका रूपमा मनाउने घोषणा गरे अनुरुप दिवस मनाउने गरिएको...
संसद्मा बोल्दा विवादमा तानिए प्रधानमन्त्री
सोमबार, जेठ १८, २०८३
गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनपछि प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी बालेन शाहको अभिव्यक्ति विवादमा तानिएको छ ।


